Published Date: Apr 29, 2024
Expiry Date: May 04, 2024
आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८१।०१।१७ गते, सोमबार
अवधिः वि.सं. २०८१।०१।०९ देखि वि.सं. २०८१।०१।१५ गते सम्म (ई.सं. २०२४, १७ औं हप्ता) ।
साप्ताहिक अंक: १७/२०२४
१. साधारण सभा सम्पन्न ।
आम्दा नेपालको ६४ औं साधारण सभा आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा वि.सं. २०८१।०१।१५ गते सफलतापूर्वक सम्पन्न भएको छ । आम्दा नेपालको साधारण सभामा संस्था नविकरण, आ.व. २०८०/८१ को लेखापरीक्षणका लागि लेखा परीक्षकको नियुक्ति, आ.व. २०८१/८२ का लागि आम्दा नेपालको वार्षिक नीति, योजना, कार्यक्रम र बजेट लगायत विषयमा छलफल तथा निर्णयहरू भएको छ । आम्दा नेपालले सञ्चालन गर्दै आएका कार्यक्रमहरूको सफल कार्यान्वयन गर्न सहयोग गर्ने सरोकारवाला सबैलाइ धन्यबाद प्रकट गरिएको छ ।
२. कार्यकारिणी समितिको बैठक ।
वि.सं. २०८१।०१।१३ गते आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा कार्यकारिणी समितिको आठौं बैठक सम्पन्न भएको छ ।
३. सभाहल र पर्खाल निर्माण कार्य ।
आम्दा नेपाल र ड्रिमवे निर्माण कम्पनी बिच सन् ९ अप्रिल २०२४ मा भएको संझौता अनुरूप आम्दा नेपाल केन्द्रीय कार्यालयमा सभाहल र पर्खाल निर्माण कार्य शुभारम्भ भएको छ ।
४. विद्युत आपूर्ति प्रणालीको स्तरोन्नति ।
आम्दा नेपालको केन्द्रिय कार्यालय भवनमा जडित विद्युतिय उपकरणहरू पूर्णरूपमा सञ्चालनमा ल्याउन विद्युत आपूर्ति प्रणालीलाइ स्तरोन्नति गरी ३ फेज लाइन जडान गरिएको छ ।
५. आन्तरिक लेखापरीक्षण ।
आम्दा नेपालका आन्तरिक लेखा परिक्षकले केन्द्रीय कार्यालयको आन्तरिक लेखापरीक्षण कार्य जारी राख्नु भएको छ ।
६. श्रम परीक्षण ।
आम्दा नेपाल केन्द्रीय कार्यालयको श्रम परीक्षणको कार्य सम्पन्न भएको छ । श्रम परीक्षणको प्रतिवेदन अनुरूप केन्द्रीय कार्यालयमा तपशिल बमोजिम समिति गठन गर्न आवश्यक देखिएको छ ।
क. श्रम सम्बन्ध समितिः
ख. सुरक्षा र स्वास्थ्य समिति
ख. सुरक्षा र स्वास्थ्य समिति
७. कार्यालय उपकरण खरिद गर्न शिलबन्दी बोलपत्र प्रकाशन ।
आम्दा नेपाल केन्द्रीय कार्यालय एवं सिद्धार्थ बाल तथा महिला अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोजनार्थ आर्थिक वर्ष २०८०/८१ का लागि स्वीकृत बजेट अनुसार कार्यालय उपकरण खरिदका लागि शिलबन्दी बोलपत्र राष्ट्रिय पत्रिकामा सार्वजनिक सूचना (009876/AMDA/CO/2080/81) प्रकाशन भएको छ ।
८. अन्तिम नतिजा प्रकाशन ।
आम्दा नेपालले वि.सं. २०८१।०१।०४ (16 April 2024) गते प्रकाशन गरेको सूचना (सूचना नं. ००९८७४/१०/२०८०/८१) बमोजिम बि.सं. २०८१।०१।१३, च.नं. ९८८७ को पत्र अनुरूप अन्तिम नतिजा प्रकाशन गरिएको छ । सूचना बमोजिम श्री नीरा आचार्य सफल उम्मेदवार र श्री रीता अधिकारी बैकल्पिक उम्मेदवारको रूपमा छनौट हुनुभएको छ ।
९. नियमित साप्ताहिक बैठक
बि.सं. २०८१।०१।१७ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
क्र.सं. | कामको विवरण | समयतालिका र जिम्मेवारी | प्रगति विवरण |
१ | श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । | अच्युत सापकोटा २०८०१२०१ |
सम्पन्न । |
२ | श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम टुङ्गोमा पुर्याउने । | अच्युत सापकोटा | जारी । |
३ |
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने | अच्युत सापकोटा २०८१०१०१ |
जारी । |
४ | योजना र कार्यक्रमः आ.व. २०८१/०८२ का लागी योजना र कार्यक्रम तयार गर्न आवश्यक ढाँचा निर्धारण गरी पठाउने र चैत्र मसान्त भित्र एकिकृत विवरण पेश गर्ने | रश्मी पुतुवार २०८०१२३० |
सम्पन्न। |
५ | नीति, नियम, निर्देशिकाः नीति, नियम, निर्देशिका एवं कार्यविधि संशोधनका लागी तीन महलेको ढाँचामा प्रस्ताव पठाउन सम्वन्धित सबैलाइ जानकारी गराउने । आम्दा नेपालले स्विकृत गरि सकेका नीति, नियम निर्देशिकाहरूलाइ क्रमवद्धरूपमा आम्दा नेपालको वेभसाइडबाट लगइन गरेर डाउनलोड गर्न मिल्ने गरी राख्ने व्यवस्था गर्ने । | अच्युत सापकोटा २०८०१२१२ |
जारी । |
६ | Rigo Software: आपूर्तिकर्ताले रिगो सफ्टवेयर (Accounting & Inventory) निरन्तर संचलान गर्न नसक्ने जानकारी भएकामा थप व्यवस्थापनका लागि कार्ययोजना सहित अव उपरान्त अगाडिको व्यवस्थापन गर्नेगरि प्रतिवेदन पेश गर्ने । | रश्मी पुतुवार/राम बाबु देव २०८०१२१६ |
प्रयोगकर्ता सन्तुष्टी सर्भेक्षण जारी । |
७ | औषधी उपचार व्यवस्थाः औषधी उपचार सुविधा बापत कर्मचारीले सामाजिक सुरक्षा कोष एवं आम्दा नेपालबाट पाउने शत प्रतिशत सुविधाका लागि आम्दाको सफ्टवेयरमा आवश्यक व्यवस्था गर्ने । | रश्मी पुतुवार/ अच्युत सापकोटा/ राम बाबु देव २०८०१२१६ |
सम्पन्न । |
८ | सुचना, प्रकाशन र संग्रहः आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रकाशन गरेका सुचना, प्रकाशन एवं विभिन्न सञ्चारमाध्यमहरूमा आम्दा नेपाल सम्वन्धि जुनसुकै प्रकारको आलेख प्रकाशन भएकोमा संग्रह गरी व्यवस्थित भण्डारण गर्ने । | अच्युत सापकोटा २०८१०११५ |
जारी |
९ | योजना र कार्यक्रमः आम्दा नेपालले निर्धारण गरेको योजना तथा कार्यक्रमको कार्यान्वयन स्थिति संकलन गरी चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने । | रश्मी पुतुवार २०८१०११५ |
जारी |
१० | साधारण सभाको तयारीः आम्दा नेपालको ६४ औं साधारण सभामा प्रस्तुत गर्नका लागी व्यवस्थापन कार्यशालाको प्रतिवेदन सहित आ.व. २०८१/०८२ का लागी वार्षिक नीति, योजना, कार्यक्रम र बजेटको मस्यौदा तयार गरी कोषाध्यक्ष मार्फत कार्यकारिणी समिति समक्ष पेश गर्ने । | रश्मी पुतुवार २०८१०१०६ |
सम्पन्न |
११ | बोलपत्र प्रकाशन गर्नेः आ.व. २०८१/०८२ का लागी स्विकृत योजना मुताविक खरिद हुन वाँकी काम तथा सेवाहरू अध्ययन गरी नियमानुसार प्रकृया प्रारम्भ गर्ने । | अच्युत सापकोटा २०८१०१०६ |
जारी |
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. | कामको विवरण | जिम्मेवारी र समयतालिका |
१ | कर्मचारी कार्य सम्पादन मुल्याङ्कनः आम्दा नेपाल अन्तर्गत कार्यरत कर्मचारीहरूको कार्य सम्पादन मुल्याङ्कनका लागि कार्यविधि अनुरूप आवश्यक व्यवस्थापन गर्ने । | अच्युत सापकोटत २०८१।०३।१५ |
२ |
ग. बैठकको निर्णय ।
क्र.सं. | निर्णय सारांश | जिम्मेवारी र समयतालिका |
१ | श्रम परीक्षणः श्रम परीक्षण अनुरूप श्रम सम्बन्ध समिति र सुरक्षा र स्वास्थ्य समिति गठन गर्न आवश्यक व्यवस्था मिलाउने । | सुदेश रेग्मी |
धन्यबाद !