Published Date: Apr 04, 2024
Expiry Date: Apr 07, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।१२।१२ गते, सोमबार
अवधिः वि.सं. २०८०।१२।०४ देखि २०८०।१२।१० गते सम्म (ई.सं. २०२४, १२ औं हप्ता) ।
साप्ताहिक अंक: १२/२०२४

१. साप्ताहिक समिक्षा बैठकको समय परिवर्तन ।
केन्द्रीय कार्यालयमा नियमित रूपमा सोमवार विहान ९ वजे प्रारम्भ गरिदै आएको साप्ताहिक समिक्षा बैठक विहान १० वजे प्रारम्भ गर्दा अध्यक्षज्यू समेत भर्चुअल माध्यमबाट जोडिन सक्ने निर्देशन मुताविक अव उप्रान्त अर्को व्यवस्था नहुन्जेल सम्म प्रत्येक सोमवार विहान १० वजे प्रारम्भ गरिने भएको छ । केन्द्रिय कार्यालयको साप्ताहिक समिक्षा बैठकमा कार्यकारिणी समिति पदाधिकारीज्यूहरूले सहभागी हुन चाहेमा भर्चुअल माध्यमबाट जोडिन सक्ने प्रवन्ध मिलाइएको छ ।

२. सहकार्य बैठक सम्पन्न ।
नेपालमा स्वास्थ्यमूलक एक नयाँ परियोजना विकाशमा सहकार्य गर्न लागी प्रारम्भिक साझेदारिता समुह सहमति भइ सकेकोमा आड्रा संस्थाका प्रतिनिधिहरू र आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलाल, सचिव डा. अनिल कुमार दास तथा मुख्य प्रशासक श्री सुदेश रेग्मी समेत सम्मिलित एक भर्चुअल बैठक वि.सं. २०८०।१२।०५ गते साँझ सम्पन्न भएको छ । बैठकमा आगामी रणनीति र परियोजना निर्माणका विषयमा छलफल भएको थियो ।

३. कदरपत्र प्राप्त ।
आम्दा नेपाल मातहत शिमाजु डेन्टल क्लिनिकमा कार्यरत डा. दृष्टि राज जोशीले सगरमाथा हेल्थ फाउन्डेशन हेल्थ केयर नेपालको आयोजना तथा दैलेख सेवा समाजको सवन्यमामा दैलेख जिल्लामा वि.सं. २०८० चैत ४ देखी ६ गते सम्म सञ्चालित निशूल्क दन्त स्वास्थ्य शिविरमा सहभागी भइ गरेको योगदानको कदर स्वरूप आम्दा नेपाललार्इ नौमुले गाउँपालिकाको तर्फबाट एक कदर पत्र प्राप्त भएको छ ।

४. पदपूर्तिको विज्ञापन प्रकाशन ।
वि.सं. २०८०।१२।०९ गते आम्दा नेपाल अन्तर्गतका कार्यालयहरूमा रिक्त रहेको विभिन्न पदमा पदपूर्ति लागी सूचना नं. ९८४२ प्रकाशित गरिएको छ ।

५. क्यालेन्डर छपाइका लागी आपूर्तिकर्ता छनौट ।
वि.सं. २०८०।११।३० गते प्रकाशित सुचना नं. ९८२० वमोजिम वि.सं. २०८१ सालको क्यालेन्डर छपाइ गर्न आपूर्तिकर्ता छनौट गरिएको छ ।

६. नियमित साप्ताहिक बैठक
वि.स. २०८०।१२।१२ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।

क. अघिल्लो बैठकको समिक्षा ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । अच्युत सापकोटा
२०८०१२०१
जारी ।
श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम  टुङ्गोमा पुर्याउने ।
अच्युत सापकोटा
जारी ।

 
 
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने अच्युत सापकोटा
२०८१०१०१
जारी ।
योजना र कार्यक्रमः आ.व. २०८१/०८२ का लागी योजना र कार्यक्रम तयार गर्न आवश्यक ढाँचा निर्धारण गरी पठाउने र चैत्र मसान्त भित्र एकिकृत विवरण पेश गर्ने रश्मी पुतुवार
२०८०१२३०
जारी ।
दर्ता नविकरणः दर्ता नविकरणको सुचि अध्यावधिक गर्ने र नविकरण हुन वाँकी देखिएमा सम्वन्धित कार्यालयलाइ ताकेता गर्ने । उमेश प्रसाद आचार्य
२०८०१२०१
जारी
पर्व तथा दिवसः आम्दा नेपालले मनाउनु पर्ने पर्व तथ दिवसहरूको सुचि अध्यावधिक गरी जानकारी गराउने उमेश प्रसाद आचार्य
२०८०१२०१
सम्पन्न
व्यवस्थापन कार्यशालाः व्यवस्थापन कार्यशालाका लागी चैत्र तेश्रो हप्ता प्रस्ताव गर्ने र कार्यशालामा प्रस्तुत गर्ने नीति, योजना, कार्यक्रम र वजेटको ढाँचा तयार गरी अध्यावधिक गर्ने रश्मी पुतुवार
२०८०१२१२
अध्यक्षज्यू समय अनुकुलता हेरी पत्राचारको तयारी ।
नीति, नियम, निर्देशिकाः नीति, नियम, निर्देशिका एवं कार्यविधि संशोधनका लागी तीन महलेको ढाँचामा प्रस्ताव पठाउन सम्वन्धित सबैलाइ जानकारी गराउने । आम्दा नेपालले स्विकृत गरि सकेका नीति, नियम निर्देशिकाहरूलाइ क्रमवद्धरूपमा आम्दा नेपालको वेभसाइडबाट लगइन गरेर डाउनलोड गर्न मिल्ने गरी राख्ने व्यवस्था गर्ने । अच्युत सापकोटा
२०८०१२१२
 
लेखा परिक्षण कार्ययोजनाः आ.व. २०७९/०८० को अन्तिम लेखा परिक्षण सम्पन्न गर्दा लेखा परिक्षकले दिएका सुझावहरूको कार्यान्वयनका लागी आवश्यक प्रवन्ध गर्ने । रश्मी पुतुवार
२०८०।१२।३०
केन्द्रीय कार्यालयको समिक्षा सम्पन्न । अन्यको जारी ।
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी र समयतालिका
सुचना, प्रकाशन र संग्रहः आम्दा नेपाल मातहतका कार्यालयहरूले प्रकाशन गरेका सुचना, प्रकाशन एवं विभिन्न सञ्चारमाध्यमहरूमा आम्दा नेपाल सम्वन्धि जुनसुकै प्रकारको आलेख प्रकाशन भएकोमा संग्रह गरी व्यवस्थित भण्डारण गर्ने । अच्युत सापकोटा
२०८१०११५
योजना र कार्यक्रमः आम्दा नेपालले निर्धारण गरेको योजना तथा कार्यक्रमको कार्यान्वयन स्थिति संकलन गरी चालु आर्थिक वर्ष भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने । रश्मी पुतुवार
२०८१०११५
 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी र समयतालिका
Rigo Software: आपूर्तिकर्ताले रिगो सफ्टवेयर (Accounting & Inventory) निरन्तर संचलान गर्न नसक्ने जानकारी भएकामा थप व्यवस्थापनका लागि कार्ययोजना सहित अव उपरान्त अगाडिको व्यवस्थापन गर्नेगरि प्रतिवेदन पेश गर्ने ।
रश्मी पुतुवार/राम बाबु देव
कार्यशाला गोष्ठीः  आम्दा नेपालको कार्यशाला गोष्ठी मिति २०८०।१२।२२देखि २४ सम्म, चितवनमा गर्न आवश्यक व्यवस्था मिलाउन पत्राचार गर्ने ।
अच्युत सापकोटा
क्यालेण्डर छपाइः क्यालेण्डर छपाइका लागि आवश्यक व्यवस्थापन गर्ने
राम बाबु देव
औषधी उपचार व्यवस्थाः औषधी उपचार सुविधा बापत कर्मचारीले सामाजिक सुरक्षा कोष एवं आम्दा नेपालबाट पाउने शत प्रतिशत सुविधाका लागि आम्दाको सफ्टवेयरमा आवश्यक व्यवस्था गर्ने ।
रश्मी पुतुवार/ अच्युत सापकोटा/ राम बाबु देव
क्यान्सर परियोजनाः क्यान्सर परियोजना तत्काल सुचारू गर्न गोकर्णेश्वर नगरिपालिकासंग बजेट र कार्यक्रममा छलफल गरि संशोधन सहित संझैता गर्ने ।
सिर्जना श्रेष्ठ
सफ्टवेयरमा पहुँचः के.का. का आन्तरिक लेखा परिक्षकलाइ आम्दा नेपाल अन्तर्गत संचालित सफ्टवेयरमा हेर्न सक्ने गरि पहुँच हुने व्यवस्था मिलाउने ।
राम बाबु देव

७. गतहप्ताका गतिविधिका तस्विरहरू
   
कदरपत्र_नौमुले गाउँपालिका_२०८०१२०४
 
धन्यबाद ! 
 
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map