Published Date: Jun 17, 2024
Expiry Date: Jun 22, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०३।०३ गते, सोमबार
अवधिः वि.सं. २०८१।०२।२७ देखि वि.सं. २०८१।०३।०१ गते सम्म (ई.सं. २०२४, २४ औं हप्ता) ।
साप्ताहिक अंक: २४/२०२४
१. Performance Management Traning सम्पन्न ।
आम्दा नेपालको केन्द्रीय कार्यालयको संयोजन तथा FHI360 को सहयोगमा आम्दा नेपाल मातहत व्यवस्थापन तहमा कार्यरत कर्मचारीहरू Perormance Management सम्वन्धि २ दिने तालिम सम्पन्न भएको छ ।
२. प्रस्तावना पेश ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर आ.व. २०८१/०८२ समेत सञ्चालन गर्नका लागी गोकर्णेश्वर नगरपालिकामा प्रस्तावना पेश गरिएको छ । मातहतका अस्पतालहरूमा गठित आन्तरिक व्यवस्थापन समितिका पदाधिकारीहरूको विवरण अध्यावधिक गरिएको छ ।
३. एक्सरे मशिन प्राप्ति सहमति ।
काठमाण्डौबाट दमक सम्म आफ्नै खर्चमा लैजाने गरी आम्दा अस्पतालको प्रस्ताव वमोजिम अन्तराष्ट्रीय आप्रवासी संगठनबाट एक थान पुरानो एक्सरे प्राप्त गर्न सहमति प्रदान गरिएको छ ।
४. मासिक वित्तिय प्रतिवेदन पेश ।
आम्दा नेपालले सञ्चालन गर्दै आएको इपिक परियोजनाको मासिक वित्तिय प्रतिवेदन इसं जून ११, २०२४ तारेखमा एफएचआइमा पेश गरिएको छ ।
५. प्राविधिक प्रस्ताव छनौट ।
वि.सं. २०८१।०१।२१ गते प्रकाशन सुचना नं. ९९०१ वमोजिम आम्दा नेपालको केन्द्रीयको सभाहलको वाँकी निर्माण सम्वन्धि पुरा गर्नका लागी प्राप्त भएका प्रस्तावहरू मध्ये योग्त प्रस्तावकहरूको प्राविधिक प्रस्ताव छनौट (सुचना नं. १०००६) गरिएको छ ।
६. दरभाउ प्रस्ताव आव्ह्रानको सुचना प्रकाशन ।
आम्दा नेपालको लेखा व्यवस्थापनलाइ थप परिकृत गर्नका लागी लेखा व्यवस्थापन सम्वन्धि सफ्टवेयर खरिद गर्नका लागी वि.सं. २०८१।०२।३० गते दरभाउ प्रस्ताव आव्ह्रानको सुचना नं. १०००९ प्रकाशन गरिएको छ ।
७. भित्तेपात्रो वितरण ।
वि.सं. २०८१ सालको भित्ते पात्रो थप तयार गरि आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलको माग वमोजिम वितरण गरिएको छ ।
८. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०३।०३ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | लेखा परिक्षणः आम्दा नेपाल संस्थाको लेखा परिक्षणको लागी आवश्यक तयारी गर्ने र अगिल्लो अवधिमा भएको लेखा परिक्षण सुझावको कार्यान्वयन स्थिति अध्यावधिक गर्ने । | लेखा २०८१०३१५ |
२ | संग्रहः आम्दा नेपालका महत्वपूर्ण कागजात संकलन गरी सुरक्षित भण्डारण व्यवस्था गर्ने । | प्रशासन २०८१०३१५ |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | मोटरसाइकल स्थानान्तरणः आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवलको प्रयोजनको लागी एक थान मोटरसाइकल केका बाट स्थानान्तरण गर्ने । | प्रशासन २०८१०३१५ |