Updates (3)
Published Date: Jun 03, 2024
Expiry Date: Jun 08, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०२।२१ गते, सोमवारसिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८१।०२।१३ देखि २०८१।०२।१९ गतेसम्म (ई.सं. २०२४, २२औं हप्ता) ।
साप्ताहिक अंक: २२/२०२४
१. ‘आमा सुरक्षा कार्यक्रम’ स्वीकृति प्रक्रिया अन्तर्गत परिवार कल्याण महाशाखाबाट निरीक्षण भ्रमण
सि.बा.म. अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ संचालन गर्नका लागि अनुमति मागेको सन्दर्भमा मिति २०८१/०२/१४ गतेका दिन परिवार कल्याण महाशाखाबाट लक्ष्मी पाण्डेज्यू र प्रकाशज्यूको सि.बा.म. अस्पताल निरीक्षण कार्य सम्पन्न भयो । निरीक्षणका क्रममा निरीक्षकद्वयले ओपिडि, बच्चा वार्ड, प्रसूति वार्ड, अपरेसन थिएटर, पोष्ट अपरेटिव वार्ड आदिको भ्रमण गर्नुका साथै पीआईसीयु, एनआईसीयु, बिरामी संख्या, रेकर्ड प्रक्रिया आदि बारेमा जानकारी लिनुभयो । निजहरूबाट यस निरीक्षण भ्रमणको प्रतिवेदन महाशाखामा पेश भए पश्चात परिवार कल्याण महाशाखाबाट थप प्रक्रिया अगाडी बढ्ने जानकारी उहाँहरूबाट प्राप्त भयो ।
२. अस्पताल विकासका लागि समन्वय बैठक
मिति २०८१/०२/१७ गतेका दिन सि.बा.म. अस्पताल, बु.उ.म.न.पा. वडा नम्बर ७, शिवनगर सामुदायिक वन उपभोक्ता समिति र आम्दा लाइन टोल विकास संस्था बिच समन्वय बैठक सम्पन्न भयो । अस्पतालको शान्ति, सुरक्षा र विकासका लागि सबै पक्षले भूमिका खेल्ने सम्बन्धमा सौहार्दपूर्ण छलफल भयो । यसका लागि सबैको संयुक्त पहलमा अस्पताललाई तारबार गरि सुरक्षित बनाउने सम्बन्धमा वृहत छलफल भई मिति २०८१/०२/१९ गतेका दिन सबै जनाको उपस्थितिमा अस्पतालसँग जोडिएको कमलपोखरीका लागि वैकल्पिक बाटोको पहिचान गर्ने निर्णय भयो ।
तस्विरहरू:
‘आमा सुरक्षा कार्यक्रम’ स्वीकृति प्रक्रिया अन्तर्गत परिवार कल्याण महाशाखाबाट निरीक्षण भ्रमण | अस्पताल विकासका लागि समन्वय बैठक मिति २०८१/०२/१७ गतेका दिन बसेको बैठक |