Published Date: Sep 16, 2024
Expiry Date: Sep 21, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०५।३१ गते, सोमबार
अवधिः वि.सं. २०८१।०५।२३ देखि वि.सं. २०८१।०५।२९ गते सम्म (ई.सं. २०२४, ३७ औं हप्ता) ।
साप्ताहिक अंक: ३७/२०२४
१. कार्यकारिणी समितिको १३ औं बैठक सम्पन्न ।
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा वि.सं. २०८१।०५।२४ गते, केन्द्रीय कार्यालयमा कार्यकारिणी समितिको १३ बैंठक सम्पन्न भएको छ ।
२. लेखा परिक्षणका सुझाव कार्यान्वयन ।
आ.व. २०८०/०८० को लेखा परिक्षणले सुझाएका विषयहरू प्राथमिकताका साथ कार्यान्वयन गर्न सुझाव सहित सवन्धित कार्यालयहरूलाइ पत्राचार (च.नं. १०३४०, वि.सं. २०८१।०५।२६ गते ) गरिएको छ ।
३. दरभाउ आव्ह्रान ।
आम्दा नेपाल, केन्द्रीय कार्यालयका लागी आवश्यक छपाइ सम्वन्धि सरसामान खरिदका लागी वि.सं. २०८१।०५।२७ गते दरभाउ आव्ह्रान सहित सूचना नं. १०३४१ प्रकाशन गरिएको छ ।
४. पदपूर्ति सम्वन्धि सुचना प्रकाशन ।
USAID USAID Sustainable HIV Epidemic Control Project) १०२८९ प्रकाशन गरिएको छ ।
५. क्यान्सर परिक्षण कार्य योजना ।
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच वि.सं. २०८१।०५।०५ (संझौता नं. १०२७७) गते सम्पन्न संझौता बमोजिम स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षणका लागी कार्ययोजना तयार भएको छ ।
६. नियमित साप्ताहिक बैठक ।
बि.सं. २०८१।०५।३१ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | व्यवस्थापन कार्यशालाः आ.व. २०८१/०८२ का स्विकृत कार्ययोजना, नीति, नियमावली एवं कार्यविधिहरूमा संशोधन प्रस्ताव उपर छलफलका लागी वि.सं. २०८१।०७।०५ गते अगावै प्रतिवेदन समेत तयार भइ सक्ने गरी व्यवस्थापन कार्यशाला आयोजना गर्ने । | कार्यक्रम २०८१०६१० |
२ | श्रम परिक्षणः आ.व. २०८०/०८१ को श्रम परिक्षण सम्पन्न गरी वि.सं. २०८१।०६।२० गते अगावै सवन्धित श्रम कार्यालयमा प्रतिवेदन बुझाइ सक्ने व्यवस्था मिलाउने । | प्रशासन २०८१०६०६ |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | अन्तरशाखा समन्वय वैठकः समसायिक विषयमा छलफल गर्नु परेमा वा अन्य कार्यालयहरूबाट आएक चिठी पत्रहरूको अन्तरशाखा समन्वय आवश्यक देखिएमा हरेक दिन दिनको ३ वजे चिया समयमा अन्तरशाखा समन्वय बैठक गर्ने र तत्काल समाधानका विकल्प सहित उपयुक्त निर्णयार्थ पेश गर्ने/गराउने । | |
२ | समवेदनाः आम्दा अस्पताल दमकमा कार्यरत प्रशासक श्री सुमन नेपालको ममतामयी आमाको स्वर्गारोहण भएको यस दुखद घडीमा मृतकको आत्माको चिरशान्तीको कामना सहित शोकशन्तब्ध परिवारजनमा समबेदना प्रकट गर्ने । | |
धन्यबाद !