Published Date: Nov 25, 2024
Expiry Date: Dec 02, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०८।१० गते, सोमबार
अवधिः वि.सं. २०८१।०८।०३ देखि वि.सं. २०८१।०८।०९ गते सम्म (ई.सं. २०२४, ४७ औं हप्ता) ।
साप्ताहिक अंक: ४७/२०२४
१. "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" (ROUSG) तालिमको सम्पन्न भएको छ ।
श्री स्वास्थ्य तालिम केन्द्र, बागमती प्रदेश सरकार को आयोजनामा र हिमालयन हेल्थ केयर को आर्थिक सहयोग मा मिति २०८१/०७/२६ देखि २०८१/०८/१६ गते सम्म यस आम्दा अस्पताल दमकमा "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" सम्बन्धि तालिमको समापन भएको छ l उक्त तालिमको समापन कार्यक्रममा यस अस्पताल प्रमुख डा. प्रकाश शर्माले गर्नु भयो, वहाँले उक्त कार्यक्रमको महत्व बारे जानकारी दिनुभयो भयो l ROUSG तालिमको Trainer को रुपमा यस अस्पतालबाट डा. पुरुषोत्तम माझी, डा. शशांक पोख्रेल, डा. दिब्य तुलाचन, टिका सुबेदी र पुनम गौरो रहनुभएको थियो l तालिममा सहभागीहरुको रुपमा बिभिन्न स्वास्थ्य कार्यालयहरुबाट जम्मा ५ जनाले ROUSG तालिममा सहभागिता जनाउनु भयो l उक्त तालिमले SBA तालिम प्राप्त नर्शिंग कर्मचारीहरुलाई अल्ट्रासाउन्ड मेशिन संचालन गर्न साथै अल्ट्रासाउन्ड सम्बन्धि बिबिध जानकारी दिएको, तालिमको समापन कार्यक्रमको क्रममा तालिम संयोजक श्री टिका सुबेदीले जानकारी दिनुभयो ।
२. आम्दा अस्पताल दमकमा D-Code HMIS Software को Ward Module को Training सम्पन्न भएको छ l
श्री आम्दा अस्पताल, दमक २, झापामा D-Code HMIS Software को Ward Module को Training सम्पन्न भएको छ l D-Code HMIS Software बाट आम्दा अस्पताल, दमकको Meeting Hall मा सम्पूर्ण अस्पतालको Pedia ward का Staff Nurse र वार्ड इन्चार्ज र अन्य Staff Nurse हरुसंग software संचालन गर्ने बारे Training सम्पन्न भएको छ l Virtual गरिएको कार्यक्रम बारे सम्पूर्ण विवरण D Code Technology Pvt. Ltd का कार्यक्रम संयोजक बिजेन्द्र श्रेष्ठ ले कार्यक्रम बारे बिस्तृत रुपमा अभिमुखीकरण गराउनु भयो l उक्त तालिमले भबिस्यमा आम्दा अस्पतालको स्तर उन्नति हुने विश्वास कार्यक्रम समापनका क्रममा अस्पताल प्रमुख श्री प्रकाश शर्माले जानकारी दिनुभयो l
धन्यवाद,