Published Date: Aug 12, 2024
Expiry Date: Aug 17, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०४।२८ गते, सोमबार
अवधिः वि.सं. २०८१।०४।२० देखि वि.सं. २०८१।०४।२६ गते सम्म (ई.सं. २०२४, ३२ औं हप्ता) ।
साप्ताहिक अंक: ३२/२०२४
१. कार्यकारिणी समिति निर्णय कार्यान्वयन ।
वि.सं. २०८१।०१४।१३ गते आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षता सम्पन्न कार्यकारिणी समितिको एघारौं बैठकका निम्न निर्णयहरू कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइएको छ ।
- आम्दा इन्टरनेशनलका अध्यक्षको भ्रमण व्यवस्था
- संस्था नविकरण
- NOFO सुचनामा तोकिएको शर्त पुरा गर्ने जिम्मेवारी
- सेवा शुल्क संशोधन
- निर्माण समिति गठन
- कर्मचारी पदपूर्ति
- बढुवा
- मुख्य व्यवस्थापक जिम्मेवारी
- दरवन्दी थप
- आमन्त्रित सदस्यको बैठक भत्ता
- सहभागिता खर्च
- जिम्मेवारी तोकिएको पद तह सरहको सुविधा
- खरिद सहमति
- आधारतह कायम
- कर्मचारी नियुक्ति
- राजिनामा स्विकृत
आम्दा नेपालले सञ्चालन गर्दै आएको र्इपिक परियोजनाको इसं २०२४ जूलाइ महिनाको मासिक वित्तिय प्रतिवेदन FHI360 समक्ष पेश गरिएको छ ।
३. क्यान्सर परिक्षण कार्यक्रमको प्रगति प्रतिवेदन ।
गोकर्णेश्वर नगरपालिकाको सहयोगमा आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण कार्यक्रमको मासिक प्रगति प्रतिवेदन वि.सं. २०८१।०४।२३ गते पेश गरिएको छ ।
४. परफरमेन्स बोन्ड जफत गरिने जानकारी ।
आम्दा नेपालसँग गरेको संझौता विपरित काम गर्ने आपूर्तिकर्ताको परफरमेन्स वोन्ड जफत गरिने व्यहोराको जानकारी सम्वन्धित पक्षलाइ च.नं. १०८१३ वि.सं. २०८१।०४।२४ गतेको पत्र मार्फत जानकारी गराइएको छ ।
५. सुचीदर्ताका लागी सुचना प्रकाशन ।
आम्दा नेपाललाइ आवश्यक पर्ने वस्तु र सेवा खरिदका लागी इच्छुक आपूर्तिहरूबाट सुचिदर्ताका लागी निवेदन पेश गर्न वि.सं . २०८१।०४।२५ गते सुचना नं. १०१८५ प्रकाशन गरिएको छ ।
६. सामाजिक सञ्जालको प्रयोग ।
आम्दा नेपालका आन्तरिक सुचनाहरूलाइ व्यवस्थित रूपमा प्रयोग गर्न गराउन सामाजिक सञ्जालको प्रयोग सम्वन्धमा वि.सं. २०८१।०४।२६ गते टि.नं. १०१८६ वमोजिम एक कार्यविधि लागु गरिएको छ ।
७. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०४।२८ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | नियमित निरिक्षण र मर्मत संभारः कार्यालय प्रयोजनको लागी प्रयोग हुने छपार्इ नमूना प्रयोग कार्यविधि तयार गर्ने, हाल प्रचलनमा रहेका छपार्इ नमुना संकलन गरी अध्यावधिक गराउने, नयाँ ढाँचा एवं नमुना प्रयोगमा ल्याउन आवश्यक व्यवस्था मिलाउने, नयाँ ढाँचा र नमुनालार्इ वेभसार्इडमा राख्ने व्यवस्था मिलाउने |
कार्यक्रम २०८१०५२५ |
२ | प्रतिवेदनः आम्दा नेपालसँग सम्वन्धित लेख, रचना, सुचनामूलक जुनसुकै प्रकाशनहरू संकलन गरी सुरक्षित भण्डारण गर्ने, नियमित समाचार/गतिविधि प्रवाह कार्यविधि अध्यावधिक गर्ने, समाचार एवं गतिविधिहरू नियमित प्रवाह गर्ने व्यवस्था मिलाउने, कार्यालयस्तरबाट आफ्ना गतिविधिहरू प्रकाशन एवं सार्वजनिक भए नभएको रूजु गर्ने, आम्दा नेपालको गतिविधि प्रकाशनको व्यवस्था मिलाउने, आम्दा नेपालको वेभसार्इडलार्इ अध्यावधिक गराउने, समाज कल्याण परिषद्मा तोकिएको ढाँचामा विवरण बुझाउन लगाउने, स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, स्थानिय निकायमा पेश भएको प्रतिवेदन संकलन गरी सुरक्षित भण्डारणको व्यवस्था मिलाउने |
कार्यक्रम २०८१०५२५ |