Published Date: Oct 28, 2024
Expiry Date: Nov 04, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०७।०५ गते, सोमबार
अवधिः वि.सं. २०८१।०६।२७ देखि वि.सं. २०८१।०७।०३ गते सम्म (ई.सं. २०२४, ४२ औं हप्ता) ।
साप्ताहिक अंक: ४२/२०२४
१. कागजात सुरक्षा व्यवस्था ।
आम्दा नेपालका संग्रहणीय सुचना, तथ्य एवं कागजातलाइ व्यवस्थित भण्डारण तथा सुरक्षा व्यवस्था मिलाउन सरोकारवाला कर्मचारीलाइ अभिमुखीकरण सहित केन्द्रीय कार्यालयको आइटी शाखा मार्फत डिजिटल कपी आम्दा नेपालको क्लाउडमा संग्रहको व्यवस्था मिलाइएको छ ।
२.खुदगन्ति तथा भौतिक परिक्षण ।
आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूलाइ आआफ्नो जिम्मामा रहेका सरसामानहरूको खुदगन्ति तथा भौतिक परिक्षण सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देश गरिएको छ र केन्द्रिय कार्यालयको जिम्मामा रहेका सरसामानहरूको खुदगन्ति तथा भौतिक परिक्षण सम्पन्न गरी प्रतिवेदन पेश गर्न वित्त नियन्त्रक श्री रश्मी पुतुवारको संयोजकत्वमा एक टोली गठन गरिएको छ ।
३. नागरिक वडापत्र
आम्दा नेपालले प्रदान गर्ने सेवाहरूको वारेमा सुचनामूलक नागरिक वडापत्र अध्यावधिक गरी प्रकाशन गरिएको छ । आम्दा नेपालको अध्यावधिक नागरिक वडापत्रलाइ वेभसाइडमा समेत हेर्न मिल्ने व्यवस्था गरिएको छ ।
४. सफ्टवेयर सञ्चालन ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको एकिकृत लेखा व्यवस्थापन सफ्टवेयरलाइ अध्यावधिक गरी नयाँ प्रणाली (AMDA Comprehensive Accounting Software (ACAS)) प्रयोग गर्न आवश्यक व्यवस्था गर्न सेवा प्रदायक संग ।
५. व्यवस्थापन कार्यशाला ।
आम्दा नेपालको आगामी व्यवस्थापन कार्यशाला भर्चुअल माध्यमबाट कार्तिक ८ र ९ गते सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।
६. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०६।२८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | अनुगमन तथा मूल्याङ्कनः समाज कल्याण परिषद्बाट हुनु पर्ने अनुगमन तथा मूल्याङ्कन सम्पन्न गराउने । |
कार्यक्रम २०८१।०७।१५ |
२ | विमाः कर्मचारीहरूको विमा दावी फर्स्यौट गर्ने । |
जनशक्ति २०८१।०७।१५ |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | व्यवस्थापन कार्यशालाः व्यवस्थापन कार्यशालालाइ व्यवस्थित रूपमा भर्चुअल माध्यमबाट सञ्चालन गर्ने र कार्यशालाको प्रतिवेदन कार्यकारिणीमा बुझाउन आवश्यक व्यवस्था गर्ने । | |