Published Date: Jul 31, 2023
Expiry Date: Aug 05, 2023
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०४।१५ गते, सोमवार
अवधिः वि.सं. २०८०।०४।०७ देखि २०८०।०४।१३ गते सम्म (ई.सं. २०२३, ३० औं हप्ता) ।
साप्ताहिक अंक: ३०/२०२३
१. अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिका विच सम्पन्न समझदारी अनुरूप सञ्चालन हुदै आएको स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको अर्धवार्षिक समिक्षा गोष्ठी नगरप्रमुख श्री दिपक रिजालको प्रमुख आतित्थतामा वि.सं. २०८०।०४।१२ गते सम्पन्न भएको छ ।
२. आ.व. २०७९।८० को लेखापरिक्षण
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजना लगायतका कार्यक्रमहरुको आ.व. २०७९।८० को लेखापरिक्षण अन्तिम चरणमा रहेको छ ।
३. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०४।१५ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | बिदा र सरुवाः आम्दा अस्पतालमा कार्यरत स्त्री रोग विषेशज्ञको बिदा र सि.वा.म. अस्पतालमा कार्यरत फार्मेशी अधिकृतको सरुवा । | २०८००३०८ अच्युत सापकोटा |
सम्पन्नः स्त्रि रोग विशेषज्ञ चिकित्सकलाइ तीन महिना वेतलबी विदा प्रदान गर्ने निर्णय भएको छ । आम्दा अस्प्तालको राय वमोजिम फार्मेशी अधिकृतको सरूवा निवेदन स्विकृत नभएको जानकारी गराइएको छ । |
२ | PIN अध्यावधिक गर्नेः आम्दा नेपालमा काजगीरूपमा रहेका सम्पूर्ण कागजातलाइ स्क्यान गरी डिजिटलाइज गर्ने र सुरक्षित भण्डारणको व्यवस्था गर्ने । |
२०८००३१५ राम बाबु देव |
सम्पन्नः हालसम्म क्यान भइ सकेका फायलहरूलाइ आम्दा नेपालको सर्भर र क्लाउडमा htpp:// …. राखिएको छ । थप क्यान गर्ने काममा रिसेप्शनिष्टलाइ तालिम प्रदान गरिएको छ । |
३ | भौतिक परिक्षणः वित्त नियन्त्रक रश्मी पुतुवारको संयोजकत्वमा स्टोरको भौतिक परिक्षण गर्न तिन सदस्यिय समिति गठन |
रश्मी पुतुवार रेनुका बस्नेत पार्वति भट्ट |
भौतिक परिक्षण सम्पन्न/ प्रतिवेदन प्राप्त हुन बाँकि |
४ | नीति नियम, कार्यविधि अध्यावधिक गर्ने । आम्दा नेपालले स्विकृत गरेका नीति, नियम एवं कार्यविधिकहरूको सुची आम्दा नेपालको वेभसाइडमा सुचिकृत गर्ने |
२०८००३२९ सुदेश रेग्मी |
सम्पन्नस्विकृत नीति, नियम, कार्यविधिहरू आम्दा नेपालको वेभसाइड http:// …… मा सुचिकृत गरिएका छन् । |
५ | समझदारी/संझौता अध्यावधिक गर्ने । आम्दा नेपालले अन्य संस्थाहरूसँग गरेका समझदारी/संझौताहरूको सुचि संग्रहित गरी आम्दा नेपालको वेभसाइडबाट हेर्न मिल्ने गरी क्रमवद्द सुचिकृत गर्ने |
२०८००३२० उमेश आचार्य |
सम्पन्नस्विकृत नीति, नियम, कार्यविधिहरू आम्दा नेपालको वेभसाइड http:// …… मा सुचिकृत गरिएका छन् । |
६ | कार्य सम्पादन मुल्याङ्कनः कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन कार्यविधि अध्यावधिक गर्न आवश्यक तिन महले तयार गर्ने । | २०८००३२२ अच्युत सापकोटा |
… |
७ | ई-मेल व्यबस्थापनः आम्दा नेपालको डोमिनमा खोलिएका ई-मेलहरु सबै कर्मचारीहरुका लागी आवश्यक नहुने देखिएकाले क-कसलाई आम्दाको ई-मेल आवश्यक पर्ने हो नामावली सहित विवरण पेश गर्न आम्दा नेपाल अन्तर्गतका कार्यालयहरुलाई पत्राचार गरिएकोमा केहिबाट मात्र जवाफ प्राप्त भएकाले दुई दिनको सूचना दिई स्वतः निष्क्रिय हुने व्यहोरा जानकारी गराई कार्यान्वयन गर्ने । | रामबाबु |
सम्पन्नः आम्दा नेपाल अन्तर्गतका संपुर्ण कार्यालयहरुलाई जानकारी गराइ प्राप्त सुचि http:// …… र्इमेलल एकाउन्टहरू अध्यावधिक गरिएको छ । |
८ | लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्तिः अर्को व्यबस्था नभए सम्म जनशक्ति व्यबस्थापनको जिम्मेवारी लिएको कर्मचारीलाई लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्तिका रुपमा तोक्न पत्राचार गर्ने र सो कार्यलाई जनशक्ति इकाइको काम, कर्तव्य विवरणमा समावेश गर्ने । | २०८००३२० अच्युत सापकोटा |
|
९ | प्रतिवेदन तयार गर्नेः आ.व. २०७९/८० को अन्तिम लेखा परिक्षण शुरू हुनु आगावै यस अघि को परिक्षकले सुझाएका सुझावहरू कार्यान्वयन भएको एकिन गर्ने र सोको प्रतिवेदन तयार गर्ने । | २०८००३२५ रश्मी पुतुवार |
|
१० | प्रतिवेदनहरु वेवसाइटमा प्रकाशन गर्नेः आम्दा नेपालमा प्राप्त हुने जुनसुकै प्रकारको प्रतिवेदनहरू (निरिक्षण, अनुगमन, भ्रमण, अनुसन्धान, सर्भेक्षण, आदी) को डिजिटल प्रति आम्दा नेपालको वेवसाइटमा व्यवस्थित तवरले सुरक्षित राख्ने । | २०८००३२५ रामवावु देव |
|
११ | नागरिक वडा पत्र अध्यावधिक गर्ने | २०८००३३० रामबाबु देव |
|
१२ | आ.व. २०७९।८० को प्रतिवेदनः आ.व. २०७९।८० मा गरिएका निम्न कार्यहरुको बार्षिक प्रतिवेदन पेश गर्ने । |
२०८००४१५ - प्रगति प्रतिवेदन: अच्युत सापकोटा - नीति/नियमः उमेश आचार्य - लेखा परिक्षणः रश्मी पुतुवार - पत्राचारः उमेश आचार्य - आ.व. २०८०।८१ Year Book उमेश/रश्मी |
|
१३ | लेनदेनको सूचना दिनेः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, परियोजना तथा शैक्षिक कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालनका क्रममा कुनै व्यक्ति, संस्था वा आपुर्तिकर्ता सँगको लिनदेनका बारेमा जानकारी लिने । | २०८००४१५ उमेश आचार्य |
|
१५ | AMC नविकरण नहुनेः आम्दा नेपालले प्रयोग गरिआएको Midas सफ्टवेयरको सट्टमा अर्को सफ्टवेयर आ.व. २०८०/८१ देखि शुरु गर्ने भएकाले Midas सँगको AMC नविकरण नहुने ब्यहोरा जानकारी गराउने । | उमेश आचार्य | सम्पन्न संवन्धित सेवा प्रदायकलाइ पत्र http://... मार्फत जानकारी गराइएको छ । |
१६ | प्रतिवेदन अध्यावधिक गर्ने आम्दा नेपाल मातहतका कार्यालयहरूसँग सवन्धित प्रतिवेदनहरूलाइ आम्दा नेपालको वेभसाइड मार्फत हेर्न मिल्ने गरी अध्यावधिक गर्ने । |
२०८००४१५ रामबाबु देव |
|
१९ | कार्य सम्पादन मुल्याङ्कनका लागि सूचना प्रकाशन गर्नेः आम्दा नेपाल केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन गर्न सूचना प्रकाशन गर्ने निर्णय गरियो । | २०८००४०९ अच्युत सापकोटा |
सम्पन्नका.स.मु. भरी वुझाउन मिति ..... मा सुचना प्रकाशन http:// …… भएको छ । |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | समय तालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | कर्मचारी तालिम तथा क्षमता विकाशः वार्षिक कार्यक्रममा उल्लेख भएका तालिमका लागी कार्यसुची बनाउने र डिमान्ड सर्भे सम्पन्न गरी, विवरण सहित पेश गर्ने । |
२०८००४३० अच्युत सापकोटा |
|
२ | नियमित मरमत संभार विवरण आ.व. २०८०/०८१ भरमा केन्द्रीय कार्यालयमा रहेका सरसामान, उपकरण, सवारी साधान, भवन, परिसर लगायतको मरमत संभार तालिका अध्यावधिक गरी वेभसाइडमा राख्ने । |
२०८००४३० उमेश आचार्य |
|
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | समय तालिका जिम्मेवारी | प्रगति विवरण |
१ | पुराना सवारी साधानको व्यवस्थापनः आम्दा नेपालमा रहेका पुराना सवारी साधान मध्ये पूर्व निर्णय वमोजिम जम्मा एउटा स्कुटर र एउटा मो.सा. वाहेक अन्य मोटरसाइकल/स्कुटरहरूलाइ तत्काल व्यवस्थापन गर्न पहिलो चरणमा कुनै कार्यालयमा आवश्यक छ/छैन वुझ्ने, दोश्रो चरणमा लिलामी गर्न प्रयत्न गर्ने, नभए नष्ट गर्ने । |
२०८००६२५ उमेश आचार्य |
|
२ | परियोजनाबाट सोधभर्ना लिने आम्दा नेपाल मातहतको जुनसुकै परियोजनामा संस्थाको सवारीसाधान, उपकरण, जनशक्ति लगायतका श्रोत प्रयोग भएकोमा संवन्धित परियोजनाबाट नियमानुसार सोधभर्ना लिने । |
२०८००४२० रश्मी पुतुवार |
|
- गतहप्ताका गतिविधिका तस्विरहरू
- अर्धवार्षिक समिक्षा गोष्ठी http://....
- स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण शिविर http://.....
- ......