Updates (3)
Published Date: Oct 23, 2023
Expiry Date: Oct 29, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८०।०७।०६ गते, सोमवार
(अवधि वि.सं. २०८०।०६।२९ देखि २०८०।०७।०५ सम्म । इ.सं. २०२३, ४२ औं हप्ता)
(अवधि वि.सं. २०८०।०६।२९ देखि २०८०।०७।०५ सम्म । इ.सं. २०२३, ४२ औं हप्ता)
१. सामान्य चिकित्सा तर्फका तेश्रो वर्ष अन्तर्गत प्रशिक्षार्थीहरुको तेश्रो आन्तरिक परीक्षा शुरु
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामान्य चिकित्सा तर्फका तेश्रो वर्षका विद्यार्थीहरुको मिति २०८०/०६/३० गते देखि तेश्रो आन्तरिक परीक्षा संचालन भएको छ l
२. चिकित्सा तर्फका प्रशिक्षार्थीहरुको EYE POSTING सम्पन्न
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामान्य चिकित्सा तर्फका अन्तिम वर्षका विद्यार्थीहरुलाई EYE POSTING को लागि बिर्तामोड अवस्थित श्री मेची आँखा अस्पताल, दृष्टि आँखा अस्पताल र विर्तामोड आँखा अस्पतालमा मिति २०८०/०६/२७ गते सम्पन्न भएको छ l
३. IN-SERVICE Education Program सम्पन्न
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रमाण पत्र तह नर्सिङ्ग तर्फका अन्तिम वर्षका विद्यार्थीहरुबाट यसै प्रतिष्ठानको भवनमा मिति २०८०/०६/३० गते IN-SERVICE Education Program सम्पन्न भएको छ l
४. “Learning craft with motivation for student Training” विषयगत एक दिने कक्षा सम्पन्न
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमाणपत्र तह नर्सिङ्ग पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा र श्री मादवमणि खनालज्यूको सहजिकरणमा मिति २०८०/०६/३० गते “Learning craft with motivation for student Training” विषयगत एक दिने कक्षा सम्पन्न भएको छ ।
५. Residential PHC Management र Leadership Management Posting सम्पन्न
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रमाण पत्र तह नर्सिङ्ग अन्तिम वर्ष तर्फका विद्यार्थीहरुकोको Residential PHC Management posting को लागि लेटाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, लेटाङ्ग र Leadership Management Posting को लागि आम्दा अस्पताल, दमकमा मिति २०८०/०७/०३ गते देखि सम्पन्न भएको छ l
६. दशैं-तिहार विदा
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्पूर्ण संकायहरुको मिति २०८०/०७/०५ गते देखि २०८०/०८/०३ गते सम्मको लागि दशैं-तिहार साथै छठ पर्वको अवसरमा विदा रहेको छ l यस अवधि भर सम्पूर्ण पठनपाठन बन्द रहेको साथै प्रशासनिक कार्यहरु निरन्तर संचालन भईरहेको छ l