Published Date: Feb 24, 2020
Expiry Date: Mar 02, 2020

आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल – ७
  
News of the week.
 
 
Weekly News (W08_202002024_103_SCWH ) (2076/11/04 to 2076/11/10)
 
 
१. यहि मिति २०७६ साल फाल्गुण ६ गते प्रदेश नं. ५ स्वास्थ्य निर्देशनालयको आयोजनामा Robson Classification को बैठकमा यस अस्पतालबाट निमित्त निर्देशक डा. केशव राज शर्मा, डा. राजेन्द्र बस्याल, श्री शुशिला विश्वकर्मा र हेमन्ती चौधरी सहभागी हुनु भएको थियो । 

२. यहि मिति २०७६ साल फाल्गुण ०८ गते प्रदेश नं. ५ स्वास्थ्य निर्देशनालयको आयोजनामा Robson Criteria सम्बन्धि एक दिन अभिमुखिकरण कार्यक्रम यस अस्पतालमा एस.बि.ए. तालिम हलमा सम्पन्न भएको थियो । यस अभिमुखिकरण कार्यक्रममा अपरेशन थिएटर, प्रसुति वार्ड र पोष्ट अपरेटिभ वार्डमा कार्यरत चिकित्सक तथा नर्स गरी जम्मा ३० जना सहभागीता रहेको थियो ।
  
३. यहि मिति २०७६ साल फाल्गुण १० गते बुटवल उध्योग बाणिज्य संघ ६७औ बार्षिकोत्सवको उपलक्ष्यमा संघका अध्यक्ष श्री खेम बहादुर हमाल ज्यू को अध्यक्षतामा एक कार्यक्रमका वीच अस्पतालको वाल वार्डमा बाल भर्ना भएका बिरामिहरूलाई फलफुल तथा डाईपर वितरण गर्नु भयो । सो अवसरमा बुटवल उध्योग बाणिज्य संघका पूर्व अध्यक्ष श्री जीवन प्रसाद वझा तथा यस अस्पतालका निमित्त निर्दैशक डा. केशव राज शर्मा तथा अन्य कर्मचारीहरु पनि उपस्थित भएका थिए । 

४. यहि मिति २०७६ साल फाल्गुण १० गते मातृ शिशु मितेरी अस्पताल पोखराबाट यस अस्पतालको अवलोकन भ्रमणको लागी आउनु भएको थियो । सो अस्पतालबाट आउनु भएको टिमले अस्पतालको अवलोकन पश्चात यस अस्पताल र सो मातृ शिशु मितेरी अस्पताल वीच अन्तर्किया भएको थियो । अवलोकन भ्रमणमा गण्डकि प्रदेशका सभासद श्री कृष्ण थापा र पोखरा महानगरपालिकाका सम्वन्धित वार्डका अध्यक्ष जीवन प्रसाद आचार्य लगायत ११ जना कर्मचारी नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता थियो । 

५.यस अस्पतालको प्रसुती वार्डको छतमा ट्रस लगाउने कार्यको  जम्मा लागत रू. २७,९७,००५.०० कार्यक्रम सम्पन्न भएको छ । यस कार्यको लागी बुटवल उध्योग बाणिज्य संघबाट जम्मा लागत रकमको ६०%ले हुने जम्मा रू. १६,७८,२०३.०० खर्च बुटवल उध्योग बाणिज्यले ब्यहोर्ने र बांकि रकम अस्पतालको आन्तरिक श्रोतबाट ब्यहोर्ने निर्णय भएको छ । 
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
AMDA Institute of Health Science
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np