Published Date: Dec 02, 2024
Expiry Date: Dec 07, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०८।१७ गते, सोमबार
अवधिः वि.सं. २०८१।०८।०९ देखि वि.सं. २०८१।०८।१५ गते सम्म (ई.सं. २०२४, ४८ औं हप्ता) ।
साप्ताहिक अंक: ४८/२०२४


१. पदपूर्तिका लागी विज्ञापन प्रकाशन ।
आम्दा नेपालको केन्द्रीय कार्यालय र सि.बा.म. अस्पतालमा रिक्त पदमा पदपूर्तिका लागी वि.सं. २०८१।०८।१४ गते सुचना प्रकाशन गरिएको छ । इच्छुक योग्य व्यक्तिले अनलाइन लिंक https://amda.org.np/vacancy/apply/151 मार्फत निवेदन पेश गर्न सक्ने व्यवस्था मिलाइएको छ।

२. अस्पताल फार्मेशी सञ्चालन ।
आम्दा मेची अस्पताल फार्मेशी नामको औषधि पसल दर्ता गरी सञ्चालन गर्न स्विकृति प्रदान गरिएको छ ।

३. क्यान्सर परिक्षण शिविर सम्पन्न ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर वि.सं. २०८१।०८।१५ गते वडा नं. ५ स्थित शिवचोकमा सम्पन्न भएको छ ।

४. बेरूजुको कारवाही ।
आ.व. २०८०/०८१ को अन्तिम लेखा परिक्षकले बेरितपूर्वक खर्च भएको विषय औलाएकोमा बेरितपूर्वक खर्चमा जिम्मेवार कर्मचारीको नाममा बेरजु कायम गरि जानकारी गराउन सम्वन्धित कार्यालयहरूलाय च.नं. १०५४९ वि.सं. २०८१।०८।१० गतेको पत्र मार्फत निर्देश गरिएको छ ।

५. आन्तरिक व्यवस्थापन समितिका पदाधिकारीको विवरण ।
आम्दा नेपाल मातहत सञ्चालित अस्पतालहरूको आन्तरिक व्यवस्थापन निर्देशिका वमोजिम गठित आन्तरिक व्यवस्थापन समितिका पदाधिकारीहरूको संक्षिप्त विवरण आम्दा नेपालको वेभपेजमा अध्यावधिक राख्ने व्यवस्था मिलाइएको छ ।

६. हिनामिना रकम असुलको कारवाही ।
आम्दा नेपालमा कार्यरत रहँदाको अवधिमा संस्था चल अचल सम्पत्ती हिनामिना गरेकोमा सवन्धित कर्मचारीबाट प्रचलित कानून वमोजिम असुल उपर गरिलिन च.नं. १०५४७ वि.सं. २०८०।०८।०७ गतेको पत्र मार्फत आम्दा मेची अस्पताललाइ अख्तियारी सहित निर्देश गरिएको छ ।

७. तोकिएको समयसिमा भित्र मात्र काम सम्पन्न गर्ने व्यवस्था ।
आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूलाइ तोकिएको समयसिमा भित्र मात्र काम गर्ने गराउने विषयमा थप जिम्मेवार बनाउनका लागी ढिला गरी काम गरेको पाइएमा बेरुजु हुन सक्ने जानकारी सहित यथासमयमा काम सम्पन्न गर्न च.नं. १०५५१ वि.सं. २०८१।०८।१० गतेको पत्र मार्फत निर्देश गरिएको छ ।

८. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०८।१७ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
पर्व तथा दिवसः
विशेषत आम्दा नेपाल दिवस फागुन २० को योजना गर्ने, आम्दा नेपालले मनाउने दिवसहरूको सुचि अध्यावधिक गराउने, कार्यक्रमको कार्यविधि तयार पारी अध्यावधिक गराउने, पाहुना/अतिथिहरूको परिचय एवं विवरण अध्यावधिक गराउने, पूर्व आयोजित उत्सव तथा दिवसहरूको इलेक्ट्रोनिक विवरण सुरक्षित भण्डारणको व्यवस्था गर्ने
कार्यक्रम
२०८१०९१५
योजना र कार्यक्रमः  
नीति, योजना, कार्यक्रम र बजेट तयारी कार्यविधि अध्यावधिक गर्ने, स्विकृत नीति, योजना, कार्यक्रम र बजेटको कार्यान्वयन स्थिति समिक्षा गर्ने, प्रगति सुचकाङ्कहरू अध्यावधिक गर्ने र प्रकाशन, वितरण तथा सार्वजनिक गर्न आवश्यक व्यवस्था गर्ने, वार्षिक योजना रूजू गरी सहायता एवं श्रोत खोजी गर्न प्रस्तावना र अवधारणापत्र तयार गर्ने
कार्यक्रम
२०८१०९१५

ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
कार्यकक्ष तयार गर्नेः
पुरानो बैठक कक्षलाइ खण्डित गरेर कर्मचारीहरूका लागी कार्यकक्ष तयार गर्ने ।
प्रशासन
२०८१०८३०
रणनीतिक योजना कार्यशालाः 
आम्दा नेपालको पञ्चवर्षिय रणनीतिक योजना वर्ष २०८१ २०८५ तयार गर्न लागी वि.सं २०८१।०८।२२ र २३ गते कार्यशाला गोष्ठि आयोजना गर्न लागिएकोमा आम्दा अस्पताल दमकको अनुरोध वमोजिम वि.सं. २०८१।०९।०५ र ०६ गते आयोजना गर्ने ।
कार्यक्रम
२०८१०९१५ 

९. गतहप्ताका संग्रहनिय तस्विरहरू
क्यान्सर परिक्षण शिविर_ शिवचोकमा वडा नं. ५ _२०८१०८१५
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map