Updates (3)
Published Date: Aug 05, 2024
Expiry Date: Aug 12, 2024
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान
दमक, झापा
दमक, झापा
प्रकाशन मितिः २०८१।०४।२१ गते, सोमवार
(अवधि वि.सं. २०८१।०४।१४ देखि २०८१।०४।२० सम्म । इ.सं. २०२४, ३१ औं हप्ता)
१. कक्षा सञ्चालन
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान,दमकमा शैक्षिक सत्र २०८०/०८१ मा अध्ययनरत विद्यार्थी पठनपाठन निरन्तर रुपमा संचालन भएको छl
२. क्लिनिकल पोष्टिङ्ग
सामान्य चिकित्सा कार्यक्रम दोश्रो वर्षका विद्यार्थीहरूको आम्दा अस्पताल र लखनपुर स्वास्थ्य चौकी, कमल -६ मा एक महिने क्लिनिकल पोष्टिङ्ग निरन्तर सञ्चालन भइरहेको छ।
३. आन्तरिक परीक्षा सुचारु
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकमा अध्ययनरत मेडिकल ल्याव टेक्नोलोजी पहिलो, र सामान्य चिकित्सा पहिलो वर्षका विद्यार्थीहरुको यहि मिति २०८१।०४।२० गते आइतबार देखि तेश्रो आन्तरिक परीक्षा सुचारु भएको छ।
४. प्रवेश परीक्षा आवेदन फाराम
शैक्षिक सत्र २०८१/०८२ का लागि प्रवेश परीक्षा मिति २०८१ श्रावण १९ गते सम्पन्न भएको छ । जसमा नर्सिङ्ग कार्यक्रम -४८८, सामान्य चिकित्सा कार्यक्रम-२५, मेडिकल ल्याव टेक्नोलोजी-९, डायाग्नोष्टिक रेडियोग्राफी-१ र फिजियोथेरापी-४ जनाले प्रवेश परीक्षा दिइएका थिए।
५. Grand Presentation in Service
नर्सिंग कार्यक्रम तेस्रो वर्ष अध्ययनरत विद्यार्थीहरुले पाठ्यक्रम अनुसार Grand Presentation in Service विषयमा मिति २०८१।०४।२० गते सम्पन्न भएको छ।