Published Date: May 06, 2024
Expiry Date: May 11, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 

प्रकाशन मितिः २०८१।०१।२४ गते, सोमबार
अवधिः वि.सं. २०८१।०१।१६ देखि वि.सं. २०८१।०१।२२ गते सम्म (ई.सं. २०२४, १८ औं हप्ता) ।
साप्ताहिक अंक: १८/२०२४


१. समिक्षा बैठक  ।
आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको उपस्थितिमा केन्द्रीय कार्यालयमा कार्यरत व्यवस्थापन तहका कर्मचारी विच वि.सं. २०८१।०१।२१ गते समिक्षा बैठक सम्पन्न भएको छ । समिक्षा बैठकमा कार्यकारिणी समितिका उपाध्यक्ष डा. संगिता बराल बस्नेत, सचिव डा. अनिल कुमार दास र सदस्य डा. ऋषिकेश नारायण श्रेष्ठ समेतको सहभागिता रहेको थियो ।

२. कार्यालय उपकरणको शिलबन्दी बोलपत्र ।
आम्दा नेपाल केन्द्रीय कार्यालय एवं सिद्धार्थ बाल तथा महिला अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोजनार्थ प्रकाशित सूचना (009876/AMDA/CO/2080/81) बमोजिम रीतपूर्वक प्राप्त शिलबन्दी बोलपत्र वि.सं. २०८१।०१।१८ गते आपूर्तिकर्ता प्रतिनिधिहरूको उपस्थितिमा खोलिएको छ ।

३. मेडिकल उपकरण (CT Scan Machine) को शिलबन्दी दरभाऊ प्रस्तावको सूचना ।
आम्दा नेपाल मातहत सञ्चालित आम्दा अस्पताल, दमक, झापाको प्रयोजनका लागि 128 Slice को एक थान CT Scan खरिद गर्न वि.सं. २०८१।०१।२० गते राष्ट्रियस्तरको पत्रिकामा शिलबन्दी बोलपत्रको सूचना (009899/AMDA/CO/2080/81) प्रकाशन भएको छ । उपकरणको विस्तृत विवरण र प्रस्तावनाको ढाँचा आम्दा नेपालको वेभसार्इड र इविडिङ्ग पोर्टलमा समेत राखिएको छ ।

४. शैक्षिक भवन निर्माणको शिलबन्दी बोलपत्रको सूचना ।
आम्दा नेपाल मातहत सञ्चालित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमक, झापाको शैक्षिक भवनको तेस्रो तल्ला निर्माण गर्न बि.सं. २०८१।०१।२२ गतेराष्ट्रियस्तरको पत्रिकामा शिलबन्दी बोलपत्रको सूचना (009901/AMDA/CO/2080/81) प्रकाशन भएको छ । निर्माणको विस्तृत विवरण आम्दा नेपालको वेभसार्इड र इविडिङ्ग पोर्टलमा समेत राखिएको छ ।

५. संस्था नविकरण
आम्दा नेपाल संस्थाको वि.सं. २०८१ आषाढ मसान्त सम्मका लागी नविकरण सम्पन्न भएको छ ।

६. सवारी हस्तान्तरण  ।
आम्दा नेपाल केन्द्रीय कार्यालयमा संचालनमा रहेको बा २ च, २५६७ नम्बरको पजेरो गाडि आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवलको प्रयोजनका वि.सं. २०८१।०१।२० गते हस्तान्तरण गरिएको छ ।

७. नियमित साप्ताहिक बैठक
बि. सं. २०८१।०१।२४ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम  टुङ्गोमा पुर्याउने । अच्युत सापकोटा जारी ।

 
 
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने अच्युत सापकोटा
२०८१०१०१
जारी ।
नीति, नियम, निर्देशिकाः नीति, नियम, निर्देशिका एवं कार्यविधि संशोधनका लागी तीन महलेको ढाँचामा प्रस्ताव पठाउन सम्वन्धित सबैलाइ जानकारी गराउने । आम्दा नेपालले स्विकृत गरि सकेका नीति, नियम निर्देशिकाहरूलाइ क्रमवद्धरूपमा आम्दा नेपालको वेभसाइडबाट लगइन गरेर डाउनलोड गर्न मिल्ने गरी राख्ने व्यवस्था गर्ने । अच्युत सापकोटा
२०८०१२१२
जारी ।
Rigo Software: आपूर्तिकर्ताले रिगो सफ्टवेयर (Accounting & Inventory) निरन्तर संचलान गर्न नसक्ने जानकारी भएकामा थप व्यवस्थापनका लागि कार्ययोजना सहित अव उपरान्त अगाडिको व्यवस्थापन गर्नेगरि प्रतिवेदन पेश गर्ने । रश्मी पुतुवार/राम बाबु देव
२०८०१२१६
प्रयोगकर्ता सन्तुष्टी सर्भेक्षण जारी ।
सुचना, प्रकाशन र संग्रहः आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रकाशन गरेका सुचना, प्रकाशन एवं विभिन्न सञ्चारमाध्यमहरूमा आम्दा नेपाल सम्वन्धि जुनसुकै प्रकारको आलेख प्रकाशन भएकोमा संग्रह गरी व्यवस्थित भण्डारण गर्ने । अच्युत सापकोटा
२०८१०११५
सम्पन्न (आम्दा नेपालको वेभपेजमा Public Media मा सूचना संकलन भइ व्यवस्थित गरिएको)
योजना र कार्यक्रमः आम्दा नेपालले निर्धारण गरेको योजना तथा कार्यक्रमको कार्यान्वयन स्थिति संकलन गरी चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने । रश्मी पुतुवार
२०८१०११५
जारी
बोलपत्र प्रकाशन गर्नेः आ.व. २०८१/०८२ का लागी स्विकृत योजना मुताविक खरिद हुन वाँकी काम तथा सेवाहरू अध्ययन गरी नियमानुसार प्रकृया प्रारम्भ गर्ने । अच्युत सापकोटा
२०८१०१०६
जारी
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
   
   
 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
सभाहल र पर्खाल निर्माणः संझौता मुतावित निर्माण चरणमा रहेको पर्खालको परामर्शदाता इन्जिनियर, निर्माणकर्ता कम्पनी र आम्दा नेपाल खरीद शाखाका श्री अच्युत सापकोटा समेतको रोहबरमा नक्सा र फिल्डमा भिडाइ हेर्दा केही variation देखिएकोमा दररेट माग गरि निर्माण प्रकृया अगाडि बढाउन खरिद समितिमा निर्णयार्थ पेश गर्ने निर्णय गरियो ।  अच्युत सापकोटा
Advane Payment: सभाहल निर्माणका लागि Advance Payment माग भएकोमा आवश्यक प्रकृयाको लागि खरिद समितिमा पेश गर्ने निर्णय गरियो । अच्युत सापकोटा
चालकको व्यवस्थापनः आम्दा नेपालमा एउटा मात्र गाडि रहेको र अर्को गाडिको व्यवस्था नहुन्जेलसम्मा चालकहरूलाइ १/१ हप्तामा पालै पालो काममा लगाउने र कार्य चाप कम भएकाले अनिवार्य बिदा वा श्रम एन बमोजिम जगेडा राखी आवश्यक व्यवस्था मिलाउने निर्णय गरियो । अच्युत सापकोटा

घन्यबाद !
 
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map