Published Date: Dec 16, 2024
Expiry Date: Dec 21, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाडौं
साप्ताहिक गतिविधि
साप्ताहिक अंक: ५०/२०२४
प्रकाशन मितिः २०८१।०९।०१ गते, सोमबार
अवधिः वि.सं. २०८१।०८।२३ देखि वि.सं. २०८१।०८।२९ गते सम्म (ई.सं. २०२४, ५० औं हप्ता) ।
१. कर्मचारी छनौट ।
आम्दा नेपालको केन्द्रिय कार्यालयका लागी रिक्त सहायक पदमा पदपूर्तिका लागी वि.सं. २०८१।०८।१४ गते प्रकाशित सुचना वमोजिम वि.सं. २०८१।०८।२९ गते परिक्षाफल (सुचना नं. १०६१९) प्रकाशित भइ कर्मचारी छनौट सम्पन्न भएको छ ।
२. विज्ञापन प्रकाशन ।
आम्दा नेपाल केन्द्रीय कार्यालयमा रिक्त कार्यक्रम अधिकृत पदको पदपूर्तिका लागी वि.सं. २०८१।०८।२८ गते विज्ञापन (सुचना नं. १०६०७) प्रकाशन गरिएकत्र छ ।
३. परियोजना व्यवस्थापन समितिको बैठक सम्पन्न ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजनाको परियोजना व्यवस्थापन समितिको दोश्रो बैठक प्राविधिक सल्लाहकार डा. अनिल कुमार दासको अध्यक्षतामा वि.सं. २०८१।०८।२८ गते सम्पन्न भएको छ ।
४. संकेत निर्धारण ।
आम्दा नेपालले प्रयोग गर्ने वस्तु एवं सेवाहरूको एक छुट्टै संकेत निर्धारण गरी प्रचलनमा ल्याउनका लागी वि.सं. गते पुन अभिमुखिकरण सम्पन्न भएको छ । आम्दा नेपालका कार्यक्रम निर्देशक श्री सुदेश रेग्मीले सहजीकरण गर्नु भएको अभिमुखीकरणमा वित्त नियन्त्रक श्री रश्मी पुतुवार, बरिष्ठ अधिकृत श्री अच्युत सापकोटा, आइटी अफिसर श्री रामबाबु देव सहभागी रहनु भएको थियो ।
५. Diagnostic Network Optimization कार्यशालाFHI360 Diagnostic Network Optimization
FHI360 ले आयोजना गरेको Diagnostic Network Optimization कार्यशालामा आम्दा नेपालबाट डा. किरण वास्तोला र ल्याव सहायक श्री सुरेश माझी सहभागी हुनुभएको छ ।
६. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०९।०१ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | व्यवस्थापन कार्यशालाः
व्यवस्थापन कार्यशालाका लागी कार्यसुची तयारी, व्यवस्थापन कार्यशालामा गरिने प्रस्तुतिको नमुना तयारी, व्यवस्थापन कार्यशाला आयोजना गर्ने स्थान, सहभागी र कार्यतालिका निर्धारण, व्यवस्थापन कार्यशालाको प्रगति विवरण सार्वजनिक, व्यवस्थापन कार्यशालाको सिफारिश कार्यान्वयनको अवस्था रूजु
|
कार्यक्रम २०८११००१ |
२ | तालिमः
तालिम व्यवस्थापन कार्यविधि अध्यावधिक गर्ने, तालिम सञ्चालनका लागी आवश्यक रसद व्यवस्थापन अध्यावधिक गराउने, तालिम भत्ता सुविधा व्यवस्था रूजु गरी अध्यावधिक गराउने, तालिम योजना रूजु गर्ने, तालिमको आवश्यकता र पहिचान गरी अध्यावधिक गराउने, कर्मचारी सेवाकालिन प्रशिक्षण तथा अवलोकनको योजना अध्यावधिक गराउने, कर्मचारी प्रशिक्षण संग्रह अध्यावधिक गराउने, केन्द्रीय कार्यालयमा आवश्यक तालिमका लागी योजना तयार गरी अन्तरङ्ग तालिम सञ्चालन गराउने
|
कार्यक्रम २०८११००१ |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | रणनीतिक योजना गोष्ठीः
वि.सं. २०८१।०९।०४ र ०५ गते आयोजना गरिने आम्दा नेपालको रणनीतिक योजना गोष्ठी सञ्चालनका लागी निर्धारित कार्यक्रम तालिका सहभागीहरूलाइ जानकारी गराउने ।
|
प्रशासन २०८११००१ |
२ | विदाको गणनाः
आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूको विदा सुविधा गणना आर्थिक वर्षकहुने गरी आवश्यक संशोधन गर्ने निर्णय गरियो ।
|
प्रशासन २०८११००१ |
धन्यबाद !