आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौ
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।१२।२० गते, सोमवार (इ.सं. २०२३ अप्रिल ३) (अवधि वि.सं. २०७९।१२।१२ देखि २०७९।१२।१८ सम्म । ई.सं. २०२३, १३औं हप्ता)
१. पदपुर्तिको सूचना प्रकाशन
आम्दा नेपाल सिद्दार्थ बाल तथा महिला अस्पताल, बुटवलमा रिक्त हुने प्रशासक पदमा पदपुर्ति गर्न आम्दा नेपालले वि.सं २०७९।१२।१७ गते सार्बजनिक सूचना प्रकाशन गरेको छ । उक्त पदमा आम्दा नेपालको वेभसाइड Https://amda.org.np/vacancies.html मार्फत अनलाइन निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
२. क्यान्सर परिक्षण शिविर सम्पन्न
स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविर परियोजना अन्तर्गत वि.सं २०७९।१२।१८ गते गोकर्णेश्वर नगरपालिका वडा नं. ४ को गोकर्णेश्वर लाईट एकेडेमी स्कुलमा महिलाहरुमा हुने स्तन तथा पाठेघर मुखको क्यान्सर परिक्षण शिविरमा जम्मा ५१ जना महिलाहरुको परिक्षण गरियो । परिक्षण गरिएका मध्ये पाँच जना महिलामा क्यान्सरको शंका रहेकाले ड्याग्नोष्टिक परिक्षण आवश्यक रहेको र एकजना महिलामा VIA positive देखिएको छ ।
३. नियमित साप्ताहिक बैठक
वि.सं. २०७९।१२।१३ गते सम्पन्न नियमित साप्ताहिक बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
ख. बैठकको निर्णय ।
- आम्दा नेपालले लेखा र जनशक्ति व्यबस्थापनको लागि प्रयोगमा ल्याएको सफ्टवयर प्रलाणि परियोजनाहरुमा समेत अनिवार्य प्रयोगमा ल्याउने ।
- सिद्दार्थ बाल तथा महिला अस्पतालमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक मापदण्ड बमोजिमको न्यूनतम पुर्वाधार तयार गर्न पत्राचार गर्ने ।
ग. यस हप्ता गर्नु पर्ने कार्यहरुको विवरण
- विमा अध्यावधिक गर्ने ।
- अनुगमन तथा मुल्याङ्कन गर्ने ।
धन्यबाद !