Updates (5)
Notices (6)
- Result Announcement_Medical Officer_AMDA Mechi Hospital
- Examination / Shortlisting Notice (Gyne, Psychiatry, Lab Assistant, Driver) AMDA Mechi Hospital
- Written Examination Result Publishment_Medical Officer_AMDA Mechi Hospital
- Notice for Quotation Dental Items
- Vacancy announcement_Assistant (Lab)_AMDA Mechi Hospital
- Result Announcement_No Selection Notice_AMDA Mechi Hospital
Published Date: Oct 22, 2023
Expiry Date: Oct 28, 2023
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०७।१३ गते, सोमवारजोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०७।०५ देखि २०८०।०७।११ गते सम्म (ई.सं. २०२३, ४३ औं हप्ता) ।
साप्ताहिक अंक: ४३/२०२३
१. बडादशैंको शुभकामना ।
नेपालीहरूको महान चाड बडादशैंको उपलक्ष्यमा आम्दा नेपाल परिवारले आम जनमानसको सुख शान्ति र सम्वृद्दीको कामना सहित शुभकामना व्यक्त गरेको छ ।
२. सिद्दार्थ बाल तथा महिला अस्पतालको २५औं वार्षिक उत्सव कार्यक्रम ।
सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय मार्फत आम्दा नेपालको अनुरोध वमोजिम वि.सं. गते २०८०।०७।१६ गते सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलको २५औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथीको रूपमा सम्माननीय प्रधानमन्त्री उपस्थित हुनुहुने व्यहोरा जानकारी प्राप्त भएको छ ।
३. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०७।१३ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | योजना तथा कार्यक्रमः आम्दा नेपालको वार्षिक योजना, कार्यक्रम र बजेट अनुरुप प्रगतिका सूचकहरु अध्यावधिक गर्ने, अबधारणा पत्र तयार गर्ने, कार्यविधि बनाउने लगायतका कार्य गर्ने । |
सुदेश रेग्मी | |
२ | अन्तिम लेखा परिक्षणः आम्दा नेपालको आ.व. २०७९।८० को अन्तिम लेखा परिक्षण प्रतिवेदन भदौ मसान्त भित्र प्राप्त गर्ने र परिक्षणको क्रममा उठेका सवालहरुमा आवश्यक कार्य योजना तयार गर्ने । |
रश्मी पुतुवार २०८००५३१ |
आ.व. २०७९।८० को अन्तिम लेखा परिक्षण हस्ताक्षर भई असोज मसान्तमा आन्तरिक राजश्व कार्यालयमा पेश भयो । |
३ | ICT अध्यावधिकः आम्दा नेपालको वेवसाईटमा आम्दा नेपालका, नीति, नियम, कार्यविधि, निर्देशिका, परिपत्र एवं हस्पपुस्तिका समेतको विवरण सहित कागजात तथा प्रतिवेदनहरु अध्यावधिक गर्ने । |
रामवाबु देव २०८००५३० |
|
४ | आन्तरिक तालिमः आम्दा नेपाल मातहत कार्यरत कर्मचारीहरूलाइ संस्थाको तालिका कार्यविधिका आधारमा आधारभुत एवं पुर्नताजगी तालिमहरूको क्रमश सञ्चालन गर्ने व्यवस्था गर्ने । प्रथम चरणमा मध्यस्तरका कर्मचारी एवं सहयोगी कर्मचारीहरूका लागी आधारभुत तालिम सञ्चालन गर्ने । |
|
तयारी अन्तिम चरणमा |
५ | डिजिटल बैकिङ् सेवाः आम्दा नेपालको आर्थिक कारोवारलाइ डिजिटल माध्यमवाट गर्ने व्यवस्था कायम गर्न आवश्यक नीति एवं व्यवस्थापन तयारी गर्ने । प्रस्तावित योजना, आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशालामा छलफलल गर्ने गरी सरोकारवालाहरूलाइ पूर्व जानकारी गराउने । |
२०८००६३० |
|
६ | श्रम परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको श्रम परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा श्रम परिक्षण सम्पन्न गर्ने |
अच्युत सापकोटा |
२०८००७१५ |
७ | व्यवस्थापन कार्यशालाः आम्दा नेपालको व्यवस्थापन कार्यशालामा केन्द्रीय कार्यालयको तर्फबाट प्रस्तुत गर्ने प्रस्ताव तयारीका लागी आवश्यक विवरण संकलन गरी पूर्व तयारी सम्पन्न गर्ने । |
उमेश आचार्य | अर्को हप्ता काठमाडौमा गर्ने, मिति तय हुन बाँकी । |
८ | सामाजिक परिक्षणः प्रचलित कानून एवं आम्दा नेपालको सामाजिक परिक्षण कार्यविधि तथा अभ्यासका आधारमा सामाजिक परिक्षण सम्पन्न गर्ने । |
अच्युत सापकोटा |
२०८००७१५ |
धन्यबाद!