Published Date: Jul 08, 2024
Expiry Date: Jul 13, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०३।२४ गते, सोमबार
अवधिः वि.सं. २०८१।०३।१६ देखि वि.सं. २०८१।०३।२२ गते सम्म (ई.सं. २०२४, २७ औं हप्ता) ।
साप्ताहिक अंक: २७/२०२४
१. कार्यक्रम समिक्षा बैठक सम्पन्न ।
गोकर्णेश्वर नगरपालिका र आम्दानेपालविच सम्पन्न संझौता वमोजिम स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर कार्यक्रमको समिक्षा बैठक वि.सं. २०८१।०३।१९ गते सम्पन्न भएको छ । समिक्षा बैठकमा उपस्थित गोकर्णेश्वर नगरपालिका वडा. नं. ५ का वडाध्यक्ष श्री नारायण सुवेदी, वडा नं. ६ का वडाध्यक्ष श्री नवराज लामा, आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालले विशेष मन्तव्य राख्दै, सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद सहित कार्यक्रमको निरन्तरताका लागी सम्वन्धित पक्षलाइ अनुरोध गर्नु भएको थियो ।
२. परियोजना सहयोग सम्वन्धि बैठक सम्पन्न ।
आम्दा नेपालले हालसम्म FHI360 मार्फत सञ्चालन गर्दै आएको इपिक परियोजना अक्टोबर १ उप्रान्त USAID को प्रतक्ष्य अनुदान सहयोगमा सञ्चालन गर्ने विषयमा वि.सं. २०८१।०३।२१ गते USAID को कार्यालयमा छलफल बैठक सम्पन्न भएको छ । यस बैठकमा आम्दा नेपालबाट डा. दिनेश बिनोद पोख्रेल, डा. सरोज प्रसाद वझा, कार्यक्रम निर्देशक सुदेश रेग्मी, वित्त नियन्त्रक श्री रश्मी पुतुवार समेतको सहभागिता रहेको थियो ।
३. तालिम सम्पन्न ।
आम्दा नेपालका परियोजना प्रवन्धक श्री सुमन नेपाल, वित्त नियन्त्रक श्री रश्मी पुतुवार, र समुदाय सहायक श्री प्रनिता निरौला वि.सं. २०८१।०३।२० गते UNHCR ले आयोजना गरेको ACONIX तालिममा सहभागी हुनु भएको छ ।
४. तालिम सम्पन्न ।
गोकर्णेश्वर नगरपालिका र आम्दानेपालविच सम्पन्न संझौता वमोजिम स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर सञ्चालनमा महत्वपूर्ण मानिएको Thermal Ablation तालिम वि.सं. २०८१।०३।१६ देखी सञ्चालन भइ २०८१।०३।२१ गते सम्पन्न भएको छ । उक्त तालिममा आम्दा नेपालका बरिष्ठ अधिकृत श्री श्रृजना श्रेष्ठ समेतको सहभागिता रहेको थियो ।
५. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०३।२४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | अनुगमन मूल्याङ्कनः परियोजनाहरूको अनुगमन मूल्याङ्कन गराउने र अगिल्लो अवधिमा भएका अनुगमन मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित सुझावहरू कार्यान्वयन गराउने । |
कार्यक्रम २०८१०४१५ |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | नागरिक बडापत्रः केन्द्रिय कार्यालयको नागरिक वडापत्र आवश्यक संशोधन सहित अध्यावधिक गर्ने । |
कार्यक्रम २०८१०३२८ |
२ | सफ्टवेयर प्रयोगकर्ताको सुची अध्यावधिक: कार्यालय प्रयोजनका लागी आम्दा नेपालले प्रयोग गर्ने जुनसुकै सफ्टवेयरको प्रयोगकर्ताको सुचीको एक प्रति केन्द्रिय कार्यालयको आइटि शाखामा रहने व्यवस्था गर्ने । |
कार्यक्रम २०८१०३२८ |
३ | लिलाम बिक्रीः आम्दा नेपालमा प्रयोगहिन अवस्थामा रहेका सरसामान जे जस्तो अवस्थामा छ, सोही अवस्थामा लिलाम बिक्रीका सुचना प्रकाशन गर्ने । |
कार्यक्रम २०८१०३२४ |