Updates (3)
Published Date: Aug 23, 2023
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान Expiry Date: Aug 27, 2023
दमक,झापा
प्रकाशन मितिः २०८०।०५।०४ गते, सोमवार
(अवधि वि.सं. २०८०।०४।२९ देखि २०८०।०५।०३ सम्म । इ.सं. २०२३, ३३ औं हप्ता)
१. आम्दा ईन्टरनेशनलको प्रतिनिधिको भ्रमण
मिति २०८०/०४/३० गते मंगलवारको दिन आम्दा ईन्टरनेशनलका कार्यक्रम अधिकृत श्री अर्चना जोशीको नेतृत्वमा AMDA Junior and High School Student Club का टोलीबाट यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रमणका साथै अध्यनरत विद्यार्थीहरुसंग आ-आफ्नो सांस्कृतिक, परम्परा, रहनसहन बारे अन्तरक्रिया कार्यक्रम भएको छ l
२. Comprehensive Community Field अन्तर्गत Grand Presentation कार्यक्रम
मिति २०८०/०४/३० गते यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको Comprehensive Community Field मा रहेका सामान्य चिकित्सा अन्तिम वर्षका विद्यार्थीहरुबाट मेचीनगर १० मा अवस्थित शिवालय मन्दिरमा Grand Presentation कार्यक्रम संचालन गरेको छ l उक्त कार्यक्रममा वडाको स्वास्थ्य अवस्था सम्बन्धित तथ्यांक प्रस्तुतका साथै विभिन्न जनचेतनामूलक नाट्य प्रस्तुति गरिएको छ l
३. निरन्तर कक्षा संचालन साथै Comprehensive Clinical Posting भईरहेको
यस आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सम्पूर्ण संकायको पठनपाठन साथै सामान्य चिकित्सक र नर्सिङ संकायको अन्तिम वर्ष तर्फका विद्यार्थीहरुको Comprehensive Clinical Posting को निमित्त आम्दा अस्पताल दमक, दमक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, धुलाबारी र आम्दा मेची अस्पताल र गौरादह स्वास्थ्य केन्द्रमा निरन्तर रुपमामा संचालन भईरहेको छ l