Published Date: Jan 06, 2025
Expiry Date: Jan 12, 2025
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१/०९/२२ गते, सोमवार
अवधिः वि.सं. २०८१।०९।१५ देखि २०८१।०९।२१ गते सम्म (ई.सं. २०२५, १औं हप्ता)
साप्ताहिक अंक: ०१ /२०२५
१. खरिद प्रक्रिया सम्बन्धमा
- आम्दा मेची अस्पतालको एक्सरे मेसिनको ST Tank परिवर्तन गर्नुपर्ने भएको हुदा उक्त सामग्री खरिद गर्नको निमित्त खरिद प्रक्रिया अघि बढाईएको छ ।
- आम्दा मेची अस्पतालको प्रयोगशाला विभागको स्तरोन्नति गर्न Fully automated Bio-chemistry analyzer खरिद गर्नको निमित्त खरिद प्रक्रिया अघि बढाईएको छ ।
२. सम्झौता सम्बन्धमा
- आम्दा मेची अस्पतालमा सहयोगी स्तरका कर्मचारीहरुको व्यवस्थापन गर्ने गरि श्री राना सेक्युरिटी सर्भिसेस प्रा. लि. संग सम्झौता गरिएको छ ।