Published Date: Mar 18, 2024
Expiry Date: Mar 24, 2024

आम्दा नेपाल
जोरपाटी, गोकर्णेश्वर, काठमाण्डौं 
साप्ताहिक गतिविधि
 
प्रकाशन मितिः २०८०।१२।०५ गते, सोमबार
अवधिः वि.सं. २०८०।११।२७ देखि २०८०।१२।०३ गते सम्म (ई.सं. २०२४, ११ औं हप्ता) ।
साप्ताहिक अंक: ११/२०२४

१. कार्यकारिणी समितिको छैटौं बैठक सम्पन्न ।
वि. सं. २०८०।११।२८ गते, आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालको अध्यक्षतामा कार्यकारिणी समितिको छैटौं बैठक निम्न विषयमा निर्णय सहित सम्पन्न भएको छ ।
  • कर फर्स्यौट
  • अस्पताल प्रमुखको जिम्मेवारी
  • बैंक खाता सञ्चालनको हस्ताक्षर परिवर्तन
  • राजीनामा
  • श्रम अदालतको फैसला कार्यान्वयन
  • कार्यकारिणी बैठकको प्रवन्ध
  • वजेटको व्यवस्थापन
  • खरिद तथा निर्माण स्विकृति
  • आन्तरिक लेखा परिक्षकलाइ सुविधा प्रदान गर्ने
  • परामर्शदाताको प्रतिवेदन
  • स्टाम्पमा एकरूपता
  • कर्मचारी नियुक्ति
  • कर्मचारी दरवन्दी थप
२. सि.बा.म. अस्पताल प्रमुखको नियुक्ती ।
वि.सं. २०८०।११।२८ गते सम्पन्न कार्यकारिणी समिति बैठकको निर्णयानुसार सि.बा.म. अस्पतालको प्रमुख (मेडिकल सुपरिन्टेन्डेन्ट) पदमा अर्को व्यवस्था नभए सम्म वढीमा २ वर्षका लागी वि.सं. २०८०।१२।०१ देखी जिम्मेवारी सम्हाल्ने गरी उक्त अस्पतालमा हाल सिनियर कन्सल्ट्यान्ट (बालरोग विशेषज्ञ) पदमा कार्यरत डा. विनोद कुमार पराजुली नियुक्त हुनु भएको छ ।

३. आन्तरिक लेखा परिक्षण शाखा स्थापना ।
आम्दा नेपालको आन्तरिक लेखा परिक्षण कार्यविधि अनुरूप काम काज गर्ने गराउने गरी कार्यकारिणी समिति मातहत रहने गरी आम्दा नेपालको केन्द्रीय कार्यालयमा लेखा परिक्षण शाखा स्थापना भएको छ । आन्तरिक लेखा परिक्षण शाखा प्रमुखको रूपमा अर्को व्यवस्था नहुन्जेल सम्मका लागी आम्दा नेपालका प्रशासक श्री उमेश प्रसाद आचार्यले वि.सं. २०८०।१२।०१ गतेबाट आन्तरिक लेखा परिक्षकको जिम्मेवारी सम्हाल्नु भएको छ ।

३. परामर्शदाता छनौट
आम्दा स्वास्थ्य विज्ञान प्रतिष्टान दमकको शैक्षिक भवनमा तेश्रो तल्लाको बाँकी निर्माण सम्वन्धि काम पुरा गर्न बोलपत्र सम्वन्धि काम पुरा गर्न वि.सं. २०८०।११।२९ गते प्रकाशित सुचना नं. ९८१८ वमोजिम श्री हिमालयन गर्जेज प्रा.लि. लाइ परामर्शदाताको रूपमा छनौट गरिएको छ ।

४. कर्मचारी छनौटको नतिजा प्रकाशन
आम्दा नेपालले वि.सं. २०८०।११।०४ गते प्रकाशन गरेको पदपूर्ति सम्वन्धि सुचना वमोजिम विभिन्न पदमा कर्मचारी छनौट भर्इ वि.सं. २०८०।११।२८ गते अन्तिम नजिता (सुचना नं. ९८१४) प्रकाशन भएको छ ।

५. दरभाउ आव्ह्रान
वि.सं. २०८१ सालको भित्तेपात्रो छपाइका लागी शिलवन्दी दरभाउपत्र आव्ह्रानको सुचना नं. ९८२०, वि. सं. २०८०।११।३० गते प्रकाशन गरिएको छ ।

६. लेखापरिक्षण सुझाव कार्यान्वयन प्रगति समिक्षा 
आ.व. २०७९/०८० को अन्तिम लेखा परिक्षण क्रममा लेखा परिक्षकले दिएका सुझाव कार्यान्वयनको अवस्था समिक्षा गर्न र वाँकी काम प्राथमिकताका साथ पुरा गर्ने व्यवस्था मिलाउन वि.सं. २०८०।१२।०२ गते केन्द्रिय कार्यालयमा समिक्षा बैठक सम्पन्न भएको छ ।

७. स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण परियोजना  
आ.व. २०८०/०८१ भर गोकर्णेश्वर नगरपालिकाको सहयोगमा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण परियोजना सञ्चालनका लागी वि.सं. २०८०।१२।०१ गते केन्द्रीय कार्यालयमा परियोजना (कार्यक्रम) शाखा स्थापना गरिएको छ ।

८. नियमित साप्ताहिक बैठक
बि.सं. २०८०।१२।०५ गते सम्पन्न नियमित साप्ताहिक समिक्षा बैठकमा निम्नानुसार छलफल र निर्णयहरू गरिएको छ ।
क. अघिल्लो बैठकको समिक्षा ।
आम्दा नेपाल केन्द्रिय कार्यालयको गतहप्ताको कार्यहरुको प्रगति विवरणको यस बैठकमा समिक्षा गरियो ।
क्र.सं. कामको विवरण समयतालिका र जिम्मेवारी प्रगति विवरण
श्रम परिक्षणः श्रम ऐनमा तोकिए वमोजिम श्रम परिक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने । अच्युत सापकोटा
(२०८०१२०१)
जारी ।
श्रम अदालतको फैसलाः अध्यक्षज्यू संग आवश्यक मार्गनिर्देशन लिइ श्रम अदालतको फैसला कार्यान्वयन तथा जारी मुद्दा अन्तिम  टुङ्गोमा पुर्याउने ।
अच्युत सापकोटा
  1.  
जारी ।
जनशक्ति व्यवस्थापनः जनशक्तिको तथ्याङ् अनिवार्यरूपमा तोकिएको सफ्टवेयरमा राख्ने व्यवस्था गर्ने । कर्मचारीको पारिश्रमिक लगायतको वितरण तोकिएको सफ्टवेयरबाट तयार गरी वितरणको व्यवस्था गर्ने अच्युत सापकोटा
२०८१०१०१
जारी ।
योजना र कार्यक्रमः आ.व. २०८१/०८२ का लागी योजना र कार्यक्रम तयार गर्न आवश्यक ढाँचा निर्धारण गरी पठाउने र चैत्र मसान्त भित्र एकिकृत विवरण पेश गर्ने रश्मी पुतुवार
२०८०१२३०
जारी ।
दर्ता नविकरणः दर्ता नविकरणको सुचि अध्यावधिक गर्ने र नविकरण हुन वाँकी देखिएमा सम्वन्धित कार्यालयलाइ ताकेता गर्ने । उमेश प्रसाद आचार्य
२०८०१२०१
जारी
पर्व तथा दिवसः आम्दा नेपालले मनाउनु पर्ने पर्व तथ दिवसहरूको सुचि अध्यावधिक गरी जानकारी गराउने उमेश प्रसाद आचार्य
२०८०१२०१
जारी
 
ख. वार्षिक कार्यसुची अनुरूप यस हप्ता गर्नु पर्ने कामहरू
क्र.सं. कामको विवरण जिम्मेवारी समय तालिका
व्यवस्थापन कार्यशालाः व्यवस्थापन कार्यशालाका लागी चैत्र तेश्रो हप्ता प्रस्ताव गर्ने र कार्यशालामा प्रस्तुत गर्ने नीति, योजना, कार्यक्रम र वजेटको ढाँचा तयार गरी अध्यावधिक गर्ने रश्मी पुतुवार

२०८०१२१२

नीति, नियम, निर्देशिकाः नीति, नियम, निर्देशिका एवं कार्यविधि संशोधनका लागी तीन महलेको ढाँचामा प्रस्ताव पठाउन सम्वन्धित सबैलाइ जानकारी गराउने । आम्दा नेपालले स्विकृत गरि सकेका नीति, नियम निर्देशिकाहरूलाइ क्रमवद्धरूपमा आम्दा नेपालको वेभसाइडबाट लगइन गरेर डाउनलोड गर्न मिल्ने गरी राख्ने व्यवस्था गर्ने । अच्युत सापकोटा

२०८०१२१२

 
ग. बैठकको निर्णय
क्र.सं. निर्णय सारांश जिम्मेवारी समयतालिका
कृतज्ञता प्रकटः आम्दा नेपाल, केन्द्रीय कार्यालयमा नियमित रूपमा सोमवार विहान ९ वजे वस्ने साप्ताहिक समिक्षा बैठकमा भर्चुअल माध्यमबाट जोडिनु भएकोमा अध्यक्ष डा. सुनु दुलाललाइ हार्दिक कृतज्ञता प्रकट गरियो । अध्यक्षज्यूको निर्देशन वमोजिम अव उप्रान्त अर्को व्यवस्था नहुन्जेल साप्ताहिक समिक्षा बैठक प्रत्येक सोमवार विहान १० वजे प्रारम्भ गर्ने निर्णय गरियो सुदेश रेग्मी

२०८०।१२।१२

लेखा परिक्षण कार्ययोजनाः आ.व. २०७९/०८० को अन्तिम लेखा परिक्षण सम्पन्न गर्दा लेखा परिक्षकले दिएका सुझावहरूको कार्यान्वयनका लागी आवश्यक प्रवन्ध गर्ने । रश्मी पुतुवार

२०८०।१२।३०

   

 


धन्यबाद !
AMDA Nepal

Contact Details

AMDA Nepal
Gokarneshwar Municipality - 6, Jorpati
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140
E-mail: info@amda.org.np
Office Code: 101

AMDA Hospital
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 580186, 581266
E-mail: ah.damak@amda.org.np
Office Code: 102

Siddharth Children & Women Hospital
Butwal Sub-Metrpolitan -7, Rupendehi
Phone: +977 (71) 502101, 502097
E-mail: scwh.butwal@amda.org.np
Office Code: 103

AMDA Institute of Health Science, Damak
Damak Municipality-2, Kharkhare, Jhapa
Phone: +977 (23) 582186, 580355
E-mail: aihs.damak@amda.org.np
Office Code: 104

AMDA Mechi Hospital
Mechinagar Municipality-10, Dhulabari, Jhapa
Phone:+977 (23) 564550

E-mail: amh.dhulabari@amda.org.np
Office Code: 105

Gokarneshwar Municipality - 6, Jorpati, Kathmandu
P.O. Box 8909, Kathmandu
Phone: +977 (1) 4910235, 4911140

E-mail: 
amda@amda.org.np
Office Code: 106
AMDA Institute of Health Science, Butwal
Butwal Sub-metropolitan city 7, Deepnagar, Butwal
Phone: +977 (71) 502101, 502097
E-mail: aihs.butwal@amda.org.np
Office Code: 107

google map
Scan Google map