Published Date: Jun 19, 2023
Expiry Date: Jun 25, 2023

आम्दा-नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही

साप्ताहिक गतिविधि

 

प्रकाशन मितिः २०८०।०३।१८ गते, सोमवार 
अवधिः वि.सं. २०८०।०३।०४ देखि २०८०।०३।१० गतेसम्म (ई.सं. २०२३,२५औं हप्ता)
साप्ताहिक अंक: २५/२०२३

१. बुटवल उप-महानगरपालिका-११, बुद्धनगरमा नि:शुल्क शिविर संचालन   

मिति २०८०/०३/०४ गते सोमवारका दिन बुटवल उप-महानगरपालिका -११, बुद्धनगरमा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा बालबालिकाहरूको पोषणको अवस्था सम्बन्धि नि:शुल्क स्वास्थ्य शिविर संचालन भयो । बुटवल उप-महानगरपालिका, नगर कार्यपालिकाको आयोजनामा सम्पन्न उक्त शिविरमा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको प्राविधिक सहयोग रहेको थियो । उक्त शिविरमा २३९ जना महिलाले पाठेघर एवं स्तन परिक्षण गराएकोमा ६० जनाको PAP smear जाँच गरिएको थियो भने ४ जनालाई रिङ्ग प्रेसरी लगाइएको थियो । बढी जनसंख्या र आर्थिक रूपले विपन्न समुदायको बसोबास रहेको वडा भएकाले पहिलो शिविर वडा नम्बर ११ मा संचालन भएपनि क्रमशः बुटवल उप-महानगरपालिकाका सम्पूर्ण वडाहरूमा यस्तो शिविर संचालन गरिने जानकारी उपमहानगर प्रमुख श्री खेलराज पाण्डेय एवं सि.बा.म. अस्पतालका प्रमुख डा. राजेन्द्र प्रसाद बस्यालले दिनुभयो ।

 

२. पत्रकार महिलाहरूका लागि नि:शुल्क शिविर संचालन     

बुटवल क्षेत्रका पत्रकार महिलाहरूलाई लक्षित गरि आम्दा-नेपाल सि.बा.म. अस्पतालमा “पत्रकार महिलाहरूको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर स्क्रिनिंग तथा १४ वर्ष मुनिका बालबालिकाहरूको पोषण अवस्था परिक्षण सम्बन्धी नि:शुल्क स्वास्थ्य शिविर” संचालन भएको छ मिति २०८०/०३/०६ गते संचालित उक्त शिविरमा पाठेघर तथा स्तन परिक्षण गराएका ४२ महिला पत्रकारहरू मध्ये २२ जनाको PAP smear जाँच गरिएको थियो । बुटवल उप-महानगरपालिकाले आयोजना गरेको उक्त शिविरमा आम्दा-नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पतालको  प्राविधिक भूमीका रहेको थियो                                                                                  

 

३. नियमित सरसफाई कार्यक्रम   

अस्पतालले प्रत्येक शुक्रवार गरिरहेको अस्पताल सरसफाई कार्यक्रमलाई २०८०/०३/०८ गते पनि निरन्तरता दिएको छ । यस अन्तर्गत अस्पताल परिसरलाई सरसफाई गरि स्वच्छ, सफा र आकर्षक राख्नका लागि सबै जनाको सहभागितामा निरन्तरता दिईदैआएको छ ।

४. तस्बिरहरु

 

 
महिलाहरू पत्रकारका नि:शुल्क शिविर_आम्दा-नेपाल सि.बा.म. अस्पतालमा_ 20800304


 

 

AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map