Published Date: Oct 30, 2023
Expiry Date: Nov 05, 2023
आम्दा-नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०७।२० गते, सोमवार
अवधिः वि.सं. २०८०।०७ ।१३ देखि २०८०।०७।१९ गतेसम्म (ई.सं. २०२३,४४औं हप्ता) ।
साप्ताहिक अंक: ४४/२०२३
१. रक्तदान कार्यक्रम सम्पन्न
मिति २०८०/०७/१३ गतेका दिन अस्पताल परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भयो । २५औं वार्षिकोत्सवको अवसरमा सम्पन्न उक्त कार्यक्रममा कूल ५१ जनाले रक्तदान गरेका थिए ।
२. व्यक्तिगत स्वास्थ्य तथा सरसफाई सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न
मिति २०८०/०७/१३ गतेका दिन अस्पताल बुटवल उप-महानगरपालिका वडा नम्बर ७ स्थित गुरुकूलमा व्यक्तिगत स्वास्थ्य तथा सरसफाई सम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भयो । २५औं वार्षिकोत्सवको अवसरमा सम्पन्न उक्त कार्यक्रममा गुरुकुलका सम्पूर्ण विद्यार्थी एवं शिक्षक सहभागी भएका थिए ।
३. २५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८० कार्तिक १६ गतेका दिन आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको २५औं वार्सिकोत्सव उत्साहका साथ सम्पन्न भयो । सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू प्रमुख अतिथि रहनुभएको उक्त समारोहमा लुम्बिनी प्रदेश प्रमुख लगायत प्रदेश एवं स्थानीय गन्यमान्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । त्यसैगरि आम्दा इन्टरनेशनलका अध्यक्ष प्रा. डा. शिगेरू सुगनामी तथा आम्दा-नेपालका अध्यक्ष डा. अनिल कुमार दासज्यूको उपस्थिति समेत रहेको थियो ।समारोहमा प्रमुख अतिथिबाट शैक्षिक कार्यक्रमको शुभारम्भ, २०० शैया अस्पताल भवनको शिलान्यास, २५औ वार्सिकोत्सव स्मृति स्तम्भको अनावरण र पुस्तकालय भवनको शिलान्यास भएको थियो । कार्यक्रममा संस्थालाई योगदान पुर्याउने व्यक्तित्व एवं लामो समय सेवा पुर्याउने कर्मचारीहरूलाई सम्मानित समेत गरिएको थियो ।
कार्यक्रमलाई स्थानीय ३ वटा टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेका थिए भने राष्ट्रिय एवं स्थानीय पत्रपत्रिकाले प्रमुखताका साथ प्रकाशन गरेका थिए ।
कार्यक्रमलाई स्थानीय ३ वटा टेलिभिजन च्यानलले प्रत्यक्ष प्रसारण गरेका थिए भने राष्ट्रिय एवं स्थानीय पत्रपत्रिकाले प्रमुखताका साथ प्रकाशन गरेका थिए ।
धन्यबाद !