Published Date: Jul 24, 2023
Expiry Date: Jul 29, 2023
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०४।०८ गते, सोमवारजोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८०।०३।३१ देखि २०८०।०४।०६ गते सम्म (ई.सं. २०२३, २९ औं हप्ता) ।
साप्ताहिक अंक: २९/२०२३
१. संझौता सम्पन्न
आम्दा नेपालको वेब साईट Hosting को काम यस अघि वल्ड लिङ्क कम्युनिकेसनले गर्दै आएकोमा उक्त कार्यको जिम्मेवारी परिवर्तन गर्ने वि.सं. को २०८०।०४।०५ को निर्णय बमोजिम Web Hosting Service उपलब्ध गराउन आम्दा नेपाल र मर्केन्टाइल कम्युनिकेसन प्रा.लि. विच वि.सं.२०८०।०५।०७ गते संझौता (#००९२६६) गरिएको छ ।
२. आ.व. २०७९।८० को लेखापरिक्षण
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल/परियोजना लगायतका कार्यक्रमहरुको आ.व. २०७९।८० को लेखापरिक्षण शुरु भएकोमा केन्द्रिय कार्यालयको परिक्षण कार्य सम्पन्न भएको छ ।
३. नियमित साप्ताहिक बैठक
बि. सं २०८०।०४।०८ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समयतालिका |
१ | छपाई नमुना अध्यावधिक गर्नेः आम्दा नेपालको प्रशासनिक काममा प्रयोग भइरहेको छपाइ नमुनाहरु अध्यावधिक गरि नमुनाहरु आम्दा नेपालको वेभसाईटमा राख्ने । अध्यावधिक गरिने सम्पूर्ण नमूनाहरू आ.व. २०८०/०८१ बाट अनिवार्य प्रयोगमा ल्याउने । | सुदेश रेग्मी |
सम्पन्न । अध्यावधिक गरिएका छपालइ नमूना तथा ढाँचाहरू आम्दा नेपालको वेभसाइडमा राखिएका छन् । |
२ | बिदा र सरुवाः आम्दा अस्पतालमा कार्यरत स्त्री रोग विषेशज्ञको बिदा र सि.वा.म. अस्पतालमा कार्यरत फार्मेशी अधिकृतको सरुवा सम्बन्धमा | अच्युत सापकोटा | २०८००३०३ |
३ | PIN अध्यावधिक गर्ने | राम बाबु देव | २०८००३१५ |
४ | भौतिक परिक्षणः वित्त नियन्त्रक रश्मी पुतुवारको संयोजकत्वमा स्टोरको भौतिक परिक्षण गर्न तिन सदस्यिय समिति गठन |
रश्मी पुतुवार रेनुका बस्नेत पार्वति भट्ट |
सम्पन्न/ प्रतिवेदन प्राप्त हुन बाँकि |
५ | नीति नियम, कार्यविधि अध्यावधिक गर्ने । | सुदेश रेग्मी |
२०८००३२९ |
६ | समझदारी/संझौता अध्यावधिक गर्ने । | उमेश आचार्य |
२०८००३२० |
७ | कार्य सम्पादन मुल्याङ्कनः कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन कार्यविधि अध्यावधिक गर्न आवश्यक तिन महले तयार गर्ने । | अच्युत सापकोटा |
२०८००३२२ |
८ | ई-मेल व्यबस्थापनः आम्दा नेपालको डोमिनमा खोलिएका ई-मेलहरु सबै कर्मचारीहरुका लागी आवश्यक नहुने देखिएकाले क-कसलाई आम्दाको ई-मेल आवश्यक पर्ने हो नामावली सहित विवरण पेश गर्न आम्दा नेपाल अन्तर्गतका कार्यालयहरुलाई पत्राचार गरिएकोमा केहिबाट मात्र जवाफ प्राप्त भएकाले दुई दिनको सूचना दिई स्वतः निष्क्रिय हुने व्यहोरा जानकारी गराई कार्यान्वयन गर्ने । | रामबाबु | आम्दा नेपाल अन्तर्गतका संपुर्ण कार्यालयहरुलाई जानकारी गरिएको र इ-मेल निष्क्रिय गर्ने क्रममा रहेको |
९ | लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्तिः अर्को व्यबस्था नभए सम्म जनशक्ति व्यबस्थापनको जिम्मेवारी लिएको कर्मचारीलाई लैङ्गिक हिंसा सम्बन्धी शिकायत लिने व्यक्तिका रुपमा तोक्न पत्राचार गर्ने र सो कार्यलाई जनशक्ति इकाइको काम, कर्तव्य विवरणमा समावेश गर्ने । | अच्युत सापकोटा | २०८००३२० |
१० | प्रतिवेदन तयार गर्नेः आ.व. २०७९/८० को अन्तिम लेखा परिक्षण शुरू हुनु आगावै यस अघि को परिक्षकले सुझाएका सुझावहरू कार्यान्वयन भएको एकिन गर्ने र सोको प्रतिवेदन तयार गर्ने । | रश्मी पुतुवार | २०८००३२५ |
११ | प्रतिवेदनहरु वेवसाइटमा प्रकाशन गर्नेः आम्दा नेपालमा प्राप्त हुने जुनसुकै प्रकारको प्रतिवेदनहरू (निरिक्षण, अनुगमन, भ्रमण, अनुसन्धान, सर्भेक्षण, आदी) को डिजिटल प्रति आम्दा नेपालको वेवसाइटमा व्यवस्थित तवरले सुरक्षित राख्ने । | रामवावु देव | २०८००३२५ |
१२ | नागरिक वडा पत्र अध्यावधिक गर्ने | रामबाबु देव |
२०८००३३० |
१३ | आ.व. २०७९।८० को प्रतिवेदनः आ.व. २०७९।८० मा गरिएका निम्न कार्यहरुको बार्षिक प्रतिवेदन पेश गर्ने । - प्रगति प्रतिवेदन- अच्युत सापकोटा - नीति/नियम- उमेश आचार्य - लेखा परिक्षण- रश्मी पुतुवार - पत्राचार- उमेश आचार्य - आ.व. २०८०।८१ Year Book- उमेश/रश्मी |
||
१४ | लेनदेनको सूचना दिनेः आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, परियोजना तथा शैक्षिक कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालनका क्रममा कुनै व्यक्ति, संस्था वा आपुर्तिकर्ता सँगको लिनदेनका बारेमा जानकारी लिने । | उमेश आचार्य | २०८००४१५ |
१५ | AMC नविकरण नहुनेः आम्दा नेपालले प्रयोग गरिआएको Midas सफ्टवेयरको सट्टमा अर्को सफ्टवेयर आ.व. २०८०/८१ देखि शुरु गर्ने भएकाले Midas सँगको AMC नविकरण नहुने ब्यहोरा जानकारी गराउने । | उमेश आचार्य | सम्पन्न |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी | समय तालिका |
१ | प्रतिवेदन अध्यावधिक गर्ने | रामबाबु देव |
२०८००४१५ |
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी | समयतालिका |
१ | कार्य सम्पादन मुल्याङ्कनका लागि सूचना प्रकाशन गर्नेः आम्दा नेपाल केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीहरुको कार्य सम्पादन मुल्याङ्कन गर्न सूचना प्रकाशन गर्ने निर्णय गरियो । | अच्युत सापकोटा |
२०८००४०९ |