Published Date: May 24, 2023
Expiry Date: May 28, 2023

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 

साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०२।०८ गते, सोमवार
अवधिः वि.सं. २०८०।०१।३१ देखि २०८०।०२।०६ गते सम्म (ई.सं. २०२३, २०औं हप्ता) ।
साप्ताहिक अंक: २०/२०२३


१. ६२ औं साधारण सभा सम्पन्न
आम्दा नेपालको ६२ औं साधारण सभा वि.सं. २०८०।०२।०६ गते, शनिवार निम्न विषयमा छलफल तथा निर्णय गरि सम्पन्न भएको छ । यस साधारण सभाले स्विकृत गरेको आ.व. २०८०।०८१ का लागि आम्दा नेपालको वार्षिक नीति, योजना, कार्यक्रम र बजेट लगायत संशोधित नियमावली हरू वि.सं २०८० साउन १ गतेबाट लागु हुने छ ।
१.१ आ. ब. २०७९।८० को प्रगति समिक्षा
१.२ आ.ब. २०८०।८१ को नीति, योजना, कार्यक्रम र बजेट
१.३ नियमावली तथा कार्यविधिहरु संशोधन
१.४ लेखा परिक्षकको नियुक्ति र पारिश्रमिक
१.५ आम्दा नेपाल संस्था र कार्यक्रमहरुको नविकरण


२. दातृ निकायको अवलोकन तथा निरिक्षण भ्रमण ।
आम्दा नेपालले गोकर्णेश्वर नगरपालिकासँगको सहकार्यमा सञ्चालन गर्दै आएको ‘महिलाहरूको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना’ को दातृ संस्था आम्दा माइण्स् (AMDA MINDs)  तथा यस परियोजनाका लागि आम्दा माइण्स् मार्फत सहयोग गर्ने डाइची स्यान्क्यो (Daiichi Sankyo) का प्रतिनिधिहरुले वि.सं. २०८०।०२।११गते देखि १३ गते सम्म परियोजना कार्यक्रमहरूको अवलोकन तथा  निरिक्षण गर्नु भएको छ । अवलोकन तथा निरिक्षण भ्रमणका क्रममा निम्न गतिविधि सफलतापुर्वक सम्पन्न भएको छ ।
२.१ त्रि.वि. शिक्षण अस्पतालको अवलोकनः
डा. योगेन्द्र प्रसाद सिंहको सहजीकरणमा त्रि.वि. शिक्षण अस्पताल र अस्पतालमा उपलब्ध क्यान्सर रोकथाम तथा उपचार सेवाको जानकारी हासिल ।
२.२ सामुहिक भेटघाट तथा अन्तरकृयाः
वि.सं. २०८०।०२।११ गते गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, शाखा प्रमुखहरू, स्वास्थ्य केन्द्रका प्रमुखहरू लगायतका प्रतिनिधिहरू सँग सामुहिक भेटघाट तथा अन्तरकृया सम्पन्न । उक्त अवसरमा गोकर्णेश्वर नगरपालिका र आम्दा नेपालले संयुक्तरूपमा दाता संस्थालाइ प्रशंसापत्र प्रदान । दाता संस्थाबाट स्वास्थ्य केन्द्रहरूलाइ प्रशंसापत्र प्रदान ।  
२.३ अवलोकन तथा निरिक्षणः  
वि.सं. २०८०।०२।१२ गते गोकर्णेश्वर नगरपालिकका भित्र रहेका स्वास्थ्य केन्द्रहरुमा परियोजनाले उपकरण वितरण गरेका स्थानहरुको निरिक्षण । आमा समुहका महिलाहरुलाई दिएको स्वास्थ्य शिक्षा सचेतना मुलक सामाग्रीको अवलोकन तथा निरिक्षण ।
२.४ परिक्षण शिविरको अवलोकनः
वि.सं. २०८०।०२।१३ गते स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाले आयोजना गरेको शिविरमा संलग्न भई अवलोकन ।


३. क्यान्सर परिक्षण शिविर सम्पन्न
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं. ३ को कृष्ण मन्दिरमा दातृ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा महिलाहरुमा हुने स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर वि.सं २०८०।०२।०६ गते सम्पन्न भएको छ । शिविरमा ३० देखि ६० उमेर समुहका जम्मा ६८ जना महिलाहरुले स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण सम्पन्न भएको छ ।

४. नियमित साप्ताहिक बैठक
वि.सं. २०८०।०२।०८ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
  क. अघिल्लो बैठकको समिक्षा ।आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
  • परियोजना स्विकृति
  • कार्य सम्पादन मूल्याङ्कन
  • नमूना एवं ढाँचा अध्यावधिक
  • प्रतिवेदन तयारी र वितरण
  • जनशक्ति व्यवस्थापन
  ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समयतालिका
छपाई नमुना अध्यावधिक गर्नेः
आम्दा नेपालको प्रशासनिक काममा प्रयोग भइरहेको छपाइ नमुनाहरु यो साता भित्र अध्यावधिक गरि नमुनाहरु आम्दा नेपालको वेभसाईटमा राख्ने । अध्यावधिक गरिने सम्पूर्ण नमूनाहरू आ.व. २०८०/०८१ बाट अनिवार्य प्रयोगमा ल्याउने ।
सुदेश रेग्मी

१ साता

आन्तरिक व्यबस्थापन समिति अध्यावधिक गर्नेः
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम तथा परियोजनाहरुमा रहेका आन्तरिक व्यबस्थापन समिति तथा उपसमितिहरूको विवरण संकलन गरी सम्वन्धित कार्यालयको वेभसाइड समेतमा अध्यावधिक गर्ने ।
- उमेश आचार्य
- रामबाबु देव
१ साता
 

  ग. बैठकको निर्णय ।
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
साधारण सभाबाट प्राप्त सुझाव कार्यान्वयनः
आम्दा नेपालको ६२ औं साधारण सभामा सहभागी महानुभावहरूबाट आफ्नो मन्तव्यको क्रममा उठान गरेका निम्न विषयवस्तुहरूलाइ कार्यालयस्तरबाट गर्न सकिने सम्मको काम प्राथमिकता साथ सम्पन्न गर्ने 
सुदेश रेग्मी

१ साता

१.१

साधारण सभामा प्रगति प्रस्तुत गर्दा छोटकरी नाम प्रयोग नगर्नेः
साधारण सभामा प्रस्तुत प्रगति प्रतिवेदनमा प्रयोग भएका छोटकरी नामको अगाडी पृर्ण नाम लेखी सच्चाउने । अव आयन्दा प्रस्तुति तयार गर्दा पूर्ण नाम भएको व्यहोरा सुनिश्चित गर्ने ।

रामबाबु देव १ साता
१.२ आम्दा नेपालका नियम तथा कार्यविधिको पहुँचः
आम्दा नेपाल मातहतका सम्पूर्ण कार्यालयहरूको प्रशासन शाखा मार्फत तहाँका सम्पूर्ण विभागहरूमा एक थान आम्दा नियम संग्रह उपलब्ध गराउने । आम्दा नेपालका नीति, नियमहरूलाइ आम्दा नेपालको वेभपेजमा व्यवस्थित भण्डारण गर्ने ।
उमेश आचार्य
रामबाबु देव
२ साता
१.३ वेभसाइडका विवरणहरूको नियमित सुपरिवेक्षणः
आम्दा नेपाल अन्तर्गत सञ्चालित अस्पताल, शैक्षिक कार्यक्रम, परियोजना लगायतका कार्यक्रमहरुको वेवसाईट मासिक रुपमा अध्यावधिक गर्न/गराउन पत्राचार गर्ने ।
उमेश आचार्य १ साता
१.४ सेवाग्राहीको सुझाव लिने व्यवस्थाः
आम्दा नेपालका सेवाग्राही वा सरोकारवाला जो कोही आम्दा नेपालका सेवा सुधारका लागी सुझाव दिन सक्ने व्यवस्थाका लागी वेभसाइड मार्फत info@amda.org.np सुझाव प्राप्त हुन सक्ने व्यवस्था गर्ने । सुझाव पेटीका तथा अन्य माध्यमबाट प्राप्त सुझावहरू समेत प्रत्येक हप्ता संकलन खोलेर छलफल गर्ने जो को जानकारी साप्ताहिक गतिविधिमा समेट्ने व्यवथा गर्ने ।
उमेश आचार्य १ साता
१.५ विस्तारित सेवाको जानकारी र सेवाशूल्कको निरिक्षणः
आम्दा नेपाल मातहतका अस्पतालहरूको सेवा सञ्चालन कार्यविधिलाइ थप स्पष्ट गरी विस्तारित सेवालाइ थप व्यवस्थित र मर्यादित बनाउन आवश्यक व्यवस्था गर्ने ।
सुदेश रेग्मी असार मसान्त
१.६

नियमित जनसम्पर्कः
अस्पतालले प्रदान गर्ने सेवाको दैनिक पृष्ठपोषण संकलन गरी सेवा सुधारको व्यवस्था गर्न लगाउने ।

सुदेश रेग्मी असार मसान्त
अवलोकन/निरिक्षण भ्रमण प्रतिवेदन
आम्दा नेपाल र गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा सञ्चालित महिलाहरूको स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजनाको दातृ संस्था आम्दा माइण्स् (AMDA MINDS)  तथा आम्दा माइण्स् मार्फत सहयोग गर्ने डाइची स्यान्क्यो (Daiichi Sankyo) का प्रतिनिधिहरुको अवलोकन/निरिक्षण भ्रमणको प्रतिवेदन तयार गर्ने ।
सृजना श्रेष्ठ २ साता
सफ्टवेयरको प्रयोग
आम्दा नेपालको प्रयोगमा रहेको रिगो सफ्टवेयर प्रणालीमा हाल सम्म परियोजनाहरुको लेखा रेकर्ड नभएको पाईएकाले यथाशक्य छिटो आम्दा नेपाल अन्तर्गत सञ्चालित सम्पुर्ण कार्यालयहरुको लेखा रिगो सफ्टवेयर राख्ने व्यबस्था गर्ने ।
रश्मी पुतुवार असार १५
 
५. गतहप्ताका गतिविधिका तस्विरहरू
 
62 General Assembly_20800206   Donor Visit (AMDA MINDS, Daiichi Sankiyo)_20800206
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580046, 580667
Fax: +977 (23) 580186
E-mail: ah.damak@amda.org.np

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502097
Fax: +977 (71) 502085
E-mail: scwh.butwal@amda.org.np

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone: +977 (23) 560550
E-mail: amh.dhulabari@amda.org.np

AMDA Institute of Health Science
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 582186
E-mail: aihs.damak@amda.org.np