Published Date: Mar 17, 2025
Expiry Date: Mar 22, 2025
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।१२।०४ गते, सोमबार
अवधिः वि.सं २०८१।११।२५ देखि वि.सं.२०८१।१२।०२ गते सम्म (ई.सं २०२५ ११ औं हप्ता)
साप्ताहिक अंक: ११।२०२५
१. कार्यकारिणी समितिको बैठक सम्पन्न
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा कार्यकारिणी समितिको १९ औं बैठक वि.सं. २०८१।१२।०१ गते, शुक्रबारका दिन निम्न विषयमा निर्णय सहित सम्पन्न भएको छ ।
- नियुक्ति अनुमोदन
- खरिद सहमति तथा अख्तियारी
- बैंक जमानत जफत
- परियोजना समात्ति तथा सरसामानको व्यवस्थापन
- आव २०७७ ७८ को पूर्ण कर परिक्षण
- बैंक खाता सञ्चालन
- बैठक सञ्चालन कार्यविधि संशोधन
- विपद् व्यवस्थापन स्मरण
- क्यूआर मर्चेन्ट बैंकिङ् प्रणाली
- कर्पोरेट पेमेन्ट सेवा
- रेडिडेन्ट फेलोसिप इन इफर्टिलिटि
- विदा व्यवस्था
- प्राचार्यको जिम्मेवारी
- कार्यदल गठन
आम्दा अस्पताल अन्तरगत आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बरिष्ठ अधिकृत (नर्सिङ् प्रशिक्षण) पदमा कार्यरत श्री सजना बैद्यलाइ वि.सं. २०८१।१२।०१ गते देखी अर्को व्यवस्था नहुन्जेल सम्मका वि.सं. २०८१।१२।०१ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार प्राचार्य पदको जिम्मेवारी तोकिएको छ ।
३. आव २०७७/०७८ को पूर्ण कर परिक्षण
आन्तरिक राजस्व कार्यालयले तोके वमोजिम आव २०७७/०७८ को पूर्ण कर परिक्षणका लागी वि.सं. २०८१।०७।२६ गते फाँटवारी तथा कागजात पेश (दर्ता नं. ३८८५) गरिएको छ ।
४. परियोजनाको मासिक वित्तिय प्रतिवेदन
आम्दा नेपालले सञ्चालन गर्दै आएको USAID Sustainable HIV Epidemic Control परियोजनाको इ.सं. २०२५ जनवरी महिनाको मासिक वित्तिय प्रतिवेदन तयार पारिएको छ ।
५. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८१।१२।०४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. बार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण |
१ | श्रम परिक्षण
|
२ | सरकारी कर
|
३ | भण्डारण सुरक्षा र संरक्षण
|
धन्यवाद ।