Updates (3)
Published Date: Nov 09, 2022
Expiry Date: Nov 12, 2022
आम्दा नेपाल
आम्दा अस्पताल, दमक
आम्दा अस्पताल, दमक
साप्ताहिक समाचार
हप्ताः ४४, वर्षः २०२२
प्रकाशन मितिः २०७९ कार्तिक २३ गते
- दमक नगरपालिकाको अनुरोधमा मिति २०७९/०६/२३ बाट सडक दुर्घटनामा परि घाईते भएका अन्दाजी वर्ष ६१-६३ का दमक – ९ निवासी बेवारिसे अवस्थामा रहेका श्री हंस राईको आम्दा अस्पतालमा उपचारको क्रममा मिति २०७९/०७/०८ गते निधन भैई दमक नगरपालिका लाई लास हस्तान्तरण गरियो |
- पूर्व पप्रधानमन्त्री तथा ने क पा एमालेका अध्यक्ष श्री खड्ग प्रसाद ओली मिति २०७९/०७/१३ गते आम्दा अस्पतालको निरीक्षण भ्रमण गर्नु भयो, यस क्रममा नेपाल सरकारबाट ३ करोड अनुदान प्राप्त निर्माणाधीन भवनको निरीक्षण गर्नु भयो, उक्त अवसर आम्दा अस्पतालको तर्फबाट निर्माणाधीन भवनको पूर्ण लागत १४ करोड रहेकोले सहयोग गरि दिन आग्रह गर्नु भयो |
- कर्णाली प्रदेस सरकारको अनुरोधमा मिति २०७९/०७/१३ देखि २२ सम्म संचालन हुने २१ दिने ग्रामिण अल्ट्रासाणन्ड तालिममा सहयोगी भूमिका निर्वाह गर्न यस अस्पतालका मेट्रोन श्रीमती पुनम गौरो र डा राजिब रिजाल मिति २०७९/०७/१४ मा सुर्खेत प्रस्थान गर्नु भयो |
- राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु काठमाडौँ को आयोजनामा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र सेवा प्रदायक संस्था बीचको २ दिने अन्तरक्रिया कार्यक्रम मिति २०७९/०७/२०-२१ मा आम्दा अस्पतालको तर्फबाट मे. सु. डा. प्रकाश शर्मा र नर्सिंग अधिकृत सुनिता सिम्खडाले भाग लिनु भयो |
- स्वास्थ्य निर्देशनालय धनकुटा को योजनामा मिति २०७९/०७/२२ मा सुनसरी, ईटहरीमा संचालित पिएमटिसिटि रिपोतिंग तालिममा आम्दा अस्पतालको तर्फबाट श्रीमति पुनित दाहाल सहभागी हुनु भयो |
- One Heart Worldwide ले आयोजना गरेको “ Simulation Based Mentorship” मिति २०७९/०७/१६ देखि २०७९/०७/२५ सम्म संचालन हुने तालिममा यस अस्पतालमा कार्यरत तालिम अधिकृत श्रीमती टिका सुबेदीलाई प्रशिक्षकको रुपमा सहभागी हुनु भयो |
धन्यवाद |