Published Date: Oct 02, 2023
Expiry Date: Oct 08, 2023
आम्दा-नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०६।२२ गते, सोमवार
अवधिः वि.सं. २०८०।०६।१५ देखि २०८०।०६।२१ गतेसम्म (ई.सं. २०२३,४०औं हप्ता) ।
साप्ताहिक अंक: ४०/२०२३
१. सांस्कृतिक कार्यक्रम समितिको बैठक
मिति २०८०/०६/२१ गतेका दिन २५औं वार्षिकोत्सवका अवसरमा प्रदर्शन हुने सांस्कृतिक कार्यक्रमका लागि गठित सांस्कृतिक समितिको बैठक समितिका संयोजक डा. सुन्दर न्यौपानेको संयोजकत्वमा बस्यो । समितिले सांस्कृतिक कार्यक्रममा नृत्य प्रदर्शन गर्ने निर्णय गर्दै अर्को बैठकमा गीत र नृत्यमा सहभागी हुने सदस्यको नामावलीलाई अन्तिम रुप दिने निर्णय गर्यो ।
२. मंच तयारि समिति बैठक
मिति २०८०/०६/२१ मा मंच तयारि समितिको बैठक बस्यो । बैठकले मंचको स्वरूप, आवश्यक सामग्री र मंचको कार्यक्रममा सहभागी हुने सदस्य र पोशाक सम्बन्धि छलफल गर्यो ।
धन्यबाद !