Published Date: Aug 04, 2024
Expiry Date: Aug 10, 2024

आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८१।०४।२८ गते, सोमवार
अवधिः वि.सं. २०८१।०४।२० देखि २०८१।०४।२६ गतेसम्म (ई.सं. २०२४, ३२औं हप्ता) ।
साप्ताहिक अंक: ३२/२०२४
 
१. विश्व स्तनपान सप्ताह विशेष कार्यक्रम सम्पन्न
अगस्त १ देखि ७ सम्म विश्वव्यापी रूपमा मनाइने विश्व स्तनपान सप्ताहका अवसरमा मिति २०८१/०४/२१ का दिन सिद्धार्थ बाल तथा महिला अस्पतालमा एक जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो । “स्तनपान समानता: सबैको सहयोग र सहभागिता” मूल नाराका साथ मनाइएको सप्ताह विशेष कार्यक्रममा स्तनपान गराइरहेका आमाहरूलाई सहभागिता गराइएको थियो । मे.सु. डा. बिनोद कुमार पराजुली, बालरोग विशेषज्ञद्वय डा. अरुण पोख्रेल र डा. सुन्दर न्यौपाने तथा मेट्रोन श्री सुशीला विश्वकर्माद्वारा मन्तव्य राखिएको कार्यक्रममा नरसिंग कर्मचारीहरूद्वारा स्तनपानको सही आसन बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
 
२. Hospital Preparedness for Emergencies (HOPE) तालिममा सहभागिता
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजनामा मिति २०८१/०४/२२ गतेदेखि २०८१/०४/२५ गतेसम्म नेपालगन्जमा संचालन भएको Hospital Preparedness for Emergencies (HOPE) तालिममा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालका प्रशासक श्री खगेन्द्र ब. क्षेत्रीको सहभागिता रह्यो ।
 
३. अस्पतालमा उपचाररत विपन्न बिरामीलाई आर्थिक सहयोग  
करिब १८ दिन देखि आइसीयु मा उपचाररत रहेका  वर्ष ५ का दिवांश थारुको कमजोर आर्थिक अवस्थाका कारण मेट्रोन श्री शुशिला विश्वकर्मा तथा मे. सु. डा. विनोद कुमार पराजुलीको समन्वयमा समाजसेवी श्री रेखा मालपानीबाट आर्थिक सहयोग प्राप्त भयो । अज्ञात कारणबाट अचेत अवस्थामा मिति २०८१/०४/०७ गते सि.बा.म. अस्पताल आएका बर्दघाट, परासीका दिवांश थारुको लक्षणको आधारमा सर्पदंशको उपचार गरि स्वस्थ भई मिति २०८१/०४/२५ गते घर फिर्ता भएका थिए ।
 
  
तस्विरहरू:
विश्व स्तनपान सप्ताह विशेष कार्यक्रमको दृश्य
सर्पदंशका कारण अचेत अवस्थामा अस्पताल आएका दिवांश थारुको शुरुवाती अवस्था-आर्थिक सहयोग र घर फिर्तीको अवस्था
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map