Updates (3)
Published Date: Mar 11, 2024
Expiry Date: Mar 17, 2024
आम्दा नेपाल
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
आम्दा मेची अस्पताल
मेचीनगर १०, धुलावारी, झापा
प्रकाशन मितिः २०८०।११।२८ गते, सोमवार
(अवधि वि.सं. २०८०।११।२१ देखि २०८०।११।२७ सम्म । इ.सं. २०२४, १० औं हप्ता)
१. अन्तरंग विभाग व्यवस्थापन तथा सफ्टवेर विस्तार सम्बन्धमा l
- अस्पतालको पहिलो तलालामा अन्तरंग विभागको स्थापना भए संगै उक्त विभागमा Dcode software प्रयोगको निमित्त अन्तरंग विभागका कर्मचारीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उक्त अभिमुखीकरण कार्यक्रम आम्दा नेपालका सूचना प्रविधि अधिकृत राम बाबु देव तथा Dcode का प्रतिनिधिहरुको virtually उपस्थिति रहेको थियो भने आम्दा मेची अस्पतालका अधिकृत (प्रशासन/लेखा) किरण निरौला , सहायक (प्रशासन/लेखा) प्रियंका राजवंशी , अस्पतालकि नर्सिंग ईन्चार्ज यमुना भट्टराई सहित अन्य ३ जना नर्सिंग कर्मचारीहरुको सहभागिता रहेको थियो
- ९ नम्बर वडा कार्यालय, मेचीनगर नगरपालिकाको आयोजना तथा आम्दा मेची अस्पतालको व्यवस्थापन तथा प्राविधिक सहयोगमा फाल्गुण २७ गते देखि ९ नम्बर वडाका जेष्ठ नागरिकहरुलाई लक्षित गरि उपचार सेवा शुरु भएको छ l उक्त कार्यक्रममा अस्पतालको तर्फबाट ओ पि डी सेवा निशुल्क प्रदान गरिनुको साथै करिव एक लाख ९५ हजार रुपैया बरावरको औषधि व्यवस्थापन गरिएको छ । उक्त कार्यक्रम संचालन गर्नु पुर्व ९ नम्बर वडा कार्यालयमा पत्रकार सम्मेलन समेत सम्पन्न भएको छ l https://khabarmanchonline.com/2024/03/6046/?fbclid=IwAR39pt2Rj2CwT2b_laq74JgkNpce_T5xtaV66hboHoyoLq89ReCjy4Avya8