Published Date: Oct 14, 2024
Expiry Date: Oct 19, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०६।२८ गते, सोमबार
अवधिः वि.सं. २०८१।०६।२० देखि वि.सं. २०८१।०६।२६ गते सम्म (ई.सं. २०२४, ४१ औं हप्ता) ।
साप्ताहिक अंक: ४१/२०२४
क. परियोजना शुरूवाती बैठक सम्पन्न ।
आम्दा नेपाल र USAID विच सम्पन्न संझौता वमोजिम सञ्चालन USAID Sustainable HIV Epidemic Control परियोजनाको शुरूवाती अभिमुखिकरण वि.सं. २०८१।०६।२१ गते USAID Nepal को कार्यालयमा सम्पन्न भएको छ । यस अभिमुखिकरण बैठकमा आम्दा नेपालबाट सचिव डा. अनिल कुमार दास, कार्यक्रम निर्देशक सुदेश रेग्मी, परियोजना प्रमुख डा. किरण बास्तोला र वित्त नियन्त्रक श्री रश्मी पुतुवारको सहभागिता रहेको थियो ।
२. मासिक प्रतिवेदन ।
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच सम्पन्न संझौता अनुरूप सञ्चालन हुदै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण कार्यक्रमको भाद्र महिनाको मासिक प्रतिवेदन च.नं. १०४४५ को पत्र साथ गोकर्णेश्वर नगरपालिका समक्ष पेश गरिएको छ ।
३. अन्तरवार्ता सम्पन्न
आम्दा नेपालले सञ्चालन गर्ने USAID Sustainable HIV Epidemic Control परियोजनाका लागी HIV Prevention Officer पदको अन्तरवार्ता सूचना नं. १०४४५ वमोजिम वि.सं. २०८१।०६।२२ गते सम्पन्न भएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि.सं. २०८१।०६।२८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | कागजात सुरक्षाः आम्दा नेपालले संग्रहित गरिराख्नु पर्ने कागजात सुची अध्यावधिक गर्ने र सुरक्षित भण्डारणको व्यवस्था गर्ने । | कार्यक्रम २०८१०६२९ |
२ | खुदगन्ति तथा भौतिक परिक्षणः आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूमा रहेको भौतिक सरसामानको खुदगन्ति सम्पन्न गरी भौतिक परिक्षण प्रतिवेदन सुरक्षित भण्डारण गर्ने । | लेखा २०८१०७१५ |
४ | नागरिक वडापत्रः नागरिक वडापत्र अध्यावधिक गर्ने । | कार्यक्रम २०८१०६३० |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | नागरिक वडापत्रः अ ध्यावधिक नागरिक वडापत्रहरू आम्दा नेपालको वेभसाइडमा हेर्न मिल्ने व्यवस्था गर्ने । |
|
२ | व्यवस्थापन कार्यशालाः आम्दा नेपालको व्यवस्थापन कार्यशाला वि.सं. २०८१।०७।०७ गते भित्र सम्पन्न भइ प्रतिवेदन पेश गर्न आवश्यक व्यवस्था गर्ने । |
|
३ | कर्मचारी हाजिरीः पदपूर्ति समितिले नियुक्तिका लागी सिफारिश गरेका व्यक्तिले तोकिएको मिति भित्र हाजिरी नजनाएमा २ दिनको समयसिमा तोकी हाजिर हुन जानकारी गराउने । हाजिर हुन नआएमा बैकल्पिक उमेद्ववारलाइ हाजिर गराउन आवश्यक व्यवस्था गर्ने । |
|
४ | सफ्टवेयर सञ्चालनः आम्दा नेपालले छनौट गरेको लेखा व्यवस्थापन सफ्टवेयर (AMDA_CAS छोटकरीमा ACAS/आकाश) सञ्चालनका लागी आवश्यक व्यवस्था गर्ने । |
/लेखा |