Published Date: Mar 03, 2025
Expiry Date: Mar 08, 2025
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।११।२६ गते, सोमबार
अवधिः वि.सं २०८१।११।१८ देखि वि.सं.२०८१।११।२४ गते सम्म (ई.सं २०२५, १० औं हप्ता)
साप्ताहिक अंक: १०/२०२५
१. नतिजाको सुचना प्रकाशन ।
आम्दा नेपालको केन्द्रिय कार्यालयमा रिक्त वित्त नियन्त्रक (Finance Controller) पदको पदपुर्तिका लागि वि.सं २०८१।११।०२ गते प्रकाशन गरिएको बिज्ञापन बमोजिम छोटो सुचिमा पर्नु भएका उम्मेद्वारहरुको लिखित एवं मौखिक परिक्षा पश्चात् वि.सं २०८१।११।२२ गते नतिजा (सुचना नं. १०८५४) प्रकाशन प्रकाशन गरिएको छ ।
२. USHEC Project Closeout Meeting
USAID बाट प्राप्त Notice of Award Termination विषय पत्र अनुरूप USAID Sustainable HIV Epidemic Control परियोजना अन्तका लागी उक्त परियोजना अन्तरगत कार्यरत कर्मचारीहरुलाई इ.सं मार्च ५, २०२५ का दिन भर्चुयल माध्यम बाट परियोजनाको अन्त व्यवस्थापन विषयमा अन्तरकृयात्मक बैठक सम्पन्न भएको छ । यस बैठकमा आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालले परियोजनाको सफल कार्यान्वयनमा योगदान गर्ने सम्पूर्ण कर्मचारीको विदाइ सन्देश सहित हार्दिक धन्यवाद दिनुभएको थियो । आम्दा नेपालका कार्यक्रम निर्देशकले परियोजना अन्तको प्रकृया र विधिका बारेमा कर्मचारीहरूलाइ अभिमुखीकरण समेत गराउनु भएको थियो ।
३. नतिजाको सुचना प्रकाशन ।
आम्दा अस्पताल, दमकमा रिक्त रहेको प्याथोलोजिस्ट पदपूर्तिका लागि वि.सं. २०८१।११।०६ गते प्रकाशित सुचना अनुसार छोटो सुचिमा पर्नु भएका उम्मेद्वारहरुको वि.सं. २०८१।११।१६ गते सम्पन्न मौखिक परिक्षाको मुल्याङ्कनका आधारमा वि.सं. २०८१।११।२३ गते नतिजा (सुचना नं. १०८५६) प्रकाशन गरिएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८१।११।२६ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ |
श्रम परिक्षण
|
प्रशासन |
२ |
भौतिक परिक्षण तथा खुदगन्ति
|
भण्डार |
३ |
पर्व दिवस र उत्सव
|
प्रशासन |
धन्यवाद ।