मितिः २०७६।१०।१३
साप्ताहिक समाचार
१. लेखा परीक्षण
आम्दा नेपाल अन्तर्गत नियुक्त लेखा परीक्षकले मिति २०७६।१०।०९ देखि सिद्धार्थ बाल तथा महिला अस्पतालको लेखि परीक्षण भइरहेको जानारी गरियो । उक्त अस्पतालको लेखा परीक्षण समाप्त भए पश्चात आम्दा मातृ शिशु परियोजनाको लेखा परीक्षण शुरू हुने जानकारी गरियो ।
२. संझौता हस्ताक्षर
जापानिज एम्बेसी र आम्दा माइण्डसबीच आम्दा मातृ शिशु परियोजना संचालनका लागि मिति २०७६।१०।०८ (२२ जनावरी २०२०) मा भएको संझौता हस्ताक्षर कार्यक्रममा आम्दा नेपालका अध्यक्ष डा. अनिल कुमार दास, डा. ऋषिकेश नारायण श्रेष्ठ र मूख्य प्रशासक सुदेश रेग्मीको उपस्थिति रहेको थियो । जापानीज एम्वेसी र आम्दा माइण्डसका उच्च ओहदाका प्रतिनिधिहरू लगायतको समुपस्थिति रहेको उक्त कार्यक्रममा आम्दा नेपालको तर्फबाट डा. अनिल कुमार दासले मन्तव्य प्रकट गर्नुभएको थियो ।
३. शिलवन्दी बोलपत्र/दरभाउपत्र सम्बन्धी पूर्व बैठक
आम्दा नेपाल अन्तर्गत आम्दा माइन्डस् को आर्थिक सहयोगमा सञ्चालित मातृ शिशु स्वास्थ्य परियोजना मार्फत दाङ् जिल्लाको गढवा गाउँपालिका क्षेत्रभित्रका खबारी नाका, मुसिनाका, चिमचिमे र कालाकाँटेमा सामुदायिक स्वास्थ्य ईकाइ र गाउँघर क्लिनीक भवन निर्माण गर्न सूचना (सूचना नं. 006866/AMDA/MCHP/2020) प्रकाशित भएकोमा सूचनाको आधारमा मिति २०७६।१०।०९ मा पूर्व बैठक सम्पन्न भएको छ ।
४. World Plaftorm for Disaster Medicine Conference
आम्दा इन्टरनेशनलको आयोजनामा २८-२९ मे २०२० मा हुने World Platform for Disaster Medicine Conference मा आम्दा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै संस्थाका अध्यक्ष डा. अनिल कुमार दासको सहभागिता हुने जानकारी गरियो ।
५. स्तन तथा पाठेघरको मुख क्यानसर परीक्षण शिबिर
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिकाको संयोजनमा मिति २०७६ माघ १८ गते नगरपालिका क्षेत्रका जनसमुदायहरूलार्इ लाभान्वित हुनेगरि स्तन तथा पाठेघरको मुख क्यानसर परीक्षण शिबिर हुने व्यहोरा जानकारी भयो । उक्त शिविरमा ३० जनाजति सेवाग्राही लाभान्वित हुने जानकारी गरियो । शिविर मार्फत बाँकी रहेका जनसमुदायलार्इ समेत समेट्दै निरन्तर संचालन गर्दै जाने व्यवस्था आम्दा नेपालले मिलाएको व्यहोरा समेत जानकारी गरियो ।
धन्यबाद ।