Updates (3)
Published Date: Nov 26, 2019
मितिः २०७६/०८/१०
Expiry Date: Dec 02, 2019
आम्दा नेपाल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
सिद्दार्थ बाल तथा महिला अस्पताल
बुटवल
मुख्य गतिविधिहरु:
१. मिति २०७६।०८।०२ गते लायन्स क्लब अफ बुटवल युथको आयोजना तथा यस सिद्दार्थ बाल तथा महिला अस्पतालको प्राबिधिक सहयोगमा बुटवल वार्ड नं. ९ को वडा कार्यालयमा Diabetes Screening कार्यक्रम संचालन गरिएको थियो । यस कार्यक्रममा यस अस्पतालबाट ल्याब टेक्निसियन श्री खेम राज अर्यालले सहभागी भई सहयोग गर्नु भएको थियो ।
२. मिति २०७६।०८।०२ गते यस सिद्दार्थ बाल तथा महिला अस्पताल र श्री ड्रिम वे कन्सट्रक्सन प्रा. लि. वीच प्रसुति भवन माथि ट्रस निर्माणको लागी रू २८,२१,३६१.०० मा सम्झौता सम्पन्न भएको छ ।
३. यहि मिति २०७६।०८।०५ गते आन्तरिक ब्यबस्थापन समितिको बैठक यस अस्पतालको निमित्त निर्देशक डा. केशव राज शर्माको अध्यक्षतामा बिभिन्न बिषयमा छलफल गरी बैठक सम्पन्न भयो ।
४. मिति २०७६।०८।०७ गते रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष रोटरीयन बिष्णु घिमिरेले यस असपतालका निमित्त निर्देशक डा. केशव राज शर्मालाई एक समारोह वीच यस अस्पताललाई २ वटा ह्वील चियर प्रदान गर्नु भएको प्रदान गर्नु भएको छ ।
धन्यवाद l