Updates (3)
Published Date: Mar 14, 2023
Expiry Date: Mar 19, 2023
आम्दा नेपाल
आम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
प्रकाशन मितिः २०७९।११।२९ गतेआम्दा अस्पताल
खरखरे, दमक, झापा
साप्ताहिक गतिविधि
(अवधि वि.सं. २०७९।११।२३ देखि २०७९।११।२९ सम्म । ई.सं. २०२३, १० औं हप्ता)
१. | "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" (ROUSG) तालिम सम्पन्न |
श्री सामाजिक तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश पोखराको आर्थिक सहयोगमा मिति २०७९/११/०७ देखि २०७९/११/२७ गते सम्म यस आम्दा अस्पताल दमकमा ७० औ "ग्रामिण अब्स्टेट्रिक अल्ट्रासाउन्ड" सम्बन्धि तालिमको सञ्चालन गरियो । उक्त तालिम २०७९/११/२७ गते अस्पताल प्रमुख डा. प्रकाश शर्माको अध्यक्षतामा समापन गरियो । | |
२. | Essential Critical Care Training (ECCT) तालिममा सहभागी |
Nick Simons Institute-NSI को आयोजनामा मिति २०७९/११/१४ देखि २०७९/११/१९ गते सम्म वीर अस्पताल काठमाडौँमा सञ्चालन भएको " Essential Critical Care Training (ECCT)" सम्बन्धि तालिममा आम्दा अस्पताल, दमकबाट श्री कुसुम सापकोटा (स्टाफनर्स) को सहभागीता रहेको थियो । उक्त तालिमको मुख्य उदेश्य गुणस्तरीय ICU Care सेवा प्रवाहमा ठुलो सहयोग हुने जानकारी तालीममा सहभागीले वताउनु भयो । | |
३. | SBA-Skill Birth Attendance सम्वन्धि तालीम सम्पन्न |
आम्दा अस्पताल दमकमा संचालन भईरहेको SBA-Skill Birth Attendance को ५९ औ batch को तालिम मिति २०७९/११/२६ गते सहभागीहरूलार्इ प्रमाणपत्र वितरणका साथ विधिवत रूपमा समापन गरियो l उक्त तालिममा आम्दा अस्पताल, र अन्य विभिन्न सरकारी तथा गैर सरकारी अस्पतालहरुबाट १२ जना अ.न.मी. र स्टाफनर्सहरुको सहभागीता रहेको थियो । |
ROUSG_AMDA Hospital_20791107 | AMDA Hospital_SBA 59 batch 20790926-20791126 |