Updates (3)
Published Date: Mar 31, 2024
Expiry Date: Apr 06, 2024
आम्दा नेपाल
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
सिद्धार्थ बाल तथा महिला अस्पताल
बुटवल-७, दीपनगर, रूपन्देही
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०८०।१२।२७ गते, मंगलवार
अवधिः वि.सं. २०८०।१२।१८ देखि २०८०।१२।२४ गतेसम्म (ई.सं. २०२४, १४औं हप्ता) ।
साप्ताहिक अंक: १४/२०२४
१. सेवा सुदृढिकरणका लागि बैठक
मेडिकल सुपरिंटेन्डेन्ट डा. बिनोद कुमार पराजुलीज्यूको अध्यक्षतामा मिति २०८०/१२/२१ गतेका दिन सिद्धार्थ बाल तथा महिला अस्पतालको सेवा सुदृढिकरणका लागि बैठक बस्यो । अस्पतालका सेवालाई प्रभावकारी बनाउनका लागि सबै वार्डबाट संकलित ५३ वटा सुझावहरूलाई बुंदावार छलफल गरिएको थियो । सबै विभाग इन्चार्जको उपस्थितिमा सम्पन्न बैठकले आपसी असमझदारी र अलमल निराकरण भई सेवा थप प्रभावकारी हुने अपेक्षा राखिएको छ ।
२. विभागीय प्रमुखहरूको साप्ताहिक बैठक
प्रत्येक आइतवार दिउँसो २:३० बजे बस्ने विभागीय प्रमुखहरूको साप्ताहिक बैठक मिति २०८०/१२/२० गतेका दिन बस्यो । बैठकमा सबै विभागीय प्रमुखहरूले सप्ताहभर आ-आफ्नो विभागमा भए गरेका गतिविधि र प्रस्तुतीकरण गर्नुका साथै देखिएका समस्याहरू समेत साझा गर्नुभयो र सामूहिक रूपमा समाधानका विकल्पहरूका सम्बन्धमा छलफल भयो ।

धन्यवाद !