Published Date: Jun 24, 2024
Expiry Date: Jun 29, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०३।१० गते, सोमबार
अवधिः वि.सं. २०८१।०३।०२ देखि वि.सं. २०८१।०३।०८ गते सम्म (ई.सं. २०२४, २५ औं हप्ता) ।
साप्ताहिक अंक: २५/२०२४
१. मोटरसाइकल स्थानान्तरण ।
आम्दा नेपालको केन्द्रीय कार्यालयमा रहेको प्लेट नं. को एक थान मोटरसाइकल आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग वमोजिम च.नं. १००१२ वि.सं. २०८१।०३।०४ गतेको पत्रसाथ बुटवल स्थानान्तरण गरिएको छ ।
२. क्यान्सर परिक्षण प्रस्तावना पेश ।
आम्दा नेपालले गोकर्णेश्वर नगरक्षेत्र भित्र विगत ३ वर्ष देखी सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण सेवाको निरन्तरता आवश्यक देखिएकोले च.नं. १००१४ वि.सं. २०८१।०३।०५ गतेको पत्र साथ गोकर्णेश्वर नगरपालिका समक्ष प्रस्तावना पेश गरिएको छ ।
३. इपिक परियोजना मूल्याङ्कन प्रतिवेदन जानकारी बैठक ।
समाज कल्याण परिषद् ले इपिक परियोजनाको मूल्याङ्कन सम्पन्न गरी टोलीले बुझाएको प्रतिवेदनको जानकारी बैठक वि.सं. २०८१।०३।०७ गते समाज कल्याण परिषद्मा सम्पन्न भएको छ । यस बैठकमा उपस्थित आम्दा नेपालका कार्यक्रम निर्देशक सुदेश रेग्मी र वित्त नियन्त्रक श्री रश्मी पुतुवारले मूल्याङ्कनको दौरान भएको खर्चको विवरण समेत च.नं. १००३३ वि.सं. २०८१।०३।०७ गतेको पत्र सहित बुझाउनु भएको छ ।
४. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०३।१० गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | नीति, नियम, कार्यविधि एवं निर्देशिकाः आम्दा नेपाललाइ आवश्यक नीति, नियम, कार्यविधि एवं निर्देशिकाहरू अध्यावधिक गर्ने । | कार्यक्रम २०८१०३३० |
२ | व्यवस्थापन कार्यशालाः आम्दा नेपालको व्यवस्थापन कार्यशालाले दिएका सुझावहरू अध्ययन गरी अध्यावधिक गर्ने । | कार्यक्रम २०८१०३३० |