Published Date: Mar 03, 2025
Expiry Date: Mar 08, 2025

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।११।१९ गते, सोमबार
अवधिः वि.सं २०८१।११।११ देखि वि.सं.२०८१।११।१७ गते सम्म (ई.सं २०२५, ९औं हप्ता)
साप्ताहिक अंक: ९/२०२५


१. यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजना अन्त हुने ।
आम्दा नेपालले अक्टोवर १, २०२५ देखी इलाम, झापा, मोरङ् र सुन्सरी जिल्लामा सञ्चालन गर्दै आएको यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजना हालसालै USAID बाट प्राप्त Notice of Award Termination पत्र अनुसार इ.सं मार्च १, २०२५ देखी पूर्णत वन्द गर्न आवश्यक व्यवस्था मिलाइएको छ ।

२. नतिजाको सुचना प्रकाशन ।
आम्दा अस्पताल, दमकमा रिक्त पदहरुको पदपूर्तिका लागी वि.सं. २०८१।१०।१५ गते प्रकाशित सुचना नं.०१०१७१ वमोजिमका वि.सं २०८१।११।०८ गते लिईएको मौखिक परीक्षा समेतको मुल्याङ्कनका आधारमा वि.सं. २०८१/११/१२ गते नतिजा सम्वन्धि सुचना नं १०७९५ सूचना प्रकाशन गरिएको छ ।

३. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८१।११।१९ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
१. स्थानीय सहयोग र परिचालन
  • स्थानिय सहयोग परिचालन नीति तथा कार्ययोजना अध्यावधिक गर्ने
  • स्थानिय व्यवस्थापन कार्यविधि अध्यावधिक गर्ने (तीन महले)
  • स्थानिय व्यवस्थापन समितिको संरचना अध्यावधिक गराउने
  • स्थानिय व्यवस्थापन समितिको बैठकका निर्णयहरू अध्यावधिक गराउने
  • स्थानिय व्यवस्थापनमा आम्दा नेपाल, के.का.को सम्वन्ध विस्तारका लागी आवश्यक व्यवस्था मिलाउने
प्रशासन
२.
व्यवस्थापन कार्यशाला
  • व्यवस्थापन कार्यशालाको एजेण्डा तयार गर्ने
  • व्यवस्थापन कार्यशालाको मिति, स्थान, सहभागी तय गर्ने
कार्यक्रम
 
ख. बैठकको निर्णयहरुः
 क्र.सं  कामको विवरण जिम्मेवार
 १ आम्दा नेपाल स्थापना दिवस
फागुन २० गते आम्दा दिवसको उपलक्ष्यमा आम्दा नेपाल मातहतका कार्यालयहरूमा विविध कार्यक्रम सञ्चालन लागी आवश्यक सहजीकरण गर्ने ।
 प्रशासन
 २ BRAP
इ.सं २०२५ मा भुटानी शरणार्थी सहायता कार्यक्रम सञ्चालन लागीआम्दा नेपाल र UNHCR विच सम्पनन सम्झौताको सन्दर्भमा हाललाइ पहिलो किस्ता सम्मको वजेटले भ्याउने सम्मको मात्र कार्यक्रम सञ्चालन गर्न UNHCR बाट इमेल सन्देश प्राप्त भए अनुरूप यस परियोजनामा कार्यरत कर्मचारीसँग भएको रोजगार संझौता अप्रिल १ वाट अन्त हुन सक्ने व्यहोरा जानकारी गराउने ।
 प्रशासन
 ३ सहयोगी कर्मचारी नियुक्ती
केन्द्रिय कार्यालयलाइ आवश्यक सहयोगी श्रेणीको कर्मचारी मातहतका कार्यालयले छनौट गरेको आपूर्तिकर्ता मार्फत लिनका लागी आवश्यक व्यवस्था गर्ने ।
 प्रशासन
 ४ कर परिक्षण
आन्तरिक राजश्व कार्यालय, जोरपाटीबाट आव २०७७/०७८ को पूर्ण कर परिक्षणका लागी प्राप्त पत्रानुसार प्राथमिकताका साथ विवरण पेश गर्ने र वाँकी आ.व. हरूको समेत कर परिक्षणमा आवश्यक पर्ने विवरणलाइ छुट्टै फोल्डरमा व्यवस्थित संकलन गर्न आवश्यक व्यवस्था मिलाउने ।
 आलेप/लेखा
 
 
धन्यवाद ।
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map