Published Date: May 13, 2024
Expiry Date: May 20, 2024

आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक-२, झापा
साप्ताहिक गतिविधि

प्रकाशन मितिः २०८१।०१।३१ गते
(अवधि वि.सं. २०८१।०१।२४ देखि २०८१।०१।३० सम्म ई.सं. २०२४, १९ औं हप्ता)

१. SBA-Skill Birth Attendance ६३ औ Batch Training/तालिम सम्पन्न भएको छ ।
आम्दा अस्पताल दमकमा मिति २०८०/११/२७ देखि २०८१/०१/२६ गते सम्पन्न भएको ६० दिने तालिम आम्दा अस्पतालको SBA तालिम हलमा संचालन भएको हो l उक्त तालिम कार्यक्रममा मधेश प्रदेशका विभिन्न सरकारी तथा गैर सरकारी अस्पतालहरु बाट ९ जना र आम्दा अस्पताल बाट १ जना गरी जम्मा १० जना ANM तथा Staff Nurse हरुले तालिममा सहभागीता जनाउनु भयो l हाल सम्पन्न भएको SBA-Skill Birth Attendance को ६३ औ Batch को तालिम ६० दिन सम्म संचालन भएको तालिम संयोजक टिका सुबेदीले जानकारी दिनुभयो l

२. आम्दा अस्पताल दमकमा CME सम्पन्न भएको छ l
श्री आम्दा अस्पताल, दमक २, झापामा मितिः २०८१।०१।२७ गते CME सम्पन्न भएको छ l उक्त तालिम कार्यक्रममा आम्दा अस्पतालको स्त्रीरोग बिशेषज्ञ डा. सोनु भारतीले अभिमुखीकरण कार्यक्रम संचालन गर्नुभयो l उक्त कार्यक्रममा Non Pneumatic Anti Shock Garment का बिषयहरुमा छलफल सम्पन्न भयो l कार्यक्रम  बारे छलफल गर्दै Non Pneumatic Anti Shock Garment बारे विस्तृत रुपमा जानकारी गराउनुभयो l उक्त कार्यक्रमको बारेमा OPD ward इन्चार्ज श्री रक्षा अधिकारीले जानकारी दिनुभयो l

३. आम्दा अस्पताल, दमकमा अन्तराष्ट्रिय नर्सिंग दिवस मनाइएको छ ।
मिति 12th May, 2024 अन्तर्राष्ट्रिय नर्सिंग दिवस आम्दा अस्पतालमा विभिन्न कार्यक्रमहरु गरि मनाइयो । विषेश गरि मे १२ तारिखलाई फ्लोरेंन्स नाइटेङ्गेलको स्मरण गर्दै नर्सिंग दिवस मनाइएको छ । सो अवसरमा अस्पतालमा कार्यरत नर्सहरुले फ्लोरेंन्सले नर्स भएर गरेको मानविय सेवाको स्मरण गर्दै नर्सिंग दिवस मनाइएको छ । कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाश शर्माले अस्पतालको सेवालाई गुणस्तरिय बनाउनकालागि डाक्टरहरुको जस्तै नर्सहरुको भूमिका झन् धेरै हुने भन्दै सबैको समान कर्तब्य रहेको धारणा ब्यक्त गर्नु भयो उक्त कार्यक्रममा बोल्दै अस्पतालमा कार्यरत नर्सिंग कर्मचारीहरु टिका देवी सुबेदी, अम्बिका कठायत, रक्षा अधिकारी लगायत नर्सिंग कर्मचारीहरुले अन्तर्राष्ट्रिय नर्सिंग दिवसको गरिमा र यसको महत्व र बिरामीको सेवामा आइपर्ने समस्याहरुबारे जानकारी गराउनु भयो । उक्त कार्यक्रममा नर्सहरुले आफु काम गरिरहेका वार्डमा रहेका विरामीहरुलाई मिठाई, बिस्कुट तथा फलफूल वितरण गरिएको थियो l उक्त कार्यक्रमको बारेमा OPD ward इन्चार्ज श्री रक्षा अधिकारीले जानकारी दिनुभयो l

४. ८२ औ  "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" (ROUSG) तालिमको सम्पन्न भएको छ ।
श्री सामाजिक तथा स्वास्थ्य मन्त्रालय, मधेश प्रदेश सरकारको आयोजनामा मिति २०८१/०१/१० देखि २०८१/०१/३० गते सम्म यस आम्दा अस्पताल दमकमा ८२ औ  "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" सम्बन्धि तालिमको समापन भएको छ l उक्त तालिमको समापन कार्यक्रममा यस अस्पताल प्रमुख डा. प्रकाश शर्माले गर्नु भयो, वहाँले उक्त कार्यक्रमको महत्व बारे जानकारी दिनुभयो भयो l कार्यक्रममा मधेश प्रदेश, स्वास्थ्य तामिम केन्द्रका Training Officer श्री अनिल चौधरी पनि उक्त तालिम समापन कार्यक्रममा उपस्थिती जनाउनु भयो l ROUSG तालिमको Trainer को रुपमा यस अस्पतालबाट डा. पुरुषोत्तम माझी, डा. शशांक पोख्रेल, डा. दिब्य तुलाचन, टिका सुबेदी र पुनम गौरो रहनुभएको थियो l तालिममा सहभागीहरुको रुपमा स्वास्थ्य कार्यालय, मधेश प्रदेश बाट जम्मा ६ जनाले ROUSG तालिममा सहभागिता जनाउनु भयो l उक्त तालिमले SBA तालिम प्राप्त नर्शिंग कर्मचारीहरुलाई अल्ट्रासाउन्ड मेशिन संचालन गर्न साथै अल्ट्रासाउन्ड सम्बन्धि बिबिध जानकारी दिएको, तालिमको समापन कार्यक्रमको क्रममा तालिम संयोजक श्री टिका सुबेदीले जानकारी दिनुभयो ।
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map