Published Date: May 23, 2023
Expiry Date: May 28, 2023
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवल
साप्ताहिक गतिविधि
प्रकाशित मिति : २०८०/०२ /०७ गते, सोमबार (इ.सं. मई २१, २०२३)
सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवल
साप्ताहिक गतिविधि
(अवधि: २०८० जेष्ठ ०१-०७ सम्म, इ.सं १५-२१ मई २०२३ सम्म, २०औ हप्ता)
मुख्य गरिबिधिहरु
मुख्य गरिबिधिहरु
१. स्वास्थ्य तालिम केन्द्रको आयोजनामा जेठ १ देखि ८ गतेसम्म संचालन भएको ८ दिने इम्प्लान्ट तालिममा सिअनमि श्री उमा बज्राचार्यलाई सहभागी गराइयो ।
२. आन्तरिक व्यवस्थापन समितिको बैठक २०८० जेठ १ गते सम्पन्न भयो ।
३. युवा संघ रूपन्देहीद्वारा जेठ ०१ गते संस्थाको स्थापना दिवसका अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफुल वितरण कार्य भयो ।
४. अस्पताल प्रशासक श्री खगेन्द्र बहादुर क्षेत्री २०८० जेठ ३ का दिन अस्पतालमा हाजिरी भई परिचयात्मक कार्यक्रम सम्पन्न भयो ।
५. २०८०, जेठ ०५ गते साप्ताहिक सरसफाई कार्यक्रम सम्पन्न भयो ।
६. ०७ जेठ २०८० मा प्रत्येक आइतबारका दिन सबै विभागीय प्रमुखसहित बैठक सम्पन्न भयो । बैठकमा हप्ताभरिका कार्यप्रगति, समस्या र आगामी योजनाका सम्बन्धमा छलफल भयो ।
७. नर्सिङ्ग अधिकृत श्री ज्ञानु केसी र श्री सिअनमि धनमाया झाँक्रीलाई स्वास्थ्य तालिम केन्द्रद्वारा जेठ ०७ र ०८ गते आयोजित २ दिने प्रसूति स्याहारदेखि प्रसवोत्तर हेरचाह सम्बन्धी तालिममा सहभागी गराइयो ।
८. स्वास्थ्य तालिम केन्द्रद्वारा जेठ ०७ र ०८ गते आयोजित २ दिने कंगारु आमा स्याहार तालिममा श्री लुमाना श्रेष्ठ र श्री अञ्जना चौधरीलाई सहभागी गराइयो ।
९. फिजियोथेरापीको महत्वका बारेमा सम्पूर्ण कर्मचारीलाई CME गरियो ।
१०. अस्पतालका ४० जना कर्मचारीहरूको सहभागितामा स्वास्थ्य निर्देशनालयको आयोजनामा Early Warning and Reporting System (EWARS) का सम्बन्धमा अभिमुखीकरण तथा समीक्षा कार्यक्रम सम्पन्न भयो।
तस्बिरहरु
EWARS Orientation and Review Program_SCWH