Published Date: May 30, 2023
Expiry Date: Jun 04, 2023

आम्दा नेपाल

सिद्धार्थ बाल तथा महिला अस्पताल
दीपनगर, बुटवल-७, रूपन्देही

साप्ताहिक गतिविधि

 

प्रकाशन मितिः २०८०।०२।१६ गते, मंगलवार
अवधिः वि.सं. २०८०।०२।०८ देखि २०८०।०२।१४ गतेसम्म (ई.सं. २०२३,२१औं हप्ता) ।
साप्ताहिक अंक: २१/२०२३

१. नर्सिंग स्टाफलाई नरप्लान्ट तालिम  

प्रादेशिक स्वास्थ्य तालिम केन्द्र, बुटवलले परिवार नियोजन संघ, बुटवलमा २०८०/०२/१० देखि १७ गतेसम्म आयोजना गरेको ८ दिने नरप्लान्ट तालिममा अस्पतालका स्टाफ नर्स श्री मीमु आले मगर सहभागी हुनुभएको छ ।

२. सेवाग्राहीबाट अस्पताललाई पंखा सहयोग 

रामनगर, बुटवल निवासी यस अस्पतालका सेवाग्राही श्री अर्जुन पाण्डेले आफ्ना सुपुत्र आर्यन पाण्डेको शुभ जन्मोत्सवको अवसर पारेर यहि मिति २०८०/०२/१२ गते अस्पताललाई ५ थान पंखा सहयोग गर्नुभयो । जन्मदिवस भएका आर्यन पाण्डे यसै अस्पतालमा जन्मेका बालक हुन । स-परिवार अस्पताल प्रांगणमा आई सहयोग प्रदान गरेका पाण्डे परिवारबाट अस्पतालका मेट्रोन श्री सुशिला विश्वकर्माले उक्त सामग्री हस्तान्तरण लिनुभयो ।

 ३. विशिष्टीकृत स्वास्थ्य सेवाका लागी सहयोग जुटाउन बुटवल नगरप्रमुख सहितको टोलि जापान भ्रमणमा

आम्दा इन्टरनेशनलका अध्यक्ष डा.शिगेरू सुगानामीको आमन्त्रणमा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा ६ सदस्यीय टोली जापान भ्रमणका लागि प्रस्थान गरेको छ । सिद्धार्थ बाल तथा महिला अस्पताललाई स्तरोन्नति गरि ३०० शैयाको सुविधा सम्पन्न विशिष्टिकृत अस्पताल सञ्चालन गर्ने योजना सहित सोका लागि सहयोग जुटाउने अभिप्रायका साथ उक्त टोलि २०८० जेठ १४ गते जापान प्रस्थान गरेको हो । टोलीले सि.बा.म.अस्पतालको स्तरोन्नति योजनाका साथसाथै सोजासिटी नगरस्तरमा अपाङ्गता रहेका व्यक्तिहरूको हेरचाह सेवाको अवलोकन, आकायामा प्रिफेच्चर विश्वविद्यालयको अवलोकन तथा साझेदारी संभाव्यता अध्ययन समेत गर्नेछ । बुटवल उप–महानगरप्रमुख श्री खेलराज पाण्डेको नेतृत्वमा प्रमुख प्रशासकिय अधिकृत श्री टेकराज पन्थी, बुटवल वाणिज्य संघका अध्यक्ष श्री उज्वल प्रसाद कसजु, पूर्व अध्यक्ष श्री जीवन वझा, आम्दा नेपालका पूर्व अध्यक्ष डा. ऋषिकेश नारायण श्रेष्ठ र अस्पताल प्रमुख डा. राजेन्द्र वश्याल रहनुभएको छ ।

४. नर्सिंग स्टाफलाई मेडिकल एबोर्सन तालिम  

प्रादेशिक स्वास्थ्य तालिम केन्द्रले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा २०८०/०२/१५ देखि १९ गतेसम्म आयोजना गरेको ५ दिने मेडिकल एबोर्सन तालिममा अस्पतालका सिअनमि श्री रेणु रानालाई सहभागी गराइएको छ ।

५. चिकित्सकलाई क्लिनिकल ट्रेनिंग स्किल (CTS) तालिम  

स्वास्थ्य तालिम केन्द्र, बुटवलले आयोजना गरेको क्लिनिकल ट्रेनिंग स्किल (CTS) तालिममा यस अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. विजया लम्साल सहभागी हुनुभएको छ । नेपालगन्ज, बाँकेमा  २०८०/०२/१४ देखि १८ गतेसम्म संचालन हुने ५ दिने उक्त तालिमद्वारा अस्पतालले प्रदान गरिरहेको सेवालाई थप गुणस्तरीय बनाउने अपेक्षा गरिएको छ ।

६. नियमित सरसफाई कार्यक्रम   

अस्पतालले प्रत्येक शुक्रवार गरिरहेको अस्पताल सरसफाई कार्यक्रमलाई २०८०/०२/१२ गते पनि निरन्तरता दिएको छ । यस अन्तर्गत अस्पताल परिसरलाई सरसफाई गरि स्वच्छ, सफा र आकर्षक राख्नका लागि सबै जनाको सहभागितामा निरन्तरता दिईदैआएको छ ।

७. नियमित विभागीय प्रमुखहरूको बैठक    

हरेक आइतवार बस्ने गरेको विभागीय प्रमुखहरूको साप्ताहिक बैठक २०८०/०२/१४ गते पनि नियमित रूपमा सम्पन्न भयो । बैठकमा सबै विभागका विभागीय प्रमुखहरूले आ-आफ्नो विभागमा आएका बिरामीहरूको संख्या, प्रेषण भई अन्यत्र गएका बिरामी संख्या एवं प्रेषण गर्नुपर्ने कारण तथा मृत्यु भएका केसहरूको विवरणका साथै आफ्ना विभागका समस्याहरू समेत प्रस्तुत गर्नुभयो ।

बैठकबाट निम्न विषय माथि छलफल भयो:

१. अस्पतालको दैनिक आम्दानी कम देखिएकाले आएका बिरामीलाई उत्कृष्ट सेवा प्रदान गरि सन्तुष्ट बनाउने र दैनिक हुने खर्चलाई आ-आफ्नो तहबाट कम गर्ने प्रयास गर्ने ।

२. तयार पारिएका कुरुवा पास (visitor pass) लाई तुरुन्त लागु गर्ने र यसलाई भर्ना भएका बिरामीलाई काउन्टरबाट वितरण गर्ने व्यवस्था मिलाउने ।

३. स्टोरमा भएका IV stand को निरीक्षण गरि मरम्मत/सम्भार गरि प्रयोगमा ल्याउन मिल्नेलाई मर्मत गर्ने व्यवस्था मिलाउने ।

४. ल्याब रिपोर्ट प्रक्रियालाई अझ प्रभावकारी बनाउने ।

८. गतिविधिका तस्विरहरू

विशिष्टीकृत स्वास्थ्य सेवा सहयोग जुटाउन बुटवल नगरप्रमुख सहितको टोलि जापान भ्रमणमा


धन्यबाद!

 

AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
AMDA Institute of Health Science
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np