Updates (3)
Published Date: May 07, 2024
Expiry Date: May 11, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।२४ गते, सोमवारसिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
अवधिः वि.सं. २०८१।०१।१६ देखि २०८१।०१।२२ गतेसम्म (ई.सं. २०२४, १८औं हप्ता) ।
साप्ताहिक अंक: १८/२०२४
१. जापानी कम्पनि याचियो इन्जिनीयरिंगका इन्जिनीयर सोमेयाद्वारा सि.बा.म. अस्पतालको भ्रमण
जापानी कम्पनि याचियो इन्जिनीयरिंगको नेपाल स्थित कार्यालयका इन्जिनीयर श्री सोमेयाद्वारा मिति २०८१/०१/१८ मा सि.बा.म. अस्पतालको भ्रमण सम्पन्न भयो । छलफलमा उक्त कम्पनिसंगको सहकार्यमा जापानी दुतावासको आर्थिक सहयोगमा सि.बा.म. अस्पतालमा अत्याधुनिक सेफ्टी ट्यांक निर्माण गर्न सकिने सम्भावना बारे छलफल भयो । इन्जिनीयर श्री सोमेयालाई सि.बा.म. अस्पतालका मे.सु. डा. विनोद कुमार पराजुलीज्यूले स्वागत गर्नुभएको थियो ।
२. सि.बा.म. अस्पताल परिवारद्वारा नन्दिनी गौ संरक्षण केन्द्र, शिवनगरलाई रू. ५०,४६७ सहयोग हस्तान्तरण
मिति २०८१ बैशाख २१ का दिन आम्दा नेपाल, सिद्धार्थ बाल तथा महिला अस्पताल परिवारद्वारा बुटवल उप-महानगरपालिका द्वारा संचालित नन्दिनी गौ संरक्षण केन्द्र, शिवनगरलाई रू. ५०,४६७ सहयोग हस्तान्तरण भयो । अस्पतालका कर्मचारीहरूद्वारा स्वेच्क्षिक रूपमा संकलित उक्त सहयोग रकम सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डा. बिनोद कुमार पराजुलीद्वारा गौशालाका संरक्षक तथा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेज्यूलाई हस्तान्तरण गरिएको थियो । यस सहयोग कार्यले समाजमा भएका सकारात्मक र रचनात्मक कार्यमा सि.बा.म. अस्पताल कर्मचारीको सक्रिय समर्थन र सहयोग हुन्छ भन्ने उदाहरणीय कार्य भएको छ ।
३. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक सोमवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८१/०१/१७ गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।
४. तस्विरहरू
जापानी कम्पनि याचियो इन्जिनीयरिंगको नेपाल स्थित कार्यालयका इन्जिनीयर श्री सोमेयालाई स्वागत गर्नुहुँदै सि.बा.म. अस्पतालका मे.सु. डा. विनोद कुमार पराजुलीज्यू र साथमा मेट्रोन श्री सुशिला विश्वकर्माज्यू |
गौशालाका संरक्षक तथा बुटवल उपमहानगरपालिका प्रमुख श्री खेलराज पाण्डेज्यूलाई सि.बा.म. अस्पताल परिवारद्वारा संकलित सहयोग रकम हस्तान्तरण गरेपश्चात सम्बोधन गर्नुहुँदै सि.बा.म. अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यू |
धन्यवाद !