Updates (3)
Published Date: Aug 05, 2024
Expiry Date: Aug 12, 2024
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०४।२१ गते
(अवधि वि.सं. २०८१।०४।१४ देखि २०८१।०४।२० सम्म ई.सं. २०२४, ३१ औं हप्ता)
१. आम्दा अस्पतालमा 7th Batch, ४२ दिने OTTM तालिम सन्चालन सुरु भएको छ ।
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८१।०४।१४ देखी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, काठमाडौँ र NHTC को support मा "OTTM-Operation theatre technique and Management" को 7th Batch तालिम/कार्यक्रम यस आम्दा अस्पतालको तालिम हल, दमकमा सुरु भएको छ l उक्त तालिमको उद्घाटनमा डा. प्रकाश शर्मा ले गर्नु भएको थियो उक्त कार्यक्रममा डा. नबिन ढकाल, डा. शिखर कट्टेल, पुनम गौरो(मेट्रोन) र टिका सुबेदी(तालिम अधिकृत) ले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l प्रमुख अथितिहरुमा PHTC को निमित्त निर्देशक प्रियंका खतिवडा, NSI को तालिम संयोजक ले उक्त तालिम उद्घाटन कार्यक्रममा उपस्थिती जनाउनु भयो l उक्त तालिम मा विभिन्न अस्पतालहरु बाट र आम्दा अस्पताल बाट एक एक जना गरी जम्मा ७ जनाले तालिममा सहभागीता जनाउनु भएको छ l ४२ दिनसम्म संचालन हुने उक्त तालिमले Operation Theatre सम्बन्धि जानकारी प्रदान गर्ने OTTM तालिम संयोजक कमला घिमिरेले जानकारी दिनुभयो ।
२. 60 Days SBA-Skill Birth Attendance 64th Batch Training सुरु भएको छ ।
आम्दा अस्पताल दमकमा मिति २०८१/०४/१७ देखि अस्पतालको SBA तालिम हलमा संचालन सुरु भएको हो l उक्त तालिम कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी अस्पतालहरु बाट ९ जना र आम्दा अस्पताल बाट १ जना गरी जम्मा १० जना ANM तथा Staff Nurse हरुले तालिममा सहभागीता जनाउनु भएको छ l हाल संचालन सुरु भएको SBA-Skill Birth Attendance को ६४ औ batch को तालिम ६० दिन सम्म संचालन हुने तालिम संयोजक टिका सुबेदीले जानकारी दिनुभयो l
३. 60 Days Mid-Level Practicum (MLP) 35h Batch Training सुरु भएको छ ।
आम्दा अस्पताल दमकमा मिति २०८१/०४/१७ देखि अस्पतालको MLP तालिम हलमा संचालन सुरु भएको हो l उक्त तालिम कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी अस्पतालहरु बाट ६ जना र आम्दा अस्पताल बाट १ जना गरी जम्मा ७ जना ANM तथा Staff Nurse हरुले तालिममा सहभागीता जनाउनु भएको छ l हाल संचालन सुरु भएको Mid-Level Practicum (MLP) को ३५ औ batch को तालिम ६० दिन सम्म संचालन हुने तालिम संयोजक टिका सुबेदीले जानकारी दिनुभयो l
धन्यवाद,