Published Date: May 13, 2024
Expiry Date: May 18, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।३१ गते, सोमबार
अवधिः वि.सं. २०८१।०१।२३ देखि वि.सं. २०८१।०१।२९ गते सम्म (ई.सं. २०२४, १९ औं हप्ता) ।
साप्ताहिक अंक: १९/२०२४
१. साझेदार समन्वय वैठक ।
नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकी सरकारको सहयोगमा सञ्चालन हुने संभाव्य परियोजनामा साझेदारी गर्ने विषयमा आड्रा नेपालको कार्यालयमा वि.सं. २०८१।०१।२४ गते समन्वय बैठक सम्पन्न भएको छ । समन्वय बैठककमा आम्दा नेपालको तर्फबाट अध्यक्ष डा. अनिल कुमार दास र मुख्य प्रशासक श्री सुदेश रेग्मी सहभागी रहनु भएको थियो ।
२. इपिक परियोजना समन्वय बैठक ।
आम्दा नेपालले FHI360 सहयोगमा सञ्चालन गर्दै आएको इपिक परियोजनालाइ स्थानिय संस्था मार्फत कार्यक्रम सञ्चालन गर्ने विषयमा वि.सं. २०८१।०१।२६ गते FHI360 को कार्यालयमा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा आम्दा नेपालको तर्फबाट आइपरेमा हाल सञ्चालन गर्दै आएका गतिविधिहरू यथावत् सञ्चालन गर्न सकिने व्यहोरा जानकारी गराइएको छ । यस बैठकमा आम्दा नेपालको तर्फबाट अध्यक्ष डा. अनिल कुमार दास र मुख्य प्रशासक श्री सुदेश रेग्मीको सहभागिता रहेको थियो ।
३. परियोजना अनुगमन मूल्याङ्कन पूर्व तयारी ।
आम्दा नेपालले कोशी प्रदेशका झापा, मोरङ्, सुन्सरी र इलाम जिल्लामा सञ्चालन गर्दै आएको इपिक परियोजनाको अनुगमन मूल्याङ्कनका लागी समाज कल्याण परिषद् मा वि.सं.२०८१।०१।२७ गते पूर्व तयारी समन्वय बैठक सम्पन्न भएको छ ।
४. सार्वजनिक खरिद सम्वन्धि तालिमको तयारी ।
आम्दा नेपाल अन्तगरगत कार्यरत कर्मचारीहरूलाइ सार्वजनिक खरिद सम्वन्धि तालिम प्रदान गरिदिन वि.सं. २०८१।०१।२८ गते आपूर्ति व्यवस्थापन महाशाखा समक्ष प्रस्ताव सहित समन्वय बैठक सम्पन्न भएको छ । व्यवस्थापन महाशाखाबाट उपयुक्त समयमा तालिम सहजीकरण गरिदिने आश्वाश्सन प्राप्त भएको छ ।
५. कर्मचारी नियुक्त ।
आम्दा नेपालको केन्द्रीय कार्यालयमा कार्यालय सहयोगीरूपमा श्री रिता अधिकारीलाइविशेष सेवा करार (समयगत रोजगारी) मा नियुक्त गरिएको छ ।
६. इपिक परियोजनाको वित्तिय प्रतिवेदन ।
आम्दा नेपाल र FHI360 विच सम्पन्न संझौता वमोजिम सञ्चालित इपिक परियोजनाको अप्रिल २०२४ को मासिक वित्तिय प्रतिवेदन इ.सं. २०२४ मे ७ तारेखमा पेश गरिएको छ ।
७. भुटानी शरणार्थी सहायता परियोजनाको वित्तिय प्रतिवेदन ।
आम्दा नेपाल र UNHCR विच सम्पन्न संझौता वमोजिम सञ्चालित भुटानी शरणार्थी सहायता परियोजनाको सन् २०२३ को वार्षिक वित्तिय प्रतिवेदन इ.सं. २०२४ मे १० तारेखमा पेश गरिएको छ ।
८. पदपूर्ति सम्वन्धि विज्ञापन प्रकाशन ।
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान दमकका लागी विभिन्न पद पदपूर्ति गर्न वि.सं. २०८१।०१।२७ गते सुचना नं. ९९०९ प्रकाशन गरिएको छ ।
९. विद्धुत आपूर्ति प्रणाली सुधार ।
आम्दा नेपालको केन्द्रीय कार्यालयमा विद्धुत आपूर्तिलाइ थ्रिफेजमा स्तरोन्नति गरिएको छ र पुरानो ग्राहक नं. १०१६७ अनुरूप जडान भएको पुरानो लाइन कटौती वि.सं. २०८१।०१।२८ गते निवेदन पेश गरिएको छ ।
१०. नियमित साप्ताहिक बैठक ।
वि. सं. २०८१।०१।३१ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू ।
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | कार्यसम्पादन मूल्याङ्नः कर्मचारीहरू कार्यसम्पादन मूल्याङ्कन अध्यावधिक गर्ने |
जनशक्ति २०८१०२१५ |
२ | नियमित निरिक्षण र मरमत संभारः कार्यालयस्तरको नियमित निरिक्षण र मरमर संभार पुरा गरी प्रतिवेदन पेश गर्ने |
प्रशासन २०८१०२१५ |
ख. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | प्रि विड बैठक व्यवस्थित गर्नेः आम्दा नेपालले स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेश्रो तला निर्माणका लागी वि.सं. २०८१।०१।२१ गते प्रकाशन गरेको सुचना नं. ९९०१ वमोजिम प्रि विड बैठक व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक व्यवस्था गर्ने |
खरिद २०८१०१२५ |
२ | दैनिक भत्ताः सम्वन्धित परियोजनाको हकमा आम्दा नेपालले अन्य संघ संस्थासँग गरेको संझौतामा व्यवस्था भए वमोजिम दैनिक भत्ता कायम हुने व्यहोरा जानकारी गराउने । |
जनशक्ति २०८१०१२५ |