Published Date: Sep 02, 2024
Expiry Date: Sep 07, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०५।१७ गते, सोमबार
अवधिः वि.सं. २०८१।०५।०९ देखि वि.सं. २०८१।०५।१५ गते सम्म (ई.सं. २०२४, ३५ औं हप्ता) ।
साप्ताहिक अंक: ३५/२०२४


१. सम्माननीय प्रधानमन्त्री सँग भेटघाट ।
वि.सं. २०८१।०५।०८ गते दमकबासी सामाजिक अभियन्ताहरू श्री अम्बिका खनाल, श्री वोधराज घिमिरे, श्री यज्ञराज गिरी, डा. नेत्र बहादुर बुढाथोकी, श्री ढुण्डिराज भण्डारीहरूको अगुवाइमा आम्दा नेपालका सचिव डा. अनिल कुमार दास, सहसचिव डा. नविन ढकाल, आम्दा अस्पताल दमकका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश शर्मा, प्रशासक श्री सुमन नेपालले आम्दा अस्पताल दमकको सेवा सुदृढीकरण तथा पूर्वाधार विकाशको विषयमा सम्माननीय प्रधानमन्त्रीसँग आत्मिय भेटघाट गर्नुभएको छ । सम्माननीयज्यू, गैरनाफामूलक संस्था आम्दा नेपालले दमकमा सञ्चालन गरेको आम्दा अस्पतालबाट आम नागरिकले सरल र सहजरूपमा प्राप्त गरेकोमा धन्यवाद दिनुभएको छ ।

२. कार्यसम्पादन मूल्याङ्कन ।
विज्ञहरूबाट प्राप्त सुझाव समेतको आधारमा कार्यसम्पादन मूल्याङ्कनमा संवेदनशिल तत्व "Critical Elements" समेत छुट्टाइ, विशेष स्थान सहित वि.सं. २०८१।०५।२५ गते भित्र कार्यसम्पादन मूल्याङ्कन सम्पन्न गर्न/गराउन परिपत्र गरिएको छ ।

३. आन्तरिक व्यवस्थापन
आम्दा नेपाल मातहतका अस्पतालहरूमा गठित आन्तरिक व्यवस्थापन समिति पदाधिकारीहरूको सुचि अध्यावधिक गरिएको छ ।

४. पदपूर्तिको विज्ञापन प्रकाशन ।
आम्दा नेपालले यूएसएडको सहयोगमा सञ्चालन हुन सक्ने संभाव्य USAID Sustainable HIV Epidemic Control परियोजनाका लागी मुख्य पदहरूको पदपूर्तिका लागी विज्ञापन प्रकाशन गरिएको छ ।

५. नियमित साप्ताहिक बैठक
बि. सं. २०८१।०५।१७ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
योजना तथा कार्यक्रमः  आ.व. २०८१/०८२ को स्विकृत वार्षिक नीति, योजना, कार्यक्रम र वजेट संक्षिप्त विवरण सहित इकाइ प्रमुखहरूलाइ अभिमुखिकरण गर्ने/गराउने । लेखा
२०८१०६०७
पर्व तथा दिवसः  आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूले आ.व. २०८१/०८२ सम्पन्न गर्ने पर्व/दिवसको सुची अध्यावधिक गर्ने/गराउने । प्रशासन
२०८१०५१५
दर्ता/नविकरणः आम्दा नेपाल संस्था नविकरणका लागी प्राप्त हुनु पर्ने सिफारिश संकलन गरी नविकरण गर्ने । प्रशासन
२०८१०५१५
 
ख. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
कर्मचारी सन्तुष्टि सर्भेक्षणः कर्मचारी सन्तुष्टि सर्भेक्षणमा भाग लिनका लागी सुचना सहित वि.सं. २०८१।०५।२१ गते पेश गर्न पुन अनुरोध गर्ने ।
मासिक प्रतिवेदनः आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूबाट मासिक प्रगति प्रतिवेदन संकलन गरी वेभसाइडमा प्रकाशन गर्न आवश्यक व्यवस्था गर्ने ।

 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map