Published Date: May 26, 2025
Expiry Date: Jun 02, 2025
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८२।०२।१२ गते l
(अवधि वि.सं. २०८२।०२।०५ देखि २०८२।०२।११ सम्म ई.सं. २०२५, २१ औं हप्ता)
१. ROUSG तालिमको उद्घाटन भएको छ ।
श्री सामाजिक तथा स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश सरकारको आयोजना तथा हिमालयन हेल्थकेयर को आर्थिक सहयोगमा मिति २०८२/०२/०६ देखि यस आम्दा अस्पताल दमकमा "२१ दिने ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" सम्बन्धि तालिम संचालन सुरु भएको छ l तालिमको उद्घाटन कार्यक्रममा यस अस्पताल प्रमुख डा. शिखर कटेलले गर्नु भयो, उक्त कार्यक्रमको प्रमुख अथितीको रुपमा बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्रका डाइरेक्टर श्री दिपक तिवारी र हिमालयन हेल्थकेयर बाट कुलमणि बस्नेतले कार्यक्रममा उपस्थिती जनाउनुभएको थियो भने । उक्त तालिममा प्रथम दिनको एजेन्डाहरुमा Opening and welcome, Introduction participants expections, Course overview, Daily activities, Registration document collections, Pre-course knowledge assessment, Course material overview, Overview of ROUSG program and ethical consideration, Basics of Ultrasound unit, Summary बारे जानकारी आदानप्रदान भयो l ROUSG तालिमको Trainer को रुपमा यस अस्पतालबाट डा. पुरुषोत्तम माझी, टिका सुबेदी र पुनम गौरो रहनुभएको छ l उक्त तालिमले SBA तालिम प्राप्त नर्शिंग कर्मचारीहरु लाई उक्त मेशिन संचालन गर्न साथै अल्ट्रासाउन्ड सम्बन्धि बिबिध जानकारी दिने, तालिमको उद्घाटनमा डा. शिखर कटेलले जानकारी दिनुभयो ।
धन्यवाद,