Published Date: Jul 03, 2023
Expiry Date: Jul 09, 2023
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी, झापा
साप्ताहिक गतिविधि
आम्दा मेची अस्पताल
मेचीनगर १० , धुलावारी, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०३।१९ गते
(अवधि वि.सं. २०८०।०३।११ देखि २०८०।०३।१८ सम्म । ई.सं. २०२३, २६ औं हप्ता)
१. आम्दा मेची अस्पतालमा १ दिने Diabetes day “ सुगर डे” सम्पन्न भएको छ ।
श्री आम्दा मेची अस्पताल, धुलावारी, झापामाले प्रत्येक महिना गर्दै आएको निशुल्क मधुमेह परिक्षणको अवसरमा मिति २०८०।०३।१५ गते ४८ जनाको निशुल्क रगत परिक्षण सम्पन्न भएको छ ।
२. आम्दा मेची अस्पतालमा १ दिने Tuberculosis Screening Camp सम्पन्न भएको छ ।
श्री आम्दा मेची अस्पताल, धुलावारी, झापामा यस अस्पतालले प्रत्येक महिना गर्दै आएको निशुल्क मधुमेह परिक्षणको अवसरमा मितिः २०८०।०३।१५ गते मेचीनगर नगरपालिकाको आयोजनामा १ दिने निशुल्क क्षयरोग परिक्षण शिविर सम्पन्न गरिएको छ । उक्त अवसरमा २४ जनाको परिक्षण गरि १० जना संकास्पदको को खकार नमुना संकलन साथै १ जनाको निशुल्क छातीको एक्सरे गरिएको थियो ।
३. मेचीनगर नगरपालिकाको आयोजनामा द्रुत प्रतिकार्य टोलि तथा आपतकालीन चिकित्सकीय समूह परिचालन सम्बन्धि मा १ दिने अभिमुखीकरण कार्यक्रममा सहभागिता जनाईएको छ ।
मिति २०८० असार १८ गते सोमबार मेचीनगर नगरपालिकाको आयोजनामा द्रुत प्रतिकार्य टोलि तथा आपतकालीन चिकित्सकीय समूह परिचालन सम्बन्धि मा १ दिने अभिमुखीकरण कार्यक्रममा आम्दा मेची अस्पताल, धुलावारी, झापाको तर्फबाट सहभागिता जनाईएको छ ।
धन्यबाद !