Updates (3)
Published Date: Sep 02, 2024
Expiry Date: Sep 09, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०५।१७ गते, सोमबार
अवधिः वि.सं. २०८१।०५।१० देखि वि.सं. २०८१।०५।१६ गते सम्म (ई.सं. २०२४, ३५ औं हप्ता)
१. भवन निर्माण तथा पूर्वाधार विकाशको लागि सम्माननीय प्रधानमन्त्री सँग भेटघाट ।
वि.सं. २०८१ साल भाद्र ०८ गते आम्दा नेपालका सचिव डा. अनिल कुमार दास, सहसचिव डा. नविन ढकाल, आम्दा अस्पताल दमकका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश शर्मा, प्रशासक श्री सुमन नेपालले साथै दमकका सामाजिक व्यक्तिहरु डा. नेत्र बहादुर बुढाथोकी, श्री अम्बिका खनाल, श्री वोधराज घिमिरे, श्री यज्ञराज गिरी, श्री ढुण्डिराज भण्डारीहरूको समेतको टोलीले आम्दा अस्पताल दमकको भवन निर्माण तथा पूर्वाधार विकाशको लागि सम्माननीय प्रधानमन्त्री श्री खड्ग प्रसाद शर्मा ओली सँग योजना प्रस्ताब पेश गर्नुभएको छ । गैरनाफामूलक संस्था आम्दा अस्पतालले दमकमा सर्वसाधारण आम नागरिकले सरल र सहजरूपमा अस्पताल सेवा प्राप्त गरेकोमा प्र.म. ले धन्यवाद ज्ञापन गर्नुभयो ।
धन्यवाद,
धन्यवाद,