Published Date: May 22, 2023
Expiry Date: May 28, 2023
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।०२।०८ गतेआम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०८०।०२।०२ देखि २०८०।०२।०८ सम्म । ई.सं. २०२३, २० औं हप्ता)
१. आम्दा अस्पतालमा अन्तराष्ट्रिय नर्सिंग दिवस मनाइएको छ ।
मिति 12th May 2023 नर्सिंग दिवस दिवस आम्दा अस्पतालमा विभिन्न कार्यक्रमहरु गरि मनाइयो । विषेश गरि मे १२ तारिखलाई फ्लोरेंन्स नाइटेङ्गेलको स्मरण गर्दै नर्सिंग दिवस मनाइएको छ । सो अवसरमा अस्पतालमा कार्यरत नर्सहरुले फ्लोरेंन्सले नर्स भएर गरेको मानविय सेवाको स्मरण गर्दै नर्सिंग दिवस मनाइएको छ । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश शर्माले अस्पतालको सेवालाई गुणस्तरिय बनाउनकालागि डाक्टरहरुको जस्तै नर्सहरुको भूमिका पनि बराबर हुने भन्दै सबैको समान कर्तब्य रहेको धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा नर्सहरुले आफु काम गरिरहेका वार्डमा रहेका विरामीहरुलाई मिठाई, बिस्कुट तथा फलफूल वितरण गरिएको थियो l
२. “HBB-Helping Babies Breath and HMS- Helping Mother Survives” तालिममा प्रशिक्षणको लागी पठाइएको छ ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, टेकु काठमाडौँको आयोजनामा मिति २०८०/०२/०१ देखि २०८०/०२/०४ गते सम्म बिर्तामोड, झापामा “HBB-Helping Babies Breath and HMS- Helping Mother Survives” सम्बन्धि तालिम सुरु भएको छ l उक्त तालिममा आम्दा अस्पताल, दमक बाट टिका सुबेदी(नर्सिंग अधिकृत) लाई तालिममा पठाइएको छ l
Photo
AMDA Nursing Day_20230512