Published Date: Nov 25, 2024
Expiry Date: Nov 30, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०८।१० गते, सोमबार
अवधिः वि.सं. २०८१।०८।०२ देखि वि.सं. २०८१।०८।०८ गते सम्म (ई.सं. २०२४, ४७ औं हप्ता) ।
साप्ताहिक अंक: ४७/२०२४


१. परिक्षाफल प्रकाशन ।
आम्दा नेपालले वि.सं. २०८१।०७।०५ गते प्रकाशन गरेको सुचना नं. १०४७३ बमोजिम आम्दा स्वास्थ्य विज्ञान प्रतिष्टान दमकको लागी कर्मचारी छनौट सम्वन्धि परिक्षाफल वि.सं. २०८१।०८।०२ गते प्रकाशन (सुचना नं. १०५२५) भएको छ । 

२. अस्पताल सञ्चालन सम्वन्धमा अनौपचारिक संझौता प्रस्ताव ।
नेपाल सरकार मन्त्रिपरिषद्को मिति वि.सं. २०५४।०१।२३ गतेको निर्णानुसार सिद्धार्थ बाल तथा महिला अस्पताल स्थापनाका लागी बुटवल उपमहानगरपालिका दिपनगर क्षेत्रमा शिवनगर सामुदायिक वन उपभोक्ता समितिको नाममा रहेको जग्गा मध्येबाट १० विगा जमिन प्राप्त गरी नेपाल सरकार लगायत विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय दातृ संस्था एवं परिवारको अनुदान सहयोग जुटार्इ अस्पताल सञ्चालन हुदै आएकोमा उक्त अस्पताल समेत र आम्दा नेपाल मातहत सञ्चालनमा रहने अन्य अस्पताल समेतको पूर्वाधार विकाश एवं सेवा विस्तारमा आवश्यक सहयोग जुटाउन आम्दा नेपालले स्थानिय नगरपालिका प्रमुखको सहमतिमा स्थानिय व्यवस्थापन निर्देशिका वनार्इ स्थानिय व्यवस्थापन समिति गठन गर्ने विषय समेत समेटेर नेपाल सरकार मन्त्रिपरिषद्को मिति वि.सं. २०५४।०१।२३ गतेको निर्णय कार्यान्वयनका निम्ति वन मन्त्रालयको मिति वि.सं. २०५४।०१।२५ च.नं. ३३४५ को वुँदा ग मा उल्लेखित समितिको काम, कर्तव्य र अधिकार, आय श्रोत एवं खर्चको प्रकृया स्पष्ट गर्नका लागी वि.सं. २०८१।०८।०३ गते अनौपचारिक प्रस्ताव गरिएको छ । स्वास्थ्य मन्त्रालयमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री प्रदिप पौडेलको सचिवालयमा सम्पन्न अनौपचारिक बैठकमा आम्दा नेपाल सचिव डा. अनिल कुमार दास, कार्यक्रम निर्देशक श्री सुदेश रेग्मी र बरिष्ठ अधिकृत श्री अच्युत सापकोटा उस्पथित हुनुहुन्थ्यो ।

३. क्यान्सर परिक्षण शिविर ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आयोजना गर्दै आएको क्यान्सर परिक्षण शिविर वि.सं. २०८१।०८।१५ गते शिवचोक शहरी स्वास्थ्य केन्द्रमा आयोजना गर्ने तालिका निर्धारण गरिएको छ ।

४. रणनीतिक योजना गोष्ठी ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आयोजना गर्दै आएको क्यान्सर परिक्षण शिविर वि.सं. २०८१।०८। २२ र २३ गते आयोजना गर्ने तालिका निर्धारण गरिएको छ ।

५. परियोजना शुरूवाती बैठक ।
आम्दा नेपालले सञ्चालन गर्ने यूएसएड दिगो एचआइभी महामारी नियन्त्रण परियोजनाको परियोजना शुरूवाती बैठक राष्ट्रिय यौनरोग तथा एचआइभी नियन्त्रण केन्द्रका निर्देशकज्यूको प्रमुख आतिथ्यतामा वि.सं. २०८१।०८।१७ गते विराटनगरमा आयोजना गर्ने कार्यक्रम तय भएको छ ।

६. निशुल्क दन्त परिक्षण शिविर ।
आम्दा नेपालको प्राविधिक सहयोगमा वि.सं. २०८१।०७।२६ देखी २९ गते सम्म ताप्लेजुङ् जिल्लाको फक्ताङ्लुङ् गाउँपालिकामा निशुल्क दन्त शिविर सफलतापूर्वक सम्पन्न भएको छ । यस दन्त शिविरमा आम्दा नेपालको तर्फबाट डा. दृष्टि राज जोशी सहभागी रहनु भएको थियो ।
 
७. नियमित साप्ताहिक बैठक
वि. सं. २०८१।०८।१० गते कार्यक्रम निर्देशक श्री सुदेश रेग्मीको अध्यक्षतामा सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
आन्तरिक व्यवस्थापनः
आन्तरिक व्यवस्थापन समिति गठन व्यवस्था छ/छैन रूजु गर्ने, आन्तरिक व्यवस्थापन समितिका सदस्यहरूको विवरण अध्यावधिक गर्ने र इमेल डोमेनमा समेत अध्यावधिक गराउने, आन्तरिक व्यवस्थापन निर्देशिकाको तीन महले अध्ययन गर्ने, आन्तरिक व्यवस्थापन समिति अन्तरगतका उप समितिहरूको गठन तथा विवरण अध्यावधि गराउने, आन्तरिक व्यवस्थापन समिति बैठकका निर्णयहरूको कार्यान्वयन अवस्था रूजु गर्ने, आन्तरिक व्यवस्थापन समिति मार्फत सामाजिक परिक्षणको व्यवस्था मिलाउने
कार्यक्रम
२०८१०८३०
समन्वय बैठकः
समन्वय बैठक सञ्चालन कार्यविधि अध्यावधिक गर्ने, सामाजिक परिक्षणको प्रतिवेदन संकलन गराउने, जिल्लास्तरमा सञ्चालन गर्नुपर्ने बैठकको सुची र सहभागी गराउने प्रतिनिधिहरूको विवरण अध्यावधिक गराउने
कार्यक्रम
२०८१०८३०
आपूर्तिकर्ता व्यवस्थापनः
आपूर्तिकर्ता छनाैट कार्यविधि अध्यावधिक गर्ने, आपूर्तिकर्ता सुची अध्यावधिक गर्ने, सुचिकृत आपूर्तिकर्ताको प्रयोग र संवन्ध रूजु गर्ने, सुचिकृत आपूर्तिकर्ताको सुची इमेल लिष्टमा अध्यावधिक गर्ने, सुचिकृत आपूर्तिकर्ता र अन्य संस्थाबाट भए गरेको कारोवारको विवरण संकलन गरी अध्यावधिक गर्ने, कारोवारमा भए गरेको कर कट्टी र दाखिला विवरण संकलन गरी अध्यावधिक गर्ने ।
कार्यक्रम
२०८१०८३०
जनशक्ति व्यवस्थापनः
जनशक्ति व्यवस्थापन कार्यविधि अध्यावधिक गर्ने, कर्मचारी विवरण अध्यावधिक गराउने, कर्मचारी संकेत क्रमसंख्या अध्यावधिक गराउने, एक वर्ष भित्र उमेर हदको कारण सेवानिवृत हुने कर्मचारीको विवरण अध्यावधिक गर्ने, कर्मचारीका गुनासा र सुझावको उपयुक्त विधिबाट संवोधन भए नभएको स्थिति रूजु गरी अध्यावधिक गर्ने, कर्मचारीबाट तालिम आवश्यकताको सुझाव संकलन गरी तालिम योजना तयार गर्ने, काम, कर्तव्य र अधिकारको विवरण अध्यावधिक गराउने, व्यक्तिगत विवरण फायलहरू अध्यावधिक गराउने, कबुलियतनामाहरूको विवरण अध्यावधिक गराउने, पदोन्नति र सरूवाको विवरण अध्यावधिक गराउने, कर्मचारी गतिविधिको सारांश प्रकाशनको व्यवस्था गराउने, तलब सिट संकलन गरी सुरक्षित भण्डारणको व्यवस्था मिलाउने
कार्यक्रम
२०८१०८३०
 

ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
श्रद्धाञ्जली अर्पणः
आम्दा नेपालको कार्यकारिणी समितिका सहसचिव डा. नविन ढकालकी ममतामयी आमाको वि.सं. २०८१।०८।०८ गते दुखद निधन भएकोमा मृतकको दिव्य अमरआत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकशन्तब्ध परिवारजनमा समवेदना प्रकट गर्ने ।
 
तोकिएको समयसिमा भित्र मात्र काम गर्नेः
आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूलाइ तोकिएको समयसिमा भित्र मात्र काम गर्ने गराउने र ढिला गरी काम गरेको भएमा अनुमोदनका लागी टिप्पणी सहित कार्यालय प्रमुख समक्ष प्रस्तुत गर्ने । जुनसुकै काम तोकिएको समयसिमा भित्र नभएको र अनुमोदन पनि नभएको पाइएमा बेरुजु हुन सक्ने जानकारी गराउने
 
सफ्टवेयर प्रयोगको भुमिका जवाफदेहीताः
आम्दा नेपालले प्रयोगमा ल्याउन लागेको आकाश सफ्टवेयरमा प्रत्येक कार्यालयबाट प्रयोगकर्ताहरूको नामावली र भुमिका खुलाइ विवरण माग गर्ने ।
 
भण्डार दाखिला व्यवस्थापनः
आम्दा नेपालको नयाँ सफ्टवेयरको प्रयोग सँगै सरसामानहरूको युनिक कोड निर्धारण गरी भण्डार दाखिलको व्यवस्था गर्ने ।
 

८. गतहप्ताका संग्रहनिय तस्विरहरू 
निशुल्क दन्त परिक्षण शिविर_फक्ताङ्लुङ् गाउँपालिका, ताप्लेजुङ् _२०८१०७२६-२९ क्यान्सर परिक्षण शिविर_२०८१०८१५

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map